
झापा । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) झापामा प्रभावशाली देखिएको छ । हिजो निर्वाचन सम्पन्न भएका १३ मध्ये सात वटा क्याम्पसमा स्ववियु अध्यक्ष विजयी भएसँगै विद्यार्थी माझ नेविसंघको पकड देखिएको हो ।
मत गणना भइरहेका जिल्लाकै ठूला र पुराना मेची बहुमुखी क्याम्पस भद्रपुर र दमक बहुमुखी क्याम्पस दमकमा नेविसंघका अध्यक्ष उम्मेदवारले सुरुदेखि नै अग्रता कायमै गरिरहेका छन् ।
२६ वर्षे लालकिल्ला भत्काउँदै यसपटक नेविसंघले कनकाइ बहुमुखी क्याम्पस सुरुङ्गामा नयाँ रेकर्ड बनाएको छ । त्यहाँ नेविसंघका बासुदेव निरौला २९३ मतसहित जितको रेकर्ड बनाएका हुन्। कनकाइ क्याम्पस सुरुङ्गामा नेविसंघको प्यानलै विजयी भएको हो ।
शनिश्चरे बहुमुखी क्याम्पस अर्जुनधारा, काँकडभिट्टा बहुमुखी क्याम्पस मेचीनगर , इन्द्रचन्द्र क्याम्पस बिर्तामोड र कनकाइ आदर्श क्याम्पस बिर्तामोडमा विगतको विजयलाई नेविसंघले निरन्तरता दिएको छ । नेविसंघको किल्लाका रूपमा परिचित कनकाइ आदर्श बिर्तामोडमा किरण गुरुङ ४७५ मतका साथ स्ववियु अध्यक्षमा दोस्रोपटक निर्वाचित भएका छन् । ५८० मत खसेको त्यहाँ नेविसंघको प्यानलै विजयी भएको हो ।
शनिश्चरे क्याम्पसमा विशाल थापा १६९ मत ल्याएर दोस्रोपटक स्ववियु अध्यक्ष निर्वाचित भएका हुन् । त्यहाँ नेविसंघ र अनेरास्ववियुले चुनावी तालमेल गरेका थिए । काँकडभिट्टा क्याम्पसमा सुरज राई १५१ मतसहित स्ववियु अध्यक्ष निर्वाचित भएका हुन् । त्यहाँ यसअघि नेविसंघका विशाल तामाङ स्ववियु अध्यक्ष थिए । यहाँ मिश्रीत परिमाण आएको छ ।
काँकडभिट्टा क्याम्पसमा अनेरास्ववियु र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसंघ) ले चुनावी तालमेल गरेका थिए ।
गौरादह कृषि क्याम्पसमा पनि नेविसंघले नयाँ रेकर्ड बनाएको हो । त्यहाँ नेविसंघका स्वर्णिम अधिकारी १२० मतका साथ स्ववियु अध्यक्ष निर्वाचित भएका हुन् । यसअघि एकपटक स्ववियु निर्वाचन भएको सो क्याम्पसमा एमाले निकट अनेरास्ववियुले जितेको थियो ।
इन्द्रचन्द्र क्याम्पसमा नेविसंघका श्रीजित ढुंगाना ३४० मतसहित अध्यक्ष निर्वाचित भए । उनी अघिल्लो कार्यकालमा स्ववियु सचिव थिए । इन्द्रचन्द्रमा एमाले निकट अनेरास्ववियु र राप्रविसंघ चुनावी तालमेल गरेका थिए । एक्लै प्रतिस्पर्धा गरेको नेविसंघले बहुमत पदसहित अध्यक्ष जितेको हो । गौरीगञ्ज बहुमुखी क्याम्पसमा नेविसंघका रोशन यादव ४६ मत ल्याएर स्ववियु अध्यक्ष निर्वाचित भएका हुन्। त्यहाँ अनेरास्ववियु र नेविसंघको चुनावी गठजोड थियो ।
अनेरास्ववियु र राप्रविसंघको जित
अनेरास्ववियुले तीनवटा क्याम्पसमा स्ववियु अध्यक्ष जित्दा राप्रविसंघले गरामनी बहुमुखी क्याम्पसमा प्यानलै जितेको छ । त्यहाँ राप्रविसंघका केशव खरेल २३ मत सहित स्ववियु अध्यक्ष बनेका हुन् । सो क्याम्पसमा मुलुककै थोरै ४० मतदाता थिए । ३७ मत खसेको थियो ।
त्रिदेव क्याम्पस चारआलीमा अनेरास्ववियुका इश्वर रिजाल २५९ मत ल्याएर स्ववियु अध्यक्ष निर्वाचित भए । त्रिदेव क्याम्पसमा अनेरास्ववियुको प्यानलै आएको छ । गत निर्वाचनमा यहाँ नेविसंघका अर्जुन गौतमले स्ववियु अध्यक्ष जितेका थिए ।
गौरादह बहुमुखी क्याम्पसमा अनेरास्ववियुका तुलसीराम पौडेल १५२ मतसहित स्ववियु अध्यक्ष निर्वाचित भएका हुन् । त्यहाँ अनेरास्ववियु, माओवादीको अखिल क्रान्तिकारी र राप्रविसंघले चुनावी गठबन्धन गरेका थिए । सीतारमेश क्याम्पस बुधबारेमा अनेरास्ववियुका अशोक भण्डारी १७३ मतसहित स्ववियु अध्यक्ष निर्वाचित भएका हुन् । त्यहाँ नेविसंघको कोषाध्यक्षसहित मिश्रीत परिणाम आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच