
काठमाडौं । साहित्यकार रामजीप्रसाद उपाध्याय पोखरेल (राप्रउ)को निधन भएको छ । ८२ वर्षको उमेरमा उहाँको सोमबार साँझ निधन भएको हो । १० दिनअघि हिँड्दाहिँड्दै बेहोस भएपछि पोखरेललाई काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका लागि भर्ना गरिएको थियो त्यही उहाँको निधन भएको हो । उहाँलाई सात दिन भेन्टिलेटरमा राखेर उपचार गरेपछि चिकित्सकहरूले शुक्रबारदेखि भेन्टिलेटर मुक्त गराएका थिए ।
विसं. २०१७ सालतिर स्नातक उत्तीर्ण गरेपछि कम्युनिष्ट राजनीतिमा आबद्ध पोखरेल २०३० को दशकमा पार्टी राजनीतिबाट अलग हुनुभएको थियो । उहाँका ‘सर्वधर्म समभाव’, ‘विचार मिमांशा’, ‘मन्दोदरीदेखि माक्र्ससम्म’ जस्ता कृति प्रकाशित छन् । यस्तै, उहाँले अनुसन्धानात्मक लेखहरू लेख्दै आउनुभएको थियो ।
महोत्तरी घर हुनुभएका उहाँ काठमाडौंको सिफलमा बस्दै आउनुभएको थियो । उपाध्याय लोकसेवा आयोग लडेर पर्यटन मन्त्रालयमा अधिकृत हुनुभएको थियो । उहाँ नेपाल नागरिक उड्डयन प्राधिकरणको उपसचिव भएर अवकाश हुनुभएको थियो । उपाध्यायका चार छोरी हुनुहुन्छ । उहाँको सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच