राजनीतिक दलहरुले स्ववियुको नाममा क्याम्पसहरुमा ताण्डव देखाए : सांसद श्रेष्ठ

हिमालय टाइम्स

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राजनीतिक दलहरुले स्वतन्त्र विद्यार्थी युनियनको नाममा क्याम्पसहरुमा ताण्डव देखाएको टिप्पणी गर्नुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले आफ्नो गुटलाई बलियो बनाउन तथा पद हत्याउनका लागि विद्यार्थीको दुरुपयोग गरिएको बताउनु भयो । उहाँले क्याम्पसहरुमा महिनादिनदेखि ताला लगाउँदा विद्यार्थीले पढ्न नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराउनु भयो । विद्यार्थीको पढ्न पाउने हक सुनिश्चित गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नसभयो, ‘स्ववियुको नाममा क्याम्पसहरुमा दलहरुको ताण्डव भइरहेको छ । यो के भएको ? आफ्नो गुट,उपगुटलाई बचाउन महामन्त्री सभापति बन्न विद्यार्थीहरुको दुरुपयोग भइरहेको छ सभामुख महोदय । विद्यालयमा तालाबन्दी गरिएको छ । विद्यार्थीहरुले पढ्न नपाएको एक महिना भयो । म यसमा प्रधानमन्त्रीज्युको ध्यानाकर्षण गराउँछु । विद्यार्थीहरुको पढ्ने हक सुनिश्चित गरियोस् । ’ 

उहाँले मधेस प्रदेशमा माध्यमिक शिक्षा परिक्षालाई व्यवस्थित बनाउने सवालमा शिक्षामन्त्रीले गृह र गृहमन्त्रीले शिक्षा मन्त्रीलाई देखाएर पन्छिन खोजेको आरोप समेत लगाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?