
✍️ उत्तम केसी नेपाल
गत आइतबारबाट क्रमशः
....घरमा पुग्दा गुणबहादुर लुगा सिलाइरहेका थिए । लुगा उहीँ शान्तिको थियो । गर्गप्रसादले अस्तिमात्र शान्तिलाई ल्याएर नाप लिएर कपडा छोडेर गएका थिए ।
विजयको जिउभरी कतै घाउ थियोे कतै नीलडाम थियो कतै सुनिएको थियो । हेर्दै मायालाग्दो देखिएको थियो विजय । त्यो देख्दा गुणबहादुरको आँखाभरी आँसु टिल्पिलायो ।
विष्टहरूले कति हेप्न सकेका । यो बालखले के गल्ती गरेको थियो र यो रिस पोखे । बरा मेरो छोरो । उनले छाती टाँसे विजयलाई । लुगा सिउन छोडेरभित्र पसे । थोरै कोदोको खोले लिएर बाहिर आएर भन्न थाले-ल खा बाबु खोलेले तागत लाग्छ ।
एकै सास खोले पियो विजयले । खोले खाएपछि स्वास्थ्य चौकीतिर हिँडे गुणबहादुर विजयलाई लिएर ।
बैनी पुतली बाहिर फूलबारीमा कपडाको पुतलीसँगै खेलिरहेकी थिई ।
विजय अपहरण परेको दुई दिनपछि गर्गप्रसादले श्रीमतीतिर फर्केर भने- हाम्रो छोरी शान्तिलाई गाउँमा राख्न नसकिने भयो तेरो राय के छ ? मैले त सहरमा फुपू-फुपाजुकहाँ राखेर पढाउने विचार गरेँ । गाउँमा यसरी नै यसलाई राखिरहने हो भने यसले एकदिन हाम्रो नाक काट्छे ।
हजुरको कुन चाहिँ कुरा मैले काटेको छु र यो कुरा पनि काटनु, मञ्जुर छ हजुर । आमा चाहिले भनिन् ।
त्यो बेला उमेश पनि जन्मिसकेको थियो र ऊ दुई वर्षको भएको थियो ।
त्यसको लगत्तै शान्तिलाई पठनपाठनका लागि शान्तिको मञ्जुरीविना नै जबरजस्ती पढ्न फुपूको जिम्मामा काठमाडौं पठाइयो ।
यता विजय स्कुल जाँदा शान्तिलाई नदेख्दा छट्पटिन थाल्यो । गाउँमा कतै पनि शान्तिलाई नदेखेकाले मायामा भौतारिन थाल्यो । एकदिन विजय गर्गप्रसादको घरमा शान्ति खोज्ने बाहानाले केही लुगाफटो छ कि लिन आएको भन्दै गर्गप्रसादको घरमा पुग्यो । गर्गप्रसादले त मेरो घरमा लुगा सिउने नाममा किन आइस् भनेर गाली गरेर पठाए । गर्गप्रसादले रिसले गाउँमा गुणबहादुरले कमाएका आधा जस्तो विष्टहरूको काम खोसेर अरू दमाईलाई नै कमाइ गर्न लगाए ।
विजयले आफ्नो प्रेमिका गाउँछोडेर काठमाडौं पढ्न गएको थाहा पाए । एकदिन विजयलाई अनौठो सोच आयो । उसलाई शहर छिर्न रहर लाग्यो । शहरमै शान्तिलाई पनि भेटिन्छ कि भन्ने अतिरिक्त मोह पनि जाग्यो ।
विजयले आफ्नो प्रेमिका गाउँ छोडेर काठमाडौं पढ्न गएको थाहा पाए । एक दिन विजयलाई अनौठो सोच आयो । उसलाई सहर छिर्न रहर लाग्यो । सहरमै शान्तिलाई पनि भेटिन्छ कि भन्ने अतिरिक्त मोह पनि जाग्यो ।
गुणबहादुर झिल्के काइँलाको घरमा अन्नको साटो पैसामा लुगा सिउँथे । विजयले सम्झियो । काइँलाले पैसा दिए भने त काठमाडौं पुग्छु भन्ने उसलाई लाग्यो । विजय झिल्के कान्छाको घरमा गएर बाले पैसा लिन पठाको भने । झिल्के काइँलाले जानेबित्तिकै पैसा दिए । बैनी पुतलीलाई काठमाडौं गएको कुरा भोलिमात्र भनेस् भनेर विजय काठमाडौंतर्फ लाग्यो । गाउँबाट दुई घण्टा हिँडेर काठमाडौं बस लाग्ने ठाउँसम्म पुग्यो विजय । रात्रिबस छुट्नै लागेको रहेछ ।
विजय अन्तिम सिटमा गएर बस्यो । काइँलाले दिएको पैसाले के काठमाडौं जान के पुग्थ्यो र आधा भाडामात्र पुग्यो । खलासीले कि पूरा भाडातिर होइन भने गाडीबाट झर भन्यो । खलासीसँग रुँदै बिन्ती गर्यो । म जसरी पनि काठमाडौं पुग्नैपर्छ भनी बिन्ती गर्यो । खलासी बुझकी रहेछ । ल ल हल्ला नगर भाइ भन्दै आधा भाडा छुट दियोे ।
काठमाडौं ओर्लेपछि विजयले कोलाहलमात्र पायो । यो सघन भिडमा ऊ एक्लो भयो । हरायो काठमाडौंमा । जसरी हराउँछ किशोरले आफ्नो कलिलो बाल्यकाल त्यसरी हरायो काठमाडौंमा विजय र उसका सपनाहरू ।
ऊसँग खाने-बस्ने पैसा थिएन । बसपार्कको पुलमुनि एकहुल प्लाष्टिक टिपिरहेका बालबालिकाहरू देख्यो । चर्को घाम लागेको दिउँसो उसले आफू जस्तै सडक बालबालिकालाई भेट्यो । एउटा बालक प्लास्टिकका बोतल जम्मा गरिरहेको थियो । उसले सोध्यो– यसबाट पनि पैसा आउँछ साथी ?
आउँछ-आउँछ झर्केर बोल्यो त्यो सडक बालक ।
त्यस दिनबाट विजय नियमित प्लास्टिक टिप्न थाल्यो । काठमाडौंको यो सघन कोलाहलमा एउटा सडक बालक थपियो ।
दिनभर प्लाष्टिक खोज्नु, साहुले दिएको आधा पेट भात खानु, गंगबु बसपार्कको पुलमुनि सुत्नु उसको दैनिकी बन्यो । जिन्दगीको यो डरमर्दो यथार्थबाट अलिकति पनि विचलित भएन विजय । किनकी जिन्दगीको खास सुख उसले भोगेकै थिएन ।
एक दिन प्लाष्टिक र प्लाष्टिकका बोतल खोज्ने क्रममा एकजना पूजारीलाई देख्यो विजयले । उनी गंगबु बसपार्क वरिपरि हिँड्ने पैदल यात्रीहरूलाई टीका लगाइदिन्थे र टीका लगाएबापत पैसा पनि आउँथ्यो । विजय जत्रै एउटा बालक पनि टीका लगाउने काम गरेको देखेर उसले निर्णय ग¥यो म पनि टीका लगाउने पेसा गर्छु ।
प्लास्टिकका बोतल बेचेको केही पैसा थियो ऊसँग । त्यो पैसाले उसले सर्ट पाइन्ट किन्यो नयाँ बसपार्कको फुटपाथमा । अशन बजारमा पुगेर थाली र कछाड किन्यो । बालाजु चोकमा पूजा सामग्री किन्यो । बालाजुमै बसेर आफ्नो निधारमा टीका पनि लगायो । ऊ असली पूजारी नै देखियो ।
उसलाई काठमाडौंमा शान्ति भेटिन्छिन् कि भन्ने आशा थियो । कुनै घरमा कुनै युवती भेटियो भने पनि त्यो शान्ति जस्तै लाग्थ्यो । उसलाई शान्तिको खुब याद आउथ्यो । ऊ प्रत्येक दिन शान्तिलाई सम्झिरहन्थ्यो ।
बाध्यताको लहरमा मानिस के-के बन्न अभिशप्त हुन्छ । उदाहरण बन्यो विजय ।
विस्तारै विजयले काठमाडौंमा कोठा लियो । उसलाई अब यो पेसा फाप्दै गयो । टीका लगाउने आउने कोही कोहीले त गुरु हाम्रोमा पूजा पनि गर्दिनू भन्न थाले ।
अब परेन त आपत् । उसले सुनेको थियो पशुपतिनिर कर्मकाण्डसम्बन्धी पढ्न पाइन्छ ।
ऊ एक दिन कर्मकाण्ड पढ्ने अभिलाषासहित पशुपति पुग्यो । गुरुलाई भेट्यो । उसले नाम थर बताएपछि गुरु अलि तर्सिए । उनले भने– विजय बाबू अहिले भर्नाको सिजन सकियो । अब भर्ना लिन सकिँदैन । अर्को वर्ष आउ । फेरि यति ठूलो मान्छेलाई भर्ना नलिन पनि सक्छ गुरुकुलले । विजयले अड्डी कस्यो–मलाई जसरी नि संस्कृत पढ्नुु छ हजुर, मलाई कर्मकाण्ड सिक्नु नै छ । गुरुकुलमा भर्ना हुन नपाए पनि ऊ हरेक दिन गुरुकुलमा गएरभित्र पढाइरहेको बाहिर झ्यालबाटै सुनेर बस्थ्यो ।
विस्तारै सामान्य कर्मकाण्डबारे विजयले शिक्षा हासिल गर्यो । कतिपय कुरा संस्कृत र कर्मकाण्डका किताब किनेर पनि पढ्यो । बेलाबेला बालाई सञ्चै छु भनेर चिठी पनि पठाइरहृयो ।
....
विगत यो दर्दनाक सम्झनाले विजयका आँखा रसाए । भावुकताले जमेर ऊ एक्लै रुन थाल्यो । भोलिपल्टको कुरा हो ।
पत्रकार रोहन फोन गर्दै विजयको अफिस आइपुगे । रोहनसँगै थिए दलित पत्रकार तथा अधिवक्ता श्याम नेपाली । उनी एक दशकदेखि जात व्यवस्थाको चरित्रसँग लडिरहेका थिए । शालिन श्यामको कथा थुप्रै अन्तराष्ट्रिय सञ्चार माध्यममा समेत आइसकेको थियो । अदालतहरूमा बौद्धिक अधिवक्ताको रूपमा समेत परिचित थिए ।
श्यामले भने– विजयजी तपाईंमाथि भएको अन्यायबारे हिजो रोहनजीले भन्नुभो । यो एकदमै संवेदनशील कुरा हो । तपाईंलाई जातकै आधार भएको ज्यादतीविरुद्ध मुद्दा दर्ता गरौँ ।
विजय यो कुरामा सहमत भए । गर्गप्रसाद शर्माविरुद्ध जातीय छुवाछूत गरेको, कुटपिट गरेको, मानमर्दन गरेको आरोपमा मुद्दा दर्ता भयो । मुद्दा दर्ता भएको भोलिपल्ट गर्गप्रसाद प्रक्राउ परे । थुप्रै सञ्चार माध्यममा समाचार आयो । यो विषयले राष्ट्रिय चर्चा पायो ।
जातीय छुवाछुत सम्बन्धित आरोपमा उनलाई हिरासतमा राखियो ।
एक युवती बहस कक्षामा प्रवेश गरिन् । हात उठाएर बोल्ने अनुमति मागिन् । त्यतिबेला विजयले शान्ति देखेपछि उसको जिउभरी काँडा उम्रेझैँ भयो ।
त्यो समय शान्ति विराटनगर नर्सको रूपमा कार्यरत थिइन् । अचानक यो समाचारले उसलाई भाउन्न होला जस्तो भयो । उनले अचानक विजयलाई सम्झिन पुगिन् र काठमाडौं हानिइन् ।
उमेश र गर्गप्रसादले चौकीमा अनेकौं बिलौना गरे । तर पार लागेन ।
हिरासतमा निकै आतिए गर्गप्रसाद । उनको मनमा गढेको छुवाछुतसम्बन्धी धारणा पनि उतिकै सल्बलाइरहेको थियो । भयले गर्दा हिरासतमा खानसमेत छोडेका थिए गर्गप्रसादले । बिहान–बेलुकी दुई कप चिया मात्र खान्थे ।
हिरासतमा भेट्दा श्रीमतीले पनि गर्गप्रसादलाई मैले त तपाईंलाई पहिले नै भनेको थिँए । निर्णय ढिपी लिनु हुँदैन, यो जातभातको विषय सामान्य हो । ऊ बेलामा मान्नु भएन अहिले यस्तो भयो । तपाईंको यो कुराले गर्दा छोरी पनि विराटनगर गएर बस्न थालिन् । उनको मायाको पनि कुठाराघात भयो ।
२४औँ दिन अदालतमा पेश भए गर्गप्रसाद । उनले पनि आफ्नो पक्षमा वकिल राखेका थिए ।
दुवै पक्षबाट बहस सुरु भो ।
गर्गप्रसाद तर्फका वकिलले भने-मेरो पक्षले जानीजानी छुवाछूत गरेको होइन । सामाजिक मान्यताकै कारण अवचेतनमा बसेको विकार प्रकट भएको मात्र हो । यसैले सजाय माफी होस् । सरकारी वकिलसहितको स्वामी पण्डित आनन्दका वकिल श्यामले आफ्नो धारणा राखे ।
उनले भने- निज गर्गप्रसाद तत्कालीन मकैटार क्षेत्रका एक जमिनदार हुन् । उनले वादी विजयबहादुर नेपाली उर्फ पण्डित आनन्द गुरुलाई एक दशक अगाडि मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।
निज त्यो समयदेखि जातपातको चर्को विरोधी थिए । आज पनि छन् ।
सरकारी वकिलले १० वर्ष सजायको माग गर्दा गर्गप्रसाद लगलग काम्न थाले ।
त्यतिकैमा एक युवती बहस कक्षामा प्रवेश गरिन् । हात उठाएर बोल्ने अनुमति मागिन् । त्यतिबेला विजयले शान्ति देखेपछि उसको जिउभरी काँडा उम्रेझैँ भयो ।
उनले भनिन्- म आज पनि विजयलाई उतिकै माया गर्छु । हो विजय मेरो प्रेमी हो । मेरो बुबाले जातीय छुवाछुतका कारण हाम्रो प्रेम छुटाउनु भएको हो । म विजयलाई अहिले पनि त्यतिकै माया गर्छु । हो श्रीमान् त्यसैले यो अदालतसमक्ष हाम्रो मायाको लागि भए पनि विजयलाई यो मुद्दा फिर्ता लिन अनुरोध गर्छु, विजय र मेरो यसै अदालतमा विवाह बन्धनको सम्बन्ध कायम होस् भनी माग गर्दछु ।
न्यायाधीशले प्रतिवादी गर्गप्रसादलाई यस विषयमा तपार्इंलाई केही भन्नु छ ? भनेपछि गर्गप्रसाद रुँदै मैले गल्ती गरेँ म माफी चाहन्छु, मैले यो युगमा पनि यस्तो कुरालाई लिएर मेरो आफ्नो घरपरिवार तथा विजयको परिवालाई समेत दुःख दिएँ । अब म मेरो छोरीको मागअनुसार मेरो छोरी र विजयको मेरो आफ्नै घरमा आँगन पोली धुमधामसाथ विवाह गरिदिन मञ्जुर छु । त्यसैले मलाई न्याय मिलोस् श्रीमान् । म अबदेखि यस्तो कर्म गर्ने छैन ।
विजयका गहभरी आँसु भरिए- यो कुरा मलाई मञ्जुर छ, म मेरो मायाको चिनोको रूपमा शान्तिलाई पाउने भएपछि मुद्दा फिर्ता लिन मञ्जुर छु श्रीमान् ।
न्यायाधीशले यस मुद्दालाई वादी-प्रतिवादीको बयानअनुसार दुवै पक्षको मञ्जुरी भएकाले यो मुद्दा हाललाई मुल्तवीमा राखिएको छ भनी निर्णय सुनाउँछन् ।
दुवै पक्ष खुसी हुन्छन् । विजय र शान्ति एक-अर्कालाई अंकमाल गरी कहिल्यै नछुट्ने कसम खान्छन् ।
..
गर्गप्रसादको आँगनमा नेपाली परम्पराअनुसार यज्ञ गाडी धुमधामका साथ विवाह सम्पन्न भयो । समाप्त । (लेखक केसी नेपाल वरिष्ठ कलाकार एवं गीतकार हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच