काठमाडौं । नवनियुक्त नेपाल प्रहरीका ३१ औं प्रमुख दीपक थापालाई दर्ज्यानी चिन्न प्रदान गरिएकाे छ । गृह मन्त्रालयमा आज आयाेजित एक समारोहमा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले थापालाई दर्ज्यानी चिह्न लगाइदिनु भएकाे हाे ।
साे कार्यक्रममा सम्बोधन गर्दै उहाँले सेवामा रहँदासम्म सशक्त रुपमा प्रस्तुत हुने बताउनु भयाे । प्रहरी महानिरीक्षक बन्न पाउँदा गम्भिर जिम्मेवारीवोध भएको भन्दै उहाँले कसैप्रति पूर्वाग्रह नराखी निष्पक्षताका साथ सेवा गर्ने प्रतिबद्धता जनाउनुभयाे ।
उहाँले प्रहरी संगठनलाई नागरिकमैत्री बनाउन सहयोग पाइराख्ने पनि विश्वास व्यक्त गर्नुभयाे । सोमबार बसेको मन्त्रिपरिषद्काे बैठकले प्रहरी महानिरीक्षक पदमा थापालाई नियुक्त गरेको थियो ।
थापाले आजदेखिनै प्रहरी प्रधान कार्यालय नक्सालमा पदभार ग्रहण गर्नुहुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच