
झापा । झापाको दमक बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा भुपेन्द्र बस्नेत (भुवन) निर्वाचित भएका छन् । अनेरास्ववियुका उम्मेदवार निशम अधिकारीलाई ५९ मतले पराजित गर्दै बस्नेत अध्यक्ष निर्वाचित भएका हुन् ।
नेविसंघ केन्द्रीय समितिले बस्नेत संगठनको आधिकारिक उम्मेदवार भएको बताए पनि कांग्रेस झापाले नेविसंघका अर्का उम्मेदवार सायन साम्पाङ राई आधिकारिक भएको भन्दै राईलाई मतदान गर्न भन्दै आएको थियो ।
नेविसंघ सभापति दुजाङ शेर्पाले बस्नेत आधिकारिक उम्मेदवार भएको भन्दै दुईदुई पटक विज्ञप्ति जारी गरेका थिए । तर, नेविसंघ दमक क्याम्पस इकाइ समितिले राईलाई उम्मेदवार बनाउने निर्णय गरेको भन्दै बस्नेतलाई झापा कांग्रेसले आधिकारिक उम्मेदवार मानेको छैन ।
झापाको स्ववियु निर्वाचन सहजीकरण संयोजन समिति संयोजक तथा नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले झापाका सबै क्याम्पसहरुमा इकाई समितिको सिफारिस अनुसार नै उम्मेदवारी दर्ता भएकोमा र दमक बहुमुखी क्याम्पसमा केही समस्या देखिएकोले क्याम्पस इकाई समितिले सिफारिस गरेका नेविसंघका आधिकारिक उम्मेदवार राईलाई विजयी गराउने कार्यमा सक्रियतापूर्वक खट्न नेविसंघ र पार्टीका सबै तहलाई अपिल गरेका थिए ।
कांग्रेस झापाको बैठकले सो सहजीकरण समिति फागुन १६ गते कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा गठन भएको थियो। अर्का महामन्त्री गगन थापाले बस्नेतलाई जिताउन आग्रह गरेको उम्मेदवार बस्नेतसहितको भिडियो क्लीप सार्वजनिक भएको थियो । तर, पनि कांग्रेस झापाले राई नै आधिकारिक उम्मेदवार भएको बताउँदै आएको थियो ।
बस्नेतलाई अनेरास्ववियु क्रान्तिकारी लगायत विद्यार्थी संगठनको समर्थन थियो । झापाका कांग्रेस र नेविसंघ नेताले बस्नेत स्वतन्त्र उम्मेदवार भएको दाबी गरिरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच