
काठमाडौं । नेपाली सेनाले संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको बताएको छ ।
केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सङ्गठनलाई विवादमा तान्ने प्रयास भएपछि सेनाले यस्तो वक्तव्य जारी गरेको हो ।
वक्तव्यमार्फत नेपाली सेनाका आफ्नो आधिकारिक धारणा तथा गतिविधिहर नियमितरुपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक जनाउँदै सेनाले तथ्यपरक जानकारी मात्रै सम्प्रेषण गर्न सार्वजनिक आग्रह गरेकाे छ ।
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पुरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको उल्लेख गर्दै सेनाले आफ्नो आधिकारिक जानकारी लिएर यथार्थपक सूचनाहरु सम्प्रेषण गर्न अनुरोध गरेको हो ।
बुधबार सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको वक्तव्यमा ‘नेपाली सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गरी दिनु हुन नेपाली सेना अनुरोध गर्दछ’ भनिएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच