काठमाडौंबाट बरामद भएको २५ करोड विदेशी अवैध मुद्राबारे उच्चस्तरीय छानविन समिति गठन गर्न माग

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले काठमाडौंबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्राका बारेमा छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्नुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले मुलुकमा आर्थिक अपराध मौलाउदै गएकोप्रति समेत चिन्ता व्यक्त गर्नुभयो । उहाँले यस्तो अपराध उच्च तहको संलग्नताबिना सम्भव नहुने भन्दै आवश्यक अनुसन्धान गर्न माग गर्नुभयो । उहाँले घटनाको छानविन गरि संलग्न जोसुकै भएपनि कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नसभयो, ‘यस्ता प्रकृतिका घटनामा भरिया र ड्राइभरमात्र पक्राउ पर्दछन् । केही समय ठूलाठूला समाचार बन्दछन् र निश्चित समयपछि सामान्य रुपमा जाने गरेको छ । हाम्रो दलको तर्फबाट, यो घटनाको लागि छानविन गर्न एउटा विशेष छानविन समिति गठन गरियोस् र यो घटनामा संलग्न उच्च तहका नेता एवं कर्मचारी भएपनि कानूनी दायरामा ल्याउन माग गर्दछु । ’ 

काठमाडौं प्रहरीले करिव २५ करोड नगदसहित दुई जनालाई पक्राउ गरेको थियो । अमेरिकी डलर र युरोसहित दुईजनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?