संसदमा काँग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी

हिमालय टाइम्स

काठमाडाैं । प्रतिनिधि सभा बैठकमा नेपालमा यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्छ भनेर धारणा राख्नुभएका नेपाली काग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले माफी माग्नुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले माफी माग्नुभएको हो । आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक घिमिरेले नेपालमा यौन व्यवसायलाई कानूनी मान्यता दिनुपर्ने बताउनुभएको थियो । मनोरञ्जन क्षेत्रलाई पनि प्राथमिकता दिनसके अर्थतन्त्र पनि सहयोग पुग्ने उहाँको दाबी थियो । उहाँले उक्त धारणा पार्टी र संसदीय दलको नभई व्यक्तिगत धारणा भएको समेत बताउनु भयो ।

उहाँले भन्नसभयो, ‘चैत ३ गते सभाको विषेश समयमा राखेको धारणहरु मेरा व्यक्तिगत धारणाहरु हुन् । यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन । यी विचारहरुले सम्मानित सदनका सदस्यहरु र आम नागरिकमा नकारात्मक प्रभाव प्रभाव परेको भए उहाँको सम्मान गर्दै क्षमा याचना गर्दछु । 

आफ्नो विचारले सदनका सदस्यहरु र आम नागरिकमा समेत नकात्मक प्रभाव परेको भन्दै क्षमायाचना गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?