ललितपुर । शिक्षा तथा युवा सशक्तीकरणमा समर्पित रोसेटा एजुकेसन इन्टरनेसनलले यस वर्षको बहुप्रतीक्षित फुटसल प्रतियोगिता गोलफेस्ट २०२५ को प्रमुख प्रायोजकका रूपमा सहकार्य गरेको छ । प्रतियोगितामा पुरुष समूहतर्फ पाटन मल्टीपल कलेज उत्कृष्ट प्रदर्शन गर्दै एक लाख २० हजार रुपैयाँ नगद पुरस्कार जित्न सफल भएको छ ।
महिला समूहतर्फ ट्रिनिटी इन्टरनेसनल कलेजले ५० हजार नगद पुरस्कार जितेको छ । साथै प्रतियोगिताका विजेता खेलाडीले ७० हजार रुपैयाँ बराबरका गिफ्ट भौचर तथा अन्य सामग्री पुरस्कार प्राप्त गरेका छन् ।
रोसेटा एजुकेसन इन्टरनेसनलकी मिडिया म्यानेजर जमुना रञ्जितकारले खेलकुदले युवाको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै खेलकुदले आत्म अनुशासन, टिमवर्क र नेतृत्व क्षमताको विकास गर्ने भएकाले प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।







ठुलै परिवर्तन भैसक्याे साथी…
बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र
सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता