
काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसनको म्याण्डेट १७ मार्च २०२६ सम्म बढाउने प्रश्ताव पारित गरेको छ ।
संकल्प २७७७ पारित गरेर सुरक्षा परिषद्ले अफगानिस्तानमा शान्ति र स्थिरता प्रवद्र्धन गर्न संयुक्त राष्ट्र संघले खेल्ने महत्वपूर्ण भुमिकामा जोड दिएको छ । देशको सार्वभौमसत्ता, स्वतन्त्रता, क्षेत्रीय अखण्डता र राष्ट्रिय एकताप्रति आफ्नो बलियो प्रतिवद्धतालाई पुनः पुष्टि गरेको छ ।
परिषद्ले अफगानिस्तानको भयानक आर्थिक र मानवीय अवस्थाको बारेमा आफ्नो चिन्तालाई जोड दिएको छ ।
बैंकिङ र वित्तीय प्रणालीहरू पुनस्र्थापित गर्ने प्रयासहरूमार्फत र अफगानिस्तानको केन्द्रिय बैंकसँग सम्बन्धित सम्पतीहरूको प्रयोगलाई अफगान जनताको हितको लागि सक्षम पार्ने प्रयासहरूसहित देशको अर्थतन्त्रले सामना गरिरहेका महत्वपूर्ण चुनौतीहरूलाई सम्बोधन गर्न मद्दत गर्ने आवश्यकतालाई मान्यता दिएको छ ।
१५ सदस्यीय अंगले आतंकवाद विरुद्ध लड्ने महत्वलाई पुनः पुष्टि गर्दै देशमा आतंकवादी समूहहरूको उपस्थितिमा गम्भीर चिन्ता पनि व्यक्त गरेको छ ।
सिन्ह्वा/न्युज एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच