झापा । नेपाल सुपर लिग-२०२५ का लागि झापा एफसीको आधिकारिक किट पार्टनर गणेशदीप निटवेयर प्रालि (जि स्पोर्ट्स) रहने भएको छ । नेपाली खेलकुद सामग्रीको एक प्रतिष्ठित ब्राण्ड जि स्पोर्ट्सले झापा एफसीका सम्पूर्ण खेलकुद पोशाक निर्माण गर्नेछ ।
जि स्पोर्ट्स नेपाली खेलाडीहरूको आवश्यकताअनुरूप उच्च गुणस्तरका खेलकुद पोशाक निर्माण गर्ने एक विश्वसनीय नेपाली ब्राण्ड हो । यसको प्रिमियम गुणस्तर र खेलाडीहरूलाई अधिकतम आराम प्रदान गर्ने डिजाइनले जि स्पोर्ट्सलाई नेपाली खेल क्षेत्रको अगुवा बनाएको छ ।
जि स्पोर्ट्सले उत्कृष्ट गुणस्तर, आराम र टिकाउपनलाई प्राथमिकता दिँदै खेलाडीहरूका लागि उपयुक्त पोशाक निर्माण गरिरहेको छ । यो साझेदारीले झापा एफसीलाई उत्कृष्ट किट उपलब्ध गराउनुका साथै नेपाली खेल सामग्री उद्योगको प्रवद्र्धनमा पनि योगदान दिनेछ । झापा एफसी र जि स्पोटर््स दुवै पक्षले यो सहकार्यले नेपाली फुटबलको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र