सर्लाहीमा वन डढेलो व्यवस्थापन जनचेतनामुलक प्रभातफेरी सम्पन्न

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । वन संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले सर्लाहीमा “वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह २०८१” सुरु भएको छ । 'डढेलोबाट वनलाई जोगाऔं' भन्ने नाराका साथ सुरु गरिएको यो अभियानले वनमा डढेलो लाग्न नदिन र लागेको खण्डमा तत्काल नियन्त्रण गर्न सर्वसाधारणलाई सचेत बनाउने लक्ष्य राखेको छ ।

डिभिजन वन कार्यालय, सर्लाहीको आयोजनामा भएको प्रभातफेरी लालबन्दीमा आयोजना गरिएको छ । प्रभातफेरीपछि सब डिभिजन वन कार्यालयमा आगलागी नियन्त्रणसम्बन्धी प्रयोगात्मक अभ्याससमेत प्रदर्शन गरियो । यस वर्ष वन डढेलो नियन्त्रणका लागि दुईवटा पानी ट्यांकीको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, भैरवी दल गणका प्रमुख सेनानी सूर्य कार्की, सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गणका गणपति देव चन्द, सामुदायिक वनका प्रतिनिधि, स्थानीयवासी तथा तीनवटै सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति थियो ।

सप्ताहभर विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछन् । स्थानीय समुदायलाई वन डढेलोको जोखिम, नियन्त्रणका उपाय र तत्काल कदम चाल्ने विधिबारे प्रशिक्षण प्रदान गरिनेछ । जैविक विविधताको संरक्षण र मानव बस्तीको जोखिम न्यून गर्न वन डढेलोको व्यवस्थापन अत्यन्तै आवश्यक रहेको डिभिजन वन कार्यालयका प्रमुख सन्तोष कुमार झाले जानकारी दिनुभयाे ।

सप्ताह २०७१ चैत १ देखि ७ गतेसम्म सञ्चालन हुनेछ । वन संरक्षण र डढेलो नियन्त्रणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको आयोजकले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?