
अहिले संसारमा विभिन्न प्रकारका आधुनिक र सुविधा सम्पन्न साथै दक्ष र विज्ञ जनशक्तिहरूले सुसज्जित आधुनिक भनिने रोगलाई दबाउने ट्याब्लेट र इन्जक्सनमा भरपर्ने डाक्टर र अस्पतालहरूको बाहुल्य र बिगबिगी छ । आधुनिक अस्पतालका नाममा रसायन र दबाईहरूले रोगलाई केही समय दबाउने प्रकृतिका दबाई प्रयोग गर्ने र चिरफार गर्ने आधुनिक प्रविधि र प्राविधिज्ञहरूले सुसज्जित अस्पताल, जसले रोगका कारणहरूको होइन प्रभावहरूको अर्थात् लक्षणहरूको मात्र उपचार गर्दछन् । रोग किन उत्पत्ति भयो ? त्यसका शारीरिक कारणहरूमा प्रवेश नगरीकन शरीरमा परेको प्रभाव वा लक्षण अर्थात दुःखाइलाई केही समय थामथुम गर्ने उपचार हुने वर्तमान आधुनिक चिकित्सा पद्धति अहिले हाम्रो आकर्षण र अभिशाप दुवै बनेको छ ।
यस विधाको उपचार पद्धतिले रोग र रोगीहरूको संख्यात्मक वृद्धि गर्ने क्रम जारी छ । यस्ता अस्पतालहरू तुरुन्तै दुःखाइलाई केही समयका लागि कम गर्न सफल देखिएका कारण आकर्षणको विषय बनेका छन् । क्षणिक दुःखाइ कम गर्नका लागि अस्पताल जानेहरू रोगहरू दबाउने उपचार पद्धतिबाट एकपछि अर्को दबाइ र त्यसपछि फेरि अर्को दबाईको सेवन गर्दै रोगहरू थप्दै स्वास्थ्य अझै बिगार्ने, सम्पत्ति सक्ने क्रम चलिरहेको छ । आधुनिक उपचार पद्धति वरदान बन्नुपर्नेमा अहिले अभिशाप बनेको छ । दबाई सेवनको पाश्र्व प्रभावले पुनः थप दबाईको सेवन गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण दबाइ खानुपर्ने बिरामी र शारीरिक रूपमा अशक्तहरूको संख्या अहिले समाजमा उल्लेख्य छ ।
हिजो सेवन गरेको दबाईको पाश्र्वप्रभावका कारण आज अर्को नयाँ रोगको आगमन एलोपेथिक चिकित्सा पद्धतिको विशेषता र यथार्थ हो तर त्यसलाई आत्मसात गरेर त्यस्ता पाश्र्वप्रभावहरूबाट मुक्ति दिन आधुनिक चिकित्सक र अस्पतालहरू अर्थात् एलोपेथिक उपचार विधि पूर्णतः असफल प्रमाणित भएको छ ।
प्रायः सबै रोगीहरू दबाईका कारण अशक्त भएर बाँच्नुपर्दा आधुनिक दबाईप्रति र आधुनिक चिकित्साप्रति जनमानस नकारात्मक हुँदाहुँदै पनि फेरि तिनै अस्पतालहरूमा नै बिरामीको घुइँचो किन लाग्छ ? हामीलाई रोग दबाउने उपचार विधि र प्रविधि होइन रोग निर्मूल गर्ने विधि र प्रविधिको खाँचो छ । अझ भन्नुपर्दा रोगाएर औषधि गर्नुभन्दा रोग नै लाग्न नदिने विधि, प्रविधि र विज्ञानमा आधारित प्राकृतिक उपचार पद्धति आजको आवश्यकता हो । यो वस्तुगत तथ्यलाई आत्मसात गर्दै प्राकृतिक उपचारको विधालाई प्रयोग गरेर समाजलाई रोगी नै हुन नदिने उपचार विधि र प्रविधिलाई अब हामीले किन अवलम्बन नगर्ने ? एलोपेथिकमा एउटा दुःखाइका कारण अस्पताल जाँदा एक प्रकारको दबाईले रोगलाई थामथुम पार्छ । केही समयपछि त्यही रोग पुनः बल्झन्छ ।
हिजो सेवन गरेको दबाईको पाश्र्व प्रभावका कारण आज अर्को नयाँ रोगको आगमन एलोपेथिक चिकित्सा पद्धतिको विशेषता र यथार्थ हो तर त्यसलाई आत्मसात गरेर त्यस्ता पाश्र्वप्रभावहरूबाट मुक्ति दिन आधुनिक चिकित्सक र अस्पतालहरू अर्थात् एलोपेथिक उपचार विधि पूर्णतः असफल प्रमाणित भएको छ । एक पटक दिएको दबाईले केही समयपछि रोगलाई दबाउन नसकेपछि फेरि अर्को पटक अर्को दबाई दिएर रोगलाई दबाउने क्रम चलिरहँदा रोगले निरन्तरता पाउने विषय स्वाभाविकै भन्नुपर्छ । अत्याधुनिक भनिएको एलोपेथिक उपचारबाट न रोग घटेको छ । न रोगीको संख्या घटेको छ ।
यदि रोगको उपचार भएको भए रोग र रोगीको संख्या घट्नु पर्दथ्यो । अहिले संसारमा आधुनिक अस्पताल र आधुनिक उपचार पद्धतिका डाक्टरहरूको संख्या जुन अनुपातमा वृद्धि भएको छ रोग र रोगीहरूको संख्या त्यसभन्दा ज्यादा वृद्धि भएको अवस्था छ । यस्तो परिस्थिति किन विकसित भयो ? यसको रहस्यभित्र अब प्रवेश गर्न जरुरी छ । अस्पतालको उपचार गर्ने क्षमता र डाक्टरहरूको योग्यता साथै अनुभव वृद्धि हुँदै गर्दा रोग र रोगीहरूको संख्या घट्नु पर्नेमा त्यसको विपरीत वृद्धि भएको छ । किन घटेनन् रोग र रोगीहरू ? यो रहस्य र वास्तविकतामा प्रवेश नगरीकन अस्पताल र डाक्टरको संख्यात्मक वृद्धि किमार्थ समाधान होइन ।
यो अहं प्रश्न अब सधैँ अनुत्तरित हुन सक्दैन र हुनु पनि हुँदैन । अर्को फरक प्रकृति र पद्धतिमा उपचार हुने प्राकृतिक उपचार विधिद्वारा उपचार हुने औषधिविहीन पद्धतिमा आधारित अस्पतालको उपचार विधि एलोपेथिक अस्पतालहरूको भन्दा नितान्त फरक छ । नेपालमा अहिले एलोपेथिक, आयुर्वेद, होमोपेथी जस्ता छुट्टाछुट्टै प्रकृति र पद्धतिमा आधारित अस्पतालहरू छन् । ती अस्पतालहरूको रोग पहिचानमा देखिएको भिन्नता र उपचारमा देखिने भिन्नताको ज्ञान समय सिर्जित आवश्यकता हो । ब्रिटिस नेचुरोपेथिक एसोसिएसनको घोषणापत्र अनुसार रूप्राकृतिक चिकित्सा उपचारको यस्तो प्रणाली हो जसले शरीरभित्रको महत्वपूर्ण उपचारात्मक शक्तिको अस्तित्वलाई मान्यता दिन्छ’ ।
अतः यो मानव प्रणालीद्वारा रोगहरूको कारण निर्मूल गर्नका लागि अर्थात् रोगहरूलाई ठीक गर्नका लागि मानव शरीरबाट अवाञ्छित अप्रयुक्त चिजलाई र विषाक्त पदार्थहरूलाई निस्कासन गरेर मानव स्वास्थ्यलाई स्वस्थ्य र तम्दुरुस्त राख्छ । दुःख्ने र पर्यावरणीय स्थितिलाई छाडेर, सबै रोगका कारणहरू एउटै हुन् । रोगको प्राथमिक कारण शरीरमा रुग्ण कारक पदार्थहरूको सञ्चय हुनु हा । शरीरबाट रुग्ण कारक पदार्थको उन्मूलन गरेर शरीरलाई स्वस्थ्य राख्ने काम प्राकृतिक चिकित्सा पद्धतिले गर्छ । रोग अनेक उपचार एकको अनौठो सिद्धान्त रोग निवारणका दृष्टिकोणले प्रभावकारी छ ।
किनकि विविध प्रकारका रोगहरूको उत्पत्तिको एउटै कारण शरीरमा जम्मा हुने रुग्ण कारक तत्व भएकोले रोग अनेक उपचार एक भन्ने सिद्धान्तले यो चिकित्सा पद्धति वास्तवमा मानव स्वास्थ्यका लागि वरदान सावित भएको छ । प्राकृतिक चिकित्सा प्रणाली चिकित्सा क्षेत्रको रचनात्मक विधि हो । जसको लक्ष्य प्रकृतिमा प्रचुर मात्रामा उपलब्ध तत्वहरूको समुचित उपयोगद्वारा रोगको मूल कारणहरूलाई समाप्त गरिन्छ । यो केवल चिकित्सा पद्धति नभएर मानव शरीरमा उपस्थित आन्तरिक महत्वपूर्ण शक्तिको या प्राकृतिक तत्व अनुरूपको जीवनशैली हो ।
यो जीवन जिउने कला या विज्ञानको सम्पूर्ण क्रान्ति हो । प्राकृतिक चिकित्सा पद्धतिमा माटो पानी आदिको सहयोगमा हुने चिकित्सासँगै प्राकृतिक भोजन, ताजा फलहरू, काँचा वा कम पकाइएका तरकारीहरूले विभिन्न रोगहरूको सफल उपचारमा निर्णायक भूमिका निर्वाह गर्दछन् । दबाई प्रयोग नै नहुँदा आयात नै गर्नु नपर्ने भएकोले प्राकृतिक चिकित्सा पद्धति नेपाल जस्तो गरिब देशका लागि वरदान हो भन्दा पनि अत्युक्ति हुँदैन ।
प्राकृतिक चिकित्सा र एलोपेथिक दुबै चिकित्सा पद्धतिहरू हुन् तर यी दुवैको उपचार पद्धति र सिद्धान्त भने नितान्त फरक छ । प्राकृतिक चिकित्साले शरीरको प्राकृतिक स्वउपचार क्षमतामा विश्वास गर्छ । यसले लक्षणहरूको उपचार गर्दैन रोगका कारणहरूको उपचार गर्छ र सबै रोगहरूलाई एकसाथ समूल नष्ट गर्छ । जबकि एलोपेथिकले भने रोगको प्रभाव र लक्षणहरूलाई दबाउनलाई रसायन र दबाईको प्रयोग गर्छ । प्राकृतिक चिकित्साले रोगका वास्तविक कारणहरूलाई पत्ता लगाएर रोगहरूलाई जरैदेखि निर्मूल गर्छ भने एलोपेथिक चिकित्सा पद्धतिले रोगको प्रभाव र लक्षणलाई रसायन र दबाईको सहायताले रोगलाई केही समयको लागि मात्र दबाउँछ ।
प्राकृतिक चिकित्साले प्राकृतिक वस्तुहरू जस्तो माटो, पानी, जडीबुटी, आहार चिकित्सा, उपवास चिकित्सा, योगाभ्यास, फिजियोथेरापी, ध्यान र जीवनशैली आदिमा परिवर्तन गर्छ । परिणामस्वरूप बिरामीहरू रोगमुक्त हुन्छन् । प्राकृतिक चिकित्साको लक्ष्य रोगका मूल कारणहरूको खोज र पहिचान गर्ने र रोगलाई प्राकृतिक तरिकाले नै निर्मूल गर्ने हुन्छ । एलोपेथिकले जस्तो रोगको प्रभाव र लक्षणहरूलाई केही समय दबाउने काम प्राकृतिक चिकित्साले गर्दैन । एलोपेथिक उपचारको लक्ष्य नै रोगका प्रभाव र लक्षणहरूलाई केही समयका लागि दबाउने काम हुन्छ नकि रोगका मूल कारणहरूलाई निर्मूल गर्ने ? एलोपेथिक पद्धतिको उपचारले रोगको प्रभाव र लक्षणलाई रसायन र दबाइको सहयोगले तत्काल दबाउने अनौठो क्षमता भने राख्छ ।
हाम्रो शरीर एक प्रकारको ईश्वर निर्मित इन्जिन हो । मानव निर्मित इञ्जिनलाई हामीले नियमित सर्भिसिङ गरेर त्यसलाई चुस्त दुरुस्त राखे जस्तै हाम्रो शरीरलाई पनि प्राकृतिक चिकित्साका माध्यमले नियमित सर्भिसिङको सुविधा लिने हो भने मानिस सधैँका लागि निरोगी रहने सम्भावना अवश्य हुन्छ ।
रोगका लक्षणहरूलाई दबाउने रसायन वा दबाई नामको वस्तुले पार्ने पाश्र्व प्रभावका कारण अन्य थप रोगहरू उत्पन्न हुन्छन् । पाश्र्वप्रभावका कारण उत्पत्ति हुने नयाँ रोगहरूलाई फेरि थप रसायन र थप दबाईको प्रयोग गर्ने क्रमले निरन्तरता पाउँछ । एकपछि अर्को लक्षणहरूलाई दबाउने हँदा एलोपेथिक उपचार पद्धतिले बिरामीहरू जीवनभर रोगबाट मुक्त हुन सक्दैनन् । जहाँ बिरामीहरू रोगबाट मुक्त हुनै सक्दैनन् भने त्यो विधामा फेरि किन मानिसहरू उपचारमा जान्छन् ? यो रहस्यमय अवस्थालाई चिर्ने प्राकृतिक उपचार जसले रोगका वास्तविक कारणहरूको पहिचान गरेर बिनादबाई खानपिन, उपवास, जीवनशैली, योगाभ्यास, फिजियोथेरापी, प्रणयाम, ध्यान आदिका माध्यमले रोगलाई सधैँका लागि निर्मूल गर्ने विधाले रोगीहरूलाई किन आकर्षण गर्न सकेन ?
यसका वास्तविक कारणहरूको खोज, अनुसन्धान र पहिचान गरेर प्राकृतिक चिकित्सा विधाले रोगीहरूलाई उपचारका लागि आफूतिर आकर्षण गर्ने अहिलेको मुख्य चुनौतीको सामना गर्न प्राकृतिक अस्पताल रजहरका डाक्टर, अस्पताल व्यवस्थापन समिति र यो सिङ्गो समाजले बुद्धिमत्तापूर्वक प्रचारात्मक र प्रबर्धनात्मक अभियानका विविध विधाहरूलाई अवलम्बन गर्नुको विकल्प छैन । संसारमा प्राकृतिक चिकित्सा मात्रै यस्तो विधा हो जसले रोगीका अतिरिक्त निरोगीहरूलाई पनि आगामी दिनमा निरोगी रहन अस्पतालमा भर्ना गरेर रोग नलाग्दै सम्भावित रोगहरूबाट जोगिने उपचारसमेत गर्दछ ।
हाम्रो शरीर पनि एक प्रकारको ईश्वर निर्मित इन्जिन हो । मानव निर्मित इन्जनलाई हामीले नियमित सर्भिसिङ गरेर त्यसलाई चुस्त दुरुस्त राखे जस्तै हाम्रो शरीरलाई पनि प्राकृतिक चिकित्साका माध्यमले नियमित सर्भिसिङको सुविधा लिने हो भने मानिस सधैँका लागि निरोगी रहने सम्भावना अवश्य हुन्छ । यसमा सन्देह छैन । यो स्तभकार नै यसको ज्वलन्त उदाहरण हो । म अहिले ७४ औं वसन्त पार गर्ने तरखरमा छु । म विगत १४ वर्षदेखि वार्षिक कम्तिमा पनि दुईदेखि तीन हप्ता रजहर प्राकृतिक चिकित्सालयबाट माटो पानी आदिको प्रयोगबाट शरीरलाई सर्भिसिङ गर्दै आएको छु ।
भोजन नै औषधि हो र औषधि नै भोजन हो भन्ने प्राकृतिक चिकित्सा विज्ञानको सिद्धान्तलाई पनि सकेसम्म अनुसरण गर्दै आएको छु । रजहर अस्पतालमा सर्भिसिङ गरेका कारण आजका मितिसम्म मैले कुनै नियमित दबाई सेवन गर्नुपरेको छैन । उत्तरार्धको अवस्थामा क्रियाशील हुन मलाई ऊर्जा प्राप्त भएको छ । प्राकृतिक चिकित्सालयमा अहिले उपचार गर्न आउनेहरू एलोपेथिकलगायत अन्य उपचारहरूबाट असफल भएपछि आउने बिरामीहरूको बाहुल्य छ । अन्य विधाहरू उपचारमा असफल प्रमाणित भएपछि पनि प्राकृतिक उपचार सफल भएको कीर्तिमानले नै यो विधाको विश्वसनीयता र लोकप्रियतामा वृद्धि भएको हो ।
एलोपेथिक उपचारमा विश्वास गर्दा यसले मानिसको धन र श्रम समयलाई धेरै नष्ट गरेको छ । नेपालको गरिबीको एउटा प्रमुख कारण उपचारको विधालाई छान्न नजान्नु पनि हो । प्राकृतिक चिकित्सालयमा निरोगी मानिसहरूले भविष्यमा आउन सक्ने सम्भावित रोगहरूलाई पन्छाउन यदि आममानिसले नियमित सर्भसिङ गर्ने प्राकृतिक चिकित्साको उपचार विधिलाई अवलम्बन गर्ने बानीको विकास गर्न सकियो भने नयाँ रोगहरूको उत्पत्तिबाट जनता पीडित नहुन पनि सक्छ भने यसले ट्याब्लेट, इन्जकसन जस्ता दबाईहरूको आयात र उत्पादनमा अवश्य कमी आउँछ । निःसन्देह नागरिक स्वस्थ्य, दुरुस्त र तम्दुरुस्त हुन्छन् अनि अर्थतन्त्र पनि सुध्रन्छ । परिणामस्वरूप देशका नागरिकको स्वास्थ्य र अर्थतन्त्रलाई थप ध्वस्त हुनबाट बचाउन सकिन्छ भने हामीले प्राकृतिक चिकित्सा जस्तो भरपर्दाे र कम खर्चिलो विधालाई किन नरोज्ने र यसलाई अवलम्बन गर्ने प्रचारात्मक र प्रबर्धनात्मक कार्यक्रमहरूलाई किन प्रभावकारी नबनाउने ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच