
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एसईई परीक्षामा सहभागी सबै विद्यार्थीलाई मनोबल उच्च राख्दै ढुक्क भएर परीक्षा दिन अपिल गर्नुभएको छ ।
उहाँले परीक्षा जीवनको एउटा महत्वपूर्ण चरण भए पनि यसको दबाब नलिई आत्मविश्वासका साथ प्रस्तुत हुन विद्यार्थीलाई आग्रह गर्नुभएकाे हो । साथै, परीक्षा निष्पक्ष रूपमा सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
मुख्यमन्त्री आचार्यले अभिभावक, शिक्षक, विद्यालय प्रशासन तथा सम्बन्धित निकायलाई परीक्षाका लागि आवश्यक वातावरण सिर्जना गर्न आह्वान गर्नुभएको छ ।
साथै, परीक्षा केन्द्रहरूमा शान्तिपूर्ण तथा व्यवस्थित वातावरण कायम गर्न प्रशासन र सुरक्षाकर्मीहरूलाई आवश्यक निर्देशन दिइसकिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच