काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र काठमाडौं फिनटेक प्रालि (केएफ) बीच नेपाली बैंकिङ क्षेत्रमा डिजिटल परिवर्तन, नेतृत्व विकास, तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले ऐतिहासिक रणनीतिक साझेदारी सम्झौता भएको छ । सिबिफिन कार्यालय सुन्धारामा भएको सम्झौतामा सिबिफिनका महानिर्देशक रोशन कोइराला र काठमाडौं फिनटेकका संस्थापक सञ्जीव सुब्बाले हस्ताक्षर गर्नुभएको हो । सिबिफिनका महानिर्देशक कोइरालाले भन्नुभयो, ‘काठमाडौं फिनटेकसँगको यो महत्वपूर्ण सहकार्य नेपाली बैंकिङ क्षेत्र डिजिटल प्रविधिमा रूपान्तरण गर्दै थप सुदृढ, सुरक्षित, प्रतिस्पर्धी एवं नवप्रवर्तनमुखी बनाउनका लागि कोसेढुंगा साबित हुनेछ ।’
काठमाडौं फिनटेकका संस्थापक सुब्बाले भन्नुभयो, ‘नेपालको बैंकिङ क्षेत्रको गुणात्मक सुधार, विकास एवं विस्तारमा अविच्छिन्न क्रियाशील सिबिफिनसँगको यस रणनीतिक साझेदारीमा संलग्न हुन पाउँदा उत्साहित छौं । नेपाली बैंक तथा वित्तीय संस्थाहरूका सञ्चालक समिति सदस्य र लब्धप्रतिष्ठित बैंकिङ नेतृत्वकर्तालाई डिजिटल बैंकिङ, साइबर सुरक्षा र फिनटेकसम्बन्धी विश्वस्तरीय ज्ञान प्रदान गर्ने अवसर पाउनु हाम्रा लागि ठूलो उपलब्धि हो ।’
बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति सदस्यका लागि नवीनतम प्रविधि, नीति, अभ्यास, नियमन, सुशासन, अनुपालना, रणनीतिक वित्तीय व्यवस्थापन, बैंकिङ क्षेत्रमा डिजिटल प्रविधि एवं फिनटेक अपनाउने प्रक्रिया र साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण तालिम तथा प्रशिक्षण कार्यक्रम र उच्चस्तरीय सम्मेलन आयोजना गर्ने, रणनीतिक नेतृत्व विकास तथा निर्णय क्षमता अभिवृद्धिका विशेष तालिम सञ्चालन गर्ने, सामाजिक एवं आर्थिक रूपान्तरणका लागि बैंकिङ पहुँच एवं समावेशी वित्तीय साक्षरता प्रवद्र्धन, नैतिक बैंकिङ अभ्यास तथा सुशासन अभिवृद्धि गर्ने परियोजनाहरू सञ्चालन गर्ने कार्यमा सहकार्य गरिने सम्झौतामा उल्लेख छ । त्यसैगरी बैंकिङ क्षेत्रका जल्दाबल्दा चुनौती एवं अवसर, उद्यमशीलता एवं नवप्रवर्तनसम्बन्धी अध्ययन तथा अनुसन्धान गरी प्रतिवेदनसमेत सार्वजनिक गरिने जनाइएको छ ।







वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा
बिलिङ संस्कारको विकास गर्न ‘नेशनल
मकवानपुरमा पाँच वर्षमा ४२ जनाको
मध्यपुर थिमिले विकास निर्माणलाई प्राथमिकता
भन्सार छलेर ल्याइएका सामानसहित चार
गंगा गौतम आचार्य र सन्तोष