
फ्लोरिडा । नौ महिनाको अन्तरिक्ष बसाईपछि नासाका अन्तरिक्ष यात्री बच विलमोर र सुनीता विलियम्स यात्री पृथ्वीमा फर्किनुभएको छ ।
उहाँहरू स्पेस एक्स क्याप्सुल तीव्र गतिमा वातावरण पार गरेको थियो। फ्लोरिडाको तटमा अवतरण गराउने क्रममा उहाँहरूका लागि चार वटा प्यारासुट खोलिएको थियो।
उहाँहरूलाई रेस्क्यु जहाज मार्फत तटमा अवतरण गराइएको हो। यस क्रममा सहकर्मी अन्तरिक्ष यात्री तथा निक हग र अलेक्जेन्डर गुर्मुनोभले सहयोग गर्नुभएको थियो ।
८ दिनमा सकिने लक्ष्य राखिएको सो मिसन नौ महिनामा आएर पूर्ण रूपमा सकिएको छ। उहाँहरूको घर फर्कने यात्रा १७ घण्टा लामो थियो। तौल नभएको वातावरणमा लामो समय बिताउनुभएका उहाँहरूलाई एडप्ट गर्न कठिन हुने भएकाले स्ट्रेचरको प्रयोग गरिएको थियो। स्वास्थ्यकर्मीले परीक्षण सकेर उहाँहरूलाई परिवारको जिम्मा लगाइएको थियो।
सन् २०२४ को जुन महिनादेखि उनीहरूको सङ्घर्षपूर्ण यात्रा सुरु भएको थियो। एरो स्पेस बोइङ कम्पनीले निर्माण गरेको स्टारलाइन स्पेसक्राफ्टको टेस्ट फ्लाइटमा उहाँहरु जानुभएको थियो ।
क्याप्सुलले अन्तरिक्षमा धेरै प्राविधिक समस्याको सामना गरेपछि सकुशल घर फिर्ता गर्न कठिन भएको हो। स्टारलाइन सेप्टेम्बरमा फर्किए पनि यो जोडीलाई अर्को यातायातको आवश्यकता परेको हो।
त्यसपछि नासाले स्पेस एक्स क्याप्सुल तयार पारेको थियो। सो यान सेप्टेम्बरमा आइएसएसमा पुगेको थियो। सो यानमा चार सिट भए पनि दुई सिट खाली राखिएको हो।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच