काठमाडौं । झापा फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) २०२५ का लागि हिमालयन बैंकलाई आफ्नो आधिकारिक बैंकिङ साझेदार घोषणा गरेको छ । साझेदारीले क्लबको वित्तीय तथा सञ्चालन पक्ष थप मजबुत बनाउनेछ, जसले गर्दा झापा एफसी उच्चस्तरको प्रतिस्पर्धाका लागि तयारी गर्न अझ बलियो हुने क्लबले जनाएको छ ।
नेपालको एक प्रतिष्ठित तथा विश्वासिलो वित्तीय संस्था हिमालयन बैंकले लामो समयदेखि खेलकुद तथा युवा विकासमा योगदान पु¥याउँदै आएको छ । झापा एफसीसँगको सहकार्यमार्फत् बैंकले नेपालको फुटबलको विकासमा टेवा पुर्याउने मात्र नभई समुदाय तथा राष्ट्र विकासमा आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको क्लबका महासचिव सुजन गौतमको भनाइ छ ।
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले भन्नुभयो, ‘झापा एफसी जस्तो प्रतिष्ठित क्लबसँग सहकार्य गर्न पाउँदा हामी खुसी छौं । नेपालमा फुटबलको विकासका लागि हाम्रो संस्थाले निरन्तर योगदान गर्दै आएको छ र यो साझेदारीले खेलाडीलाई अझ राम्रो अवसर प्रदान गर्नेछ ।’







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर