काठमाडौं । अभिनेता तथा टिकटकर कुल ब्वायले स्मार्ट प्वाइन्ट फेसन हाउसको उद्घाटन गर्नुभएको छ । काठमाडौंको केएल टावरको दोस्रो तलामा रहेको स्मार्ट प्वाइन्ट फेसन हाउसको शनिबार एक कार्यक्रमबीच कुलले उद्घाटन गर्नुभएको हो । डक्टर डेनिमका ब्राण्ड एम्बासडरसमेत रहनुभएका कुलले उक्त फेसन हाउसको उद्घाटन गर्दै सफलताको शुभकामना दिनुभएको थियो । सो अवसरमा कुलले सञ्चालक जयराम भण्डारीको लगनशीलताको पनि खुलेर तारिफ गर्नुभएको थियो ।
सो अवसरमा स्मार्ट प्वाइन्ट फेसन हाउसका सञ्चालक जयराम भण्डारीले आफ्नो पसल केएल टावरमा रहेको भए तापनि सामानहरू सस्तो मूल्यमा पाइने जानकारी गराउनुभयो । व्यवसायको क्षेत्रमा करिब एक दशकदेखि लागिपर्दै आउनुभएका उद्यमी भण्डारीले आमदर्शकलाई एक पटक स्मार्ट प्वाइन्टको भिजिट गर्नका लागि अपिल गर्नुभएको थियो ।
त्यस्तै, हाउसकी प्रोप्राइटर मेनुका दानीले आमग्राहकका लागि भनेर नयाँ शैलीमा स्मार्ट प्वाइन्ट सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले अफरका रूपमा आगामी ९ गतेसम्म ग्राहकलाई विशेष गिफ्ट हृयाम्परको पनि व्यवस्था गरिएको जानकारी दिनुभयो ।
सो अवसरमा गायक तथा संगीतकार दीपक चौलागाईले सञ्चालक जयरामका कार्यको चर्चा गर्दै बधाई तथा शुभकामना दिनुभएको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच