
हिमपर्वतको महिमा
विगत केही महिनादेखि हरिमञ्जुश्री नेपाली उद्बोधनात्मक गान निर्माणमा विशेष सक्रिय रहेका देखिन्छन् । विगतमा उनले रचना गरेका विभिन्न उद्बोधनपरक गीत या गानका सम्बन्धमा त्यसै बेला लेखेर मैले पाठक समक्ष सम्प्रेषित गरेको थिएँ । आज उनको ‘गौरीशंकर आरति’ का सम्बन्धमा केही कुरा गर्न खोज्दै छु । अहिले गंगा आरति, बागमती आरति जस्ता अनेकौं आरति प्रसिद्ध भएका देखिन्छन् । वनारस र हरिद्वारको गंगा आरति सर्व प्रसिद्ध नै छन् । यही देखासेखीका कारणले नेपालको पशुपतिक्षेत्रमा पनि वर्षौंदेखि वागमती आरति प्रचलनमा आएको छ । गंगाको उद्गमस्थल मानसरोवर हो ।
मानसरोवर कैलाश पर्वतको फेदीमा रहेको छ र यो शिवका जटाबाट झरेको पवित्र पावन क्षमतायुक्त जलराशी भनेर पुराणादि पौरस्त्य शास्त्रले मुक्तकण्ठले प्रशंसा गरेका छन् । कैलाश पर्वत अगम्य मानिन्छ । आधुनिक वैज्ञानिकहरूले यो कुरालाई नमानी परीक्षणका रूपमा विमानबाट समेत त्यहाँ पुग्ने प्रयत्न गर्दा नसकेका कुरा आएका छन् । केही योगी महर्षिहरू गोडाले हिँडेर त्यस पर्वतको आधाभागसम्म पुग्दा नपुग्दै सयौँ वर्षको वृद्ध बनेर आयु क्षीण हुने गरेका कुरा पनि सुनिन्छन् । अलङ्घ्य हिमशृंखलाका रूपमा यो पर्वत अहिले पनि महिमामण्डित रहेको छ । नेपालमा यस्ता अनेकौँ हिमशृंखला छन् जसको कुनै न कुनै महिमा रहेको नै देखिन्छ ।
गौरीशंकर नामको पर्वत शृंखलाका दुई शिर छन् । एउटा अलि अग्लो र अर्को अलि होचो । नेपाली मान्यता र जातीय विश्वासअनुसार होचोशृंखला पार्वतीको शिर हो भने अग्लो चाहिँ देवाधिदेव महादेवको शिर ठानिन्छ । यो पर्वतशृंखला नेपाली समयको मानक शृंखला पनि हो ।
गौरीशङ्कर नामको पर्वत शृंखलाका दुई शिर छन् । एउटा अलि अग्लो र अर्को अलि होचो । नेपाली मान्यता र जातीय विश्वासअनुसार होचोशृंखला पार्वतीको शिर हो भने अग्लो चाहिँ देवाधिदेव महादेवको शिर ठानिन्छ । यो पर्वतशृंखला नेपाली समयको मानक शृंखला पनि हो । यसका टुप्पामा घाम लाग्दा बिहान र घाम अस्ताउँदाका समयलाई बेलुकाको संकेत ठानेर घडीको समय निर्धारण गरिएको छ ।
हिमवत खण्ड, पशुपतिपुराण र शिखरिणी यात्रा नामक पुस्तकहरूमा यसै हिमशृंखलाका फेदीमा दुवै हातले सूर्य नमस्कार गरी दाहिने गोडाले देव्रे गोडाका घुँडाका जोर्नीमा स्पर्श गरेर दिव्य द्वादशवर्ष सूर्यको आराधना गरेपछि भगवान भाष्कर प्रसन्न भएर त्रिपदा गायत्री महर्षि विश्वामित्रलाई प्रदान गरेका प्रसंगहरू भेटिन्छन् । दुम्जाको कुशेश्वर महादेवस्थानको पारिपटी विश्वामित्र गुफा पनि रहेको छ जहाँ अहिले विश्वामित्रका आहृवानमा आएकी त्रिपदा गायत्रीको चित्र बनाएर राखिएको पनि देखिन्छ । नेमुनिको तपोगुहा पनि नेपालथोकैनेर रहेको छ । जसले पालन गरेका कारणले यस देशलाई नेपाल भन्ने गरिएको हो ।
आरति आरम्भ र विकास
आरतिको आरम्भका सम्बन्धमा भक्तियोग र देवपूजन परम्परा जहिलेबाट आरम्भ भयो तहिलेबाट नै आरतिको परम्परा पनि आरम्भ भएको अनुमान गर्न सकिन्छ । व्युत्पतिका दृष्टिले आसमन्तात् रम्यतेति आरति हुन्छ । यसको प्रायोगिक अर्थ पूरै विश्राम लिइन्छ या निराजन गरिन्छ भन्ने अर्थमा व्यवहृत भएको देखिन्छ । आ+रम्+क्तिन्+ति =आरति । यसरी व्युत्पादित आरतिको समाजमा व्यवहार चाहिँ विरक्ति, वैराग्य, निवृत्ति, विश्रामका अर्थमा देवी देवतालाई बत्ती बालेर देखाउने काम या आरति गर्ने काम भन्ने अर्थमा प्रयोग भएको देखिन्छ र कताकति चाहिँ दीपदानका अर्थमा पनि प्रयोग भएको भेटिन्छ ।
हरि मञ्जुश्रीले वैदिक गान, कुलगान, संस्थागान, उद्बोधनगान जस्ता शब्दको प्रयोग गरेका छन् । वेदका सूक्तिमय ऋचालाई उनले उद्बोधन गान भनेका छन् भने पौराणिक या काव्यात्मक चोखो भावका कथनलाई पनि उनले उद्बोधन गानका रूपमा नै प्रयोग गरेका छन् । वेद, पुराण, कुरान, बाइबल यी सबै ती ती कुरामा विश्वास गरेर तदनुरूप आचरण गर्न चाहनेका लागि पवित्रतम ग्रन्थ मानिन्छन् । पुस्तकको आरति गर्ने पनि प्रथा छ । आरति देवी देवताको मात्र होइन भाइ, गाई, कुकुर, गोरु, हली काग आदि जनावर तथा पशुपक्षीको पनि हामी पर्व विशेषमा गर्दछौँ । यसैगरी पर्वतशृंखला र नदीको पनि आरति हुन्छ गरिन्छ गर्ने परम्परा रहेको देखिन्छ ।
गोबर्धन पर्वतको, पञ्चवटी पर्वतको बदरीकाश्रम पर्वतको आरति गर्ने गरेका उदाहरण हामी भेट्छौँ । गै शब्दे भन्ने भ्वादिको धातुमा आत्व भएर गा बन्छ गामा ल्युट प्रत्यय भएर ल्युटका स्थानमा अन हुन्छ र गान शब्द बन्छ । गीयतेति गान । गानबजान जस्ता शब्द नेपाली लोकसमाजमा पनि प्रयोग हुने गरेका भेटिन्छन् । यसरी हेर्दा गीत या गीति भन्ने अर्थमा नै गानको पनि प्रयोग भएको र गर्न पनि सकिने अवस्था रहेको देखिन्छ– “गीतं गानमिमे समे” भनेर अमरकोशले पनि भनेको देखिन्छ । भज सेवायाम् भज्यते भजनमिति । भज्+ल्युट+ अन भजन । भजन, कीर्तन, गान र नामकीर्तन, (कलौ केशव कीर्तनात्) पूजा, सेवा, आराधना, गुणगान या भाग र खण्ड भन्ने पनि अर्थ हुन्छ ।
अहिले वृन्दावन र अयोध्यातिरबाट नेपाली समाजमा धर्मका नामका ठूला व्यापारी आउने गरेका छन् । कोही पशुपतिका अगाडि छमक छल्लो गाउँछन् त कोही कथा गर्ने भनेर भाका नभाका कुरा गरेर द्रव्य झार्ने काम गर्दछन् । धर्मका नाममा एक थरी पाखण्डी चौताराका वरपीपल काटेर ताण्डव मच्चाउन पनि पछि पर्दैनन् । यी कुरा धर्म होइनन् । पुराण धर्मशास्त्रले पञ्च यज्ञ भनेर इष्टापूर्तादिक यज्ञलाई दैनिक गरिने पाँच यज्ञ स्पष्ट निर्देश गर्दागर्दै पनि र मोक्ष या मुक्तिका लागि “यमनियमासनप्राणायामप्रत्याहारधारणाध्यान समाधयोऽष्टावङ्गानि” भनेर योगशास्त्रदिका अतिरिक्त रामदेव स्वामीले स्वास्थ्योचारमा पनि लाएको वर्तमान अवस्थामा हाम्रा देशका धन भएका बुद्धि र दिमागमा डढेलो लागेकाहरू चहिँ त्यस्तै छमकछल्लोका पछि लागेका देखिन्छन् ।
तरकारी भन्नु नहुने, केलाउनु नहुने, झोल भन्नै नहुने जेलाई पनि साग या सब्जी भन्नुपर्ने । ‘सब’ लेखे यो सर्वनाम हो यसमा जी लाग्दै । ‘शव’ लेख्ने हो भने यसको अर्थ मुर्दा हुन्छ यी स्वामी भनाउँदा तारे, तिल्के, पुत्ले, पांग्रेको बुद्धि के भएको ? तर, अर्काकी स्वास्नीलाई गोडा मिचाउने वृन्दावने र अयोध्यावासी गुरुहरूका कारणले अहिले नेपाली समाज यस्तै महिला समाल्नेको स्वर्ग बनेको देखिन्छ । यस प्रकारको समाजमा चलेको विषम परिवेशमा मञ्जुश्रीका जस्ता उद्बोधनपरक गीतले समाजलाई हाम्रो प्राचीन संस्कृत, चालचलन, रीतिरिवाजको यत्किञ्चित भने पनि ज्ञान हुनेछ र छमकछल्लो ‘जेरी’ जस्ताका कथा वाचनमा भन्दा अधिकृत विद्वान्का संगतमा जाने प्रवृत्ति विकासको अपेक्षा गर्न सकिन्छ ।
दुवै- जय होस् गौरी शंकरको ।
जय होस् सारा जीवनको ।।
पुरुष- जोड्छौ हिमाल पहाड तराई
छैनन् कुनैपनि तिम्रा पराई ।।
महिला- नमुना नै तिमी हौ एकताको
जय होस् गौरी शंकरको ।।
तलतिर तिम्रै नदी-जंगल छन्
तिम्रै कृपाले जडीबुटी बन्छन् ।।
पुरुष- हिममय हुन्छ सधैं शिर तिम्रो
जय होस् गौरी शंकरको ।।
उद्बोधन गानको एक मात्र लक्ष्य सारा जीवको कल्याणको कामना गर्नु रहेको छ । गौरी पार्वती हुन् र शंकर यो विश्वब्रमाण्ड नै तिनै सदाशिवको अंग हो भन्ने मानिएको छ । हिमालय पर्वत नै शिवको प्रतीक भएपछि हिमालयमा जेजति जडिबुटी छन् ती सबै उनकै कृपाले बनेका भनेर यहाँ गीतकारले भनेका छन् । गौरीशंकर भावनात्मक एकताका प्रतीक मात्र होइनन् दृष्टान्त हुन् भनिएको छ गीतमा । शिरमा हिमराशी छ भने तलतिर त्यही हिउँ पग्लेर नदी बनी प्रवाहित भएको छ । नदीका प्रवाहले अन्न, बाली, घाँस हराभरा भएर मानव पशुपक्षी सबै आनन्दले जीवन यापन गरिहेका छन् भनेर गीतकारले हिमाललाई पृथ्वीकै शिरताजका रूपमा चित्रण गरेका छन् ।
उद्बोधन गानको एक मात्र लक्ष्य सारा जीवको कल्याणको कामना गर्नु रहेको छ । गौरी पार्वती हुन् र शंकर यो विश्वब्रमाण्ड नै तिनै सदाशिवको अंग हो भन्ने मानिएको छ । हिमालय पर्वत नै शिवको प्रतीक भएपछि हिमालयमा जेजति जडीबुटी छन् ती सबै उनकै कृपाले बनेका भनेर यहाँ गीतकारले भनेका छन् ।
यहाँ नारी र पुरुष दुवैलाई सहभागी गराएर सृष्टि चलाउने प्रक्रियाको पनि व्यञ्जना गरिएको देखिन्छ । शिवले मात्र बनाएको कालो ख्या नरभक्षी छ र पार्वतीले मात्र बनाएको सेतो ख्याक मानवप्रेमी भए पनि मासुको डल्लो थसुल्लो मात्र छ । नेपाल वाङ्मयका प्राचीन मिथकमा । जसलाई जगदीश शमशेर राणाले ‘सेतोख्याक’ नामक उपन्यासमा मजले स्पष्ट्याएका छन् ।
पुरुष- मानव आस्थाका तिमी केन्द्र
नाउँछ तिम्रो धेरै पवित्र ।।
महिला- उदाहरण तिमी सुन्दरताको
जय होस् गौरीशंकरको ।।
पुरुष- शक्तिसहितका हौ शिव धाम
हो पापानाशक तिम्रो नाम ।।
महिला- वास छ देवी देवहरूको
जयहोस् गौरी शंकरको ।।
महिला- आफ्नो र अर्को भेद नहोओस्
समानताको ज्ञान उदाओस् ।।
महिला- कल्याण गर्न सिकाउ अरूको
जयहोस् गौरी शंकरको ।।
दुवै-जयहोस् गौरी शंकरको
जय होस् सारा जीवनको ।।
यस आरति गानको थायी “जय होस् गौरी शंकरको” रहेको छ भने बीचबीचमा आउने अन्तराले थायीले प्रस्तावित गरेका भनाइको समर्थन गरेका छन् । गीति रचना भनेको भावको तारल्यमा अघि बढ्दछ । यस गानमा गीतकारले विश्वकल्याणको कामना गरेका छन् । हिमशृंखला सबैका हुन् कसैका पनि निजी होइनन् । सारा चराचरलाई यी रमणीय लाग्छन् तर अगम्य र पार पाइनसक्नाका हुन्छन् । सारा चराचरको रक्षा गर्ने देवीदेवताको वासस्थल भएको हुनाले हिमचुचुरा पाप प्रक्षालक मात्र होइनन् पापनासक नै मानिन्छन् । आफ्नो बिरानाको विभेदविहीन गौरीशंकर जस्तै कि पितामाता होलान् कि भने यिनै प्राकृतिक जडजंगम रहेका हुन्छन् ।
अन्यथा मान्छे र पशुपक्षीका बस्तीमा विभेदैविभेदको बाहुल्य रहेको हुन्छ भन्ने व्यञ्जनाका लागि “आफ्नो र अर्को भेद नहोओस्” भनिएको छ गानमा । भक्तले भगवान् या आफ्नो आराध्यसँग यचना, इच्छा आपूर्तिको कामना प्रायः यस प्रकारका गानमा भएको हुन्छ । यसमा एउटा परम्परित गानमाभन्दा सर्वथा भिन्न कुरो के छ भने यहाँका गानकार, गायक गायिका तिनैले आ-आफ्ना लागि केही पनि याचना गरेका छैनन् । समुदायदेखि विश्वकल्याणको मात्र कामना गरेको देखिन्छ । उद्बोधन गानको यही हो परिचय । वेदका ऋचामा विश्वकल्याण याचना, कामना भए पनि वैयक्तिक प्राप्तिको लेस पनि रहेको हुँदैन-“अग्नि मिडे पुरोहितम्” ।
अग्नि समान तेजस्वी भएर अग्र पङ्क्तिमा रहुँ भन्ने कामना छ । सामवेदको एउटा ऋचा छ- “अग्न आया हि वीतये” । हाम्रो कल्याणका लागि अग्नि आउँछन् । सामवेदको अग्नि टाढा छ । ऋग्वेदको अग्नि आफ्नै अगाडि छ । हामी कुनै आधारमा रहन्छौँ त्यो आधारलाई वेदले राष्ट्र भन्छ । यताउता राष्ट्र घर, खेत खलो सबै हुने भयो । घर, खेत र खलामा जसरी आआफ्नो खुशीअनुसार सुविधा अनुसार काम सेवा लिइन्छ ठीक त्यसै गरी नागरिकको सेवा सुविधा र विकासका लागि राष्ट्रनिर्माण गरिएको हो भन्ने पनि सन्देश ती ऋचाले दिएका छन् ।
गौरीशंकरको आरति पनि नेपालमा नेपालको पनि खास एउटा ठाउँमा अविचल स्थिर भएर नै सामयिक मानक चुचुराका रूपमा यसले निर्वाह गरेको भूमिका र सधैँ आफ्ना प्रदानबाट यत्किञ्चित पछि नहटेको कुरालाई यहाँ गानकारले सजीवीकरण गरेका छन् । हिमशृंखला निर्जीव तत्व हो तर उससँग विश्वकल्याण, आफ्नो बिरानाको विभेदविहीन व्यवहारको विश्वास गर्दै सौन्दर्योपमानका निमित्त अनादिकालदेखि अनन्तभविष्यसम्म हिमचुचुराकै शरण्य भएर नै मानवजाति रहने कुरामा पनि विश्वास व्यक्त गरिएको छ । वैदिक उपमानका लागि लोक लयमा उद्बोधन गान लेखेर हरिमञ्जुश्रीले एउटा मानक स्तम्भ खडा गरेका छन् । संगीत गानको अतिरिक्त शक्ति हो त्यो कस्तो छ गीतका भावलहरीसँगको सांगीतिक वितरण प्रणालीको विश्लेषणबेगर भन्न सकिने कुरो होइन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच