
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले विद्यार्थीसँग वित्तीय साक्षरता तथा वातावरण संरक्षण कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको शंखरापुर नगरपालिका साँखुस्थित भगवती माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा दुई सय ४० भन्दा बढी विद्यार्थीको सहभागिता थियो ।
युवा तथा विद्यार्थीमा वित्तीय सचेतना जगाउने, वातावरण संरक्षण गर्ने र तीन शून्य (शून्य खुद कार्बन उत्सर्जन, शून्य गरिबी र शून्य बेरोजगारी) अवधारणा विकास गर्ने उद्देश्यले शाखा कार्यालय साँखुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम गरेको संस्थाले जनाएको छ ।
कार्यक्रममा संस्थाका नायब महाप्रबन्धक गोविन्द चापागाईंले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने प्रबन्धक सुमन श्रेष्ठले स्रोत व्यक्तिका रूपमा वित्तीय साक्षरता कार्यक्रम र तीन शून्य कार्यक्रमको प्रस्तुतीकरण गर्नुभएको थियो । अभिमुखीकरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनुप श्रेष्ठ, सहायक प्रधानाध्यापक सञ्जीव श्रेष्ठलगायत शिक्षक, शाखा कार्यालयका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच