पेरिस । पेरिस सेन्ट-जर्मेन (पिएसजी) लगातार १३औँ फ्रेन्च लिग उपाधिको नजिक पुगेको छ । आइतबार राती दोस्रो स्थानको मार्सेलीलाई ३-१ ले पराजित गर्दै पिएसजीले शीर्ष स्थानमा १९ अंकको अग्रता बनाएको हो । खेलमा जित निकाल्दै फ्रेन्च फुटबलको सबैभन्दा ठूलो प्रतिद्वन्द्विता क्लासिकमा पिएसजीले बर्चस्व कायमै गरेको हो । पाँच दिनअघि मात्र पिएसजीले च्याम्पियन्स लिगमा इङ्लिस प्रिमियर लिग लिडर लिभरपुललाई हराएको थियो ।
सन् १९९० को दशकमा मार्सेलीले फ्रेन्च फुटबलमा दबदबा जमाएको थियो । तर, सन् २०११ मा कतारी लगानीकर्ताले पिएसजीलाई खरिद गरेपछि मार्सेली निकै पछाडि परेको थियो । आइतबारको जितसँगै मार्सेलीले लिगमा मार्सेलीविरुद्ध आफ्नो अपराजित यात्रा नौ खेलसम्म लम्ब्याएको हो ।
लिग वानमा अहिलेसम्म अपराजित रहेको पिएसजीले खेलको १७औँ मिनेटमै अग्रता लिएको थियो । उस्मान डेम्बेलेले गोलकिपर जेरोनिमो रुलीलाई छल्दै खुलेको पोस्टमा सजिलै गोल गर्नुभएको थियो । ख्विचा क्वाराट्स्खेलियाले चलाखीपूर्ण पास डाइरेक्ट गर्दै फाबियन रुइजलाई बल दिनुभएको थियो ।
डेम्बेले हाल युरोपका शीर्ष पाँच लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्नुभएको छ । सन् २०२५ मा मात्रै उहाँले सबै प्रतियोगितामा २२ गोल गरिसक्नुभएको छ । मार्सेलीले पहिलो हाफमा केही राम्रो मौका सिर्जना गरेको थियो । तर, ४२औँ मिनेटमा पिएसजीले अर्को गोल थप्न सफल भयो । आफ्राच हाकिमीको पासलाई फाबियन रुइजले नियन्त्रणमा लिएर नुनो मेन्डेसलाई पास गर्नुभएको थियो ।
दोस्रो हाफमा मार्सेलीका गुइरिले अवसर सदुपयोग गर्दै गोल गरेर खेलमा फर्काउने प्रयास गर्नुभयो । तर, ७६औँ मिनेटमा पोल लिरोलाले आत्मघाती गोल गरेपछि मार्सेलीको पुनरागमनको आशा समाप्त भएको थियो । एजेन्सी ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…