
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का संस्थापक अध्यक्ष एवं वरिष्ठ साहित्यकार होमनाथ सुवेदीले सिर्जना र सम्पादन गर्नुभएका चारवटा कृति लोकार्पण गरिएको छ । अनेसास नेपाल च्याप्टरद्वारा शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा ‘नन्दिनी शोक महाकाव्य’, ‘नन्दादेवी स्मृतिग्रन्थ’, ‘नन्दा शोक खण्डकाव्य’ र ‘सेती गजल खण्डकाव्य’ लोकार्पण गरिएको हो । सो अवसरमा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले स्रष्टा सुवेदीलाई ‘नेपाली डायस्पोरा स्वर्ण तारा सम्मान’ प्रदान गर्नुभएको थियो । कार्यक्रममा सुवेदीद्वारा रचित ‘नन्दा शोक खण्डकाव्य र सेती गजल खण्डकाव्य समेटिएका श्रव्य सामग्रीसमेत विमोचन गरिएको थियो ।
कुलपति राईले साहित्यकार सुवेदीका रचनाले नेपाली भाषा र वाङ्मयलाई अन्तर्राष्ट्रिय जगत्मा पुर्याउन योगदान गरेको धारणा राख्नुभयो । उहाँले साहित्यको अध्ययन र लेखनले शोकलाई सिर्जनामा रूपान्तरण गर्न सकिन्छ भन्ने सुवेदीका कृतिबाट उदाहरण प्रस्तुत भएको जिकिर गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक जीवलाल सापकोटाले अन्तर्राष्ट्रियस्तरमा नेपाली वाङ्मयलाई विकास गर्दै नेपाली भाषाको श्रीवृद्धिमा पु¥याएको योगदान महत्वपूर्ण रहेको र उहाँ ‘साहित्यिक दोभान’ भएको टिप्पणी गर्नुभयो ।
अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा भएको कार्यक्रममा डा. नारायण शर्मा, समालोचक महेश पौड्याल, सन्ध्या पहाडी, शिव त्रिपाठीलगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।
सम्मानित व्यक्ति स्रष्टा होमनाथ सुवेदीले आफ्नो मन्तव्य व्यक्त गर्दै शोक काव्यमा विज्ञानसम्मतका कुराहरू प्रयोग गरी रचिएको बताउनुभयो । नन्दा शोक समारोहमा उपस्थित हुँदा आफ्ना आँसु नरोकिएको बताउँदै सुवेदीले हिन्दू धर्मानुसार मृतात्माको शान्तिका लागि सप्ताह एकाह पुराण लगाउँछन् भने आफूले नन्दाको वियोगबाट उत्पन्न शोकलाई सिर्जनामा बदल्दै एक वर्षमा तीनवटा कृति लेखेर उक्त कृतिहरू विमोचनको समारोह नै नन्दाको नाममा गरिएको एकाह पुराण भएको र उनको आत्माले शान्ति पाएको कुरामा विश्वस्त भएको बताउनुभयो ।
अनेसास इजरायल च्याप्टरकी पूर्वअध्यक्ष साहित्यकार भगवती बस्नेतले सहजीकरण गरेको सो कार्यक्रममा प्रा.डा. वासुदेव त्रिपाठीले पठाउनुभएको अडियो शुभकामना सुनाइएको थियो । साहित्यकार गोपाल पराजुली, मीनबहादुर श्रेष्ठ, मोहन तिमल्सिना, देवी सुवेदी, लीला लुईटेल, राधेश्याम लेकाली, प्रा.डा. खगेन्द्रप्रसाद लुईटेललगायतले नन्दादेवी सुवेदीको स्मरण गर्दै स्रष्टा सुवेदी र विमोचित कृतिको सफलताका लागि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच