
अघिल्लो मंगलबारबाट क्रमशः
अन्ततः कक्षा कोठामा दाजु भाइको पुनर्मिलन भयो । दाजु इमान्दरीसाथ मलाई पर्खेर बस्नुभएको रहेछ । हामीले त्यस दिनको पढाइ माया मार्यौँ र आ-आफ्ना किताब कपी च्यापेर झाडीतिर लाग्यौँ । पोथ्राहरूको झाडी भित्रभित्रै अलिक पर पुगेपछि दाइले नोटको बिटो निकालेर गन्नुभयो । त्यस विटामा दश-दशका दशओटा नोट रहेछन् । हामी दंग हुँदै गर्दा मलाई दाइले ‘ला ! तलाई’ भनेर दश रुपैयाँको एक नोट दिनुभयो । केवल एकमात्र दशको नोट पाउँदा मेरो मन खङ्ग्रग भयो तथापि म एकशब्द बोलिन । हामी पैसा बाडफाँड गरेर झाडीबाट निस्कियौँ र विजयपुरका उखुवारीमा गयौँ । त्यहाँ दाइले चारलाक्रा उखु काट्न लगाएर दुई लाक्रा मलाई दिनुभयो । दुई लाक्रा हातमा लिएर दाजुले दश रुपैयाँको नयाँ नोट उखु मालिक्नीलाई दिनुभयो । दश रुपैयाँको नयाँ नोट देखेर उनले तुरुन्त तिमीहरू ज्योतिषिका छोरा होइनौ ! कहाँबाट यत्रो पैसा ल्यायौ ? भनेर प्रश्न गरिन् । दाजु निरुत्तर ! उहाँको किंकर्तव्यविमूढको अवस्था बुझेर मैले मेरा गोजीको नयाँ नोट निकालँे र देखाउँदै हाम्रा मामा आसामबाट आउनुभएको छ उहाँले नै हामीलाई दश-दश रुपैयाँ दिनुभएको हो भनेँ । उनले मेरो हातको नयाँ नोट देखेर मेरो भनाइ पत्याइन् र ‘कस्ता रहेछन् मामा पनि केटाकेटीलाई दश-दश रुपैयाँ दिने ? भनेर मामालाई दोष दिँदै आठ रुपैयाँ फिर्ता गरिन् । हामीले एक लाक्रो उखुलाई टुकुरा बनयौँ र चुस्तै धरान बजार लाग्यौँ ।
घर पुग्दा आमाको चिन्तित मुहार प्रभाति सूर्योदयमा कमल प्रदीप्त भएझैँ उज्यालो भयो । म हराएकोमा घरपुग्दा आमाले गाली गर्नुहुन्छ भन्ने मेरा मनको डर पनि करिव हराइ सकेको थियो । त्यही बेला मेरा शिरदेखि पाउसम्म आमाले निरीक्षण गर्नुभयो । मेरा खुट्टामा नयाँ जुत्ता देख्नेबित्तिकै आमाको मुहारबाट त्यो प्रदीप्ति एकाएक विलुप्त भयो ।
चत्रा लाइनमा प्रवेश गर्नासाथ हाम्रो चकचकी सुरु भयो । हामीले सर्वप्रथम एउटा मिठाई पसलमा पसेर अघाउँजी रसबरी, दुधमलाई लगायतका मिठाई खायौ र नजिकैको भीमबहादुर एण्ड गजेन्द्रबहादुरको बाटा सू दोकानमा पसेर बाह्र-बाह्र आनाका सुतीका मोजाहरू किन्यौँ । त्यसपछि छाता चौकबाट दक्षिण लागेर चिया पियौँ र पान खायौँ । पान खानुको उद्देश्य केवल मुख रातो बनाएर देखाउनु थियो । त्यतिले मात्र हाम्रो इच्छापूर्ति भएन हामी बजार अड्डाका समशूल हकको दोकानमा गयौँ र एक-एक जोर छालाका जुत्ता क्रमशः आठ र अठार रुपैयाँमा किन्यौँ । हामी अब आफ्ना मनको हिरो भयौँ र दाइको घर पुतली सकडतिर हानियौँ । दाइको घर पुग्नलाग्दा अलिक वरतिरको कान्छा ड्राइवरको नामले प्रख्यात र परिचित चिया पसलमा पस्यौँ । त्यो पसलका बाहिर ठूलो निमको रूख थियो र त्यसका वरिपरि काठको चौतारो थियो । हामी त्यहाँ पस्नासाथ चौतारीमा बसेका परिचित समकालीन अनुहारले के हो ? यशराजजी नयाँ-नयाँ जुत्ता मोजा र मुखमा पान आज त दशैँ आए जस्तो छ नि ! भनेर मुखामुख गरेर हासेँ । उनीहरू को यो भनाइमा अपनङ्खव थियो । यी प्रायः दाइका समकालीन मित्र नै भएकाले दाइले सबैलाई एकएक कप चिया मगाएर बस्नुभयो । तिनीहरूसँग पनि चिया पियौ र अन्ततः विजयी मुद्रामा हामी दाजुको घरमा पुग्यौ ।
घरमा पुग्नासाथ हाम्रा नयाँ जुत्ता, नयाँ मोजा र मुखमा पान देखेर हजुर आमा काकाकाकी छक्क पर्नुभयो । उहाँहरूको हाउभाउ देखेर हामीलाई के गरौ के भनौ भइरहेको थियो । यही बेलामा कसले किनिदियो जुत्तामोजा तिमीहरू लाई ? भनेर काकीले हास्दै प्रश्न गर्नुभयो । काकीले यति सोध्नासाथ दाइले तुर्केको सारा वृतान्त सुनाउनु भयो । सारा वृत्तान्त हास्दै सुनिसकेपछि एकाएक काका ‘चोर डाकाहरू ∕ तिमीहरूलाई पढन पठाएको कि डाकैती गर्न पठाएको भन्दै दाइका गाला चड्काउन थाल्नु भयो । म डराएर हजुर आमाको छेउमा उभिए । दाइलाई चारपाँच चड्कन दिएर पनि काकाको आक्रोश शिथिल नदेखिएपछि काकीले दाइलाई तान्नुभयो र काकाबाट छुटकारा दिलाइदिनु भयो । मलाई हजुर आमाको छेउमा डराएको देखेर काकाले तानेर नकुटे पनि ‘यशेका पछि लागेर कुद्ने यो पनि डाकानै हो !’ भन्दै गाली भने खुवै गर्नुभयो । त्यसपछि काका केही बेर मौन हुनुभयो । यो मौन अवधिमा काकाले के सोच्नु भयो को नि ? दाइसँग बाँकी रहेका सबै पैसा माग्नुभयो र मतर्फ फर्केर ‘तेरा गुरुले कति दिएको छ ?’ भनेर हात थाप्नु भयो । मैले डराउँदै गोजीबाट दशको नोट निकालेँ र यत्ति हो भनेर काकाका हातमा राखिदिए । मेरो दशको नोट लिदैँ गर्दा काका मुस्कुराउनुभयो र फटाहाले भाइलाई पनि ठगेछ भनेर यशराज दाइ तिर हेर्नुभयो । त्यसपछि काकाले हातका पैसा गन्नुभयो हामीले लगभग चालिस रुपैयाँ खर्च गरिसकेका रहेछौँ । त्यस दिन पहाड लाबृबाट भर्खरै ठूलो बुबाको छोरा दाजु पं. प्राणनाथ दुईचार जना साथीसहित त्यहाँ आइपुग्नु भएको रहेछ । ती बाँकी रुपैयाँबाट दश-दश रुपैयाँ हामीलाई दिएर काकाले दाजुलाई ढोग्न लगाउनुभयो । ती अन्य जनहरूलाई पनि हामीले ढोग्ने जतिलाई पैसा राखेर ढोग्यौँ र बाँकीलाई काकाले हातहातमा पैसा राखिदिनुभयो । काकाको केहीबेर बसेर म घर जान ठिक परेँ तर हजुरआमा र काकीले रात पर्न लाग्यो भोलि बिहान दाजुले पुर्याइ दिन्छ भनेर मलाई जान दिनुभएन । म त्यस दिन त्यहीँ बसेँ ।
भोलिपल्ट बिहानै म यशराज दाइको साथ लागेर आफ्नो घर पुग्दा आमाको चिन्तित मुहार प्रभाति सूर्योदयमा कमल प्रदीप्त भएझैँ उज्यालो भयो । म हराएकोमा घरपुग्दा आमाले गाली गर्नुहुन्छ भन्ने मेरा मनको डर पनि करिब हराइसकेको थियो । त्यही बेला मेरा शिरदेखि पाउसम्म आमाले निरीक्षण गर्नु भयो । मेरा खुट्टामा नयाँ जुत्ता देख्नेबित्तिकै आमाको मुहारबाट त्यो प्रदीप्ति एकाएक विलुप्त भयो । थोरै सानु आवाजमा यी नयाँ जुत्ता कहाँबाट आए ? आमाले प्रश्न गर्नुभयो । मैले केही बोल्नु पूर्व यशराज दाइले हिजोको हाम्रो वीरताको गाथा आमालाई सुनाउनुभयो । हाम्रो सम्पूर्ण गाथा सुनिसकेपछि आमाले मलाई च्याप्प समातेर तलाईं चोर्न पठाएको कि ? पढ्न पठाएको भन्दै मेरा गाला यस्तो पढ्काउनु भयो कि ! मैले सर्वत्र तोरीको फूल देखेँ । पछाडि उभिनु भएको सानु दिदीले हत्तपत्त तानेर मलाई थप चुटाइबाट बचाउनु त भयो तर मेरा दुवै आँखाबाट बहेका आँसुका बलिन्द्र धाराहरू रोक्ने अवस्थामा भने कोही भएनन् । म सिंक्क-सिंक्क रूदै दिदीसँगै टाँसिएको थिए । आमाले मैले अस्ति किनिदिएको जुत्ता खै त ? अलिकति रीसाएको आवाजमा सोध्नुभयो । मैले केही नबोली झोलाबाट जुत्ता निकालेर आमा तिर फ्याकिदिए । मेरो रिस देखेर आमा केही हास्नु भयो र तुरून्त रीसाएको अभिनय गर्दै ती डाका गरेर ल्याएका जुत्ता लाएर मेरा घरमा पसिस् भने तेरा खुट्टा भाचिदिन्छु भन्दै घर भित्र जानुभयो । सानु दिदीले फकाउदै जुत्ता फेरिदिनु भयो र डो¥याएर भित्र लानुभयो । त्यसपछि ती जुत्ता लाउन मैले कहिल्यै हिम्मत गरिन । पछि आमाले ती जुत्ता चक्रघट्टी खेतीका छिमेकीका छोरालाई दिएर घरबाट पन्छाउनु भयो । मैले मेरी आमाको त्यस्तो उग्र, रौद्र रूप ‘न भूतो न भविश्यति’ भनेझैँ जीवनभर कहिल्यै पनि देखेको थिइन र फेरि देखिन ।
धरानमा पहिलोपटक बिजुली बल्दा लेखेको कविता र पछि जीवनलाई पानीको फोका सदृश मानेर लेखेको प्रतीकात्मक कविताका अतिरिक्त धेरै कविताका पङ्क्तिहरू अहिले बिर्से पनि लेखेको थिए भन्ने सम्झना भने अद्यापि इतिहासमा रहेछ ।
हामी पिण्डेश्वर धाउँदै गर्दा एकदिन यशराज दाइले आफू अबको केही दिनमा तेजनाथ दाइका साथमा दिङ्ला पढ्न जाने खवर सुनाउनुभयो । यो खबरले म निराश भएँ । मैले थाहै नपाई मेरा मनमा दिङ्ला गएर दाइले राम्रोसँग पढेर अब जित्नुहुन्छ भन्ने ईष्र्याले घर बनाएछ । त्यसदिन पिण्डेश्वरका कक्षामा बसे पनि भवदेव, दयाराम र नेत्र गुरुहरूले के पढाएर जानुभयो मैले थाहै पाइन । म अन्तिम घण्टी नपढी घर आएर आमा र दिदीलाई यशराज दाइ दिङ्ला जाने खबर सुनाए । आमाले सामान्य भाषामा ‘ए ! दाजुभाइसँगै जाने भएछन्’ मात्र भन्नुभयो । आमाले यो कुरालाई सामान्य माने पनि मेरा लागि सामान्य थिएन । मैले आफू पनि यशराज दाइसँगै जान्छु भनेर घुक्र्याउन जिद्दी गर्न थालेँ । तर, आमा र दिदीले मेरो घुक्र्याइ र जिद्दीलाई पटक्कै महत्व दिनुभएन । मैले घुक्र्याएर पिण्डेश्वर जान नै छाडे, मेरो अंश दिनुहोस् म छुट्टिएर मेरै अंशले पढ्न जान्छु भनेर निहुँ खोज्न थालेँ । यो मेरो घुर्र्की निहुुँ खोजाइमा उहाँहरू केवल बालपनको अंश मानेर मलाई ‘दिङ्ला टाढा पहाडमा छ । खाना बनाउने र भाडा माज्ने काम आफैँ गर्नुपर्छ । तिमी सानै छौ हिडेर जान सक्तैनौ’ भनेर सम्झाउने काम मात्र गर्नुभयो । यसबेला मैले दुईचार दिन पढ्न जाने वहानामा पुरानु बजारको हाटलाग्ने ठाउँसम्म पुगेर गोजिका भुजा रित्याउने र घर फर्कने काम गरेँ । अन्ततः मैले जति घुक्र्याए पनि एकहप्ता पछि यशराज दाइ दिङ्ला जानुभयो मेरा घुक्र्याइ जिद्दी रुपी हतियारहरू धार विनाका अस्त्र सावित भए ।
म पुनः पिण्डेश्वर जान थालेँ । यशराज दाइ हिडेपछि पिण्डेश्वरका बगैचा-बगैचा घुम्ने र बुढासुब्बा तिर जाने कर्महरू बन्द भए । म एक्लो भएको महसुस गर्दै पढाइमा केन्द्रित हुन थालेँ । साथी गोपाल र वासुदेवसँग पाठशाला जाने आउने काम नियमित बन्यो । अहिले इतिहास हेर्दा सायद यही कालमा मैले पढ्नुका अतिरिक्त कविता लेख्न थालेका रहेछुँ । धरानमा पहिलो पटक बिजुली बल्दा लेखेको कविता र पछि जीवनलाई पानीको फोका सदृश मानेर लेखेको प्रतीकात्मक कविताका अतिरिक्त धेरै कविताका पङ्तिहरू अहिले विर्से पनि लेखेको थिए भन्ने सम्झना भने अद्यापि इतिहासमा रहेछ ।
करिव एक महिनापछि म पाठशालाबाट फर्किएर घरमा आउदा बैजनाथ गुरू पहाडबाट आएर बसिरहेको देखेँ । मैले हत्तपत्त गुरूलाई ढोग्न शिर निहुराएँ । उहाँले हात दिएर अभिवादन स्वीकार्नुभयो । गुरू भट्टराई र मेरी आमा भट्टराईकी छोरी भएकाले आमा र गुरूमा दिदी भाइको साइनो थियो त्यसैले उहाँ हामीले अभिवादन गर्न खोज्दा हात दिने गर्नुहुन्थ्यो । बेलुकाको गुरूसँगको बसाईमा आमाले गुरूलाई मैले दिङ्ला जान्छु भनेर जिद्दी गरेकोदेखि पढ्नमा मन नदिएर बरालिएसम्मको मेरो पोल सविस्तार लगाउनु भयो । आमाका कुरा सुनेर गुरूले मलाई फुक्र्याउँदै कान्छो तीक्ष्ण छ मसँग ताप्लेजुङ जान्छ भनेर प्रस्ताव राख्नुभयो र मतिर फर्किएर जाने होइन त ? भनेर सोध्नुभयो । मैले खुशीहुँदै जाने सहमति जनाए । मेरो सहमति सुन्नासाथ ‘आमाले सानै छ निस्ताएर भाइलाई दुःख दिन्छ कि ?’ भनेर आफ्नो माया र औपचारीकता एकै पटक प्रकट गर्नुभयो । गुरूले आमालाई ‘छात्रावासमा हरिराज, एकराजलगायत धेरै केटाहरू मिलेर बस्ने भएकोले साथी पाएपछि निस्ताउँने प्रश्न नै उठ्दैन’ भनेर आश्वस्त बनाउनुभयो । म धरानबाट ताप्लेजुङ जाने भएँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच