
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमामा पुनरावेदन गरेको छ ।
मध्यपश्चिम विश्वविद्यालयका तत्कालीन डीन सहायक कमलेश डीसी र सहप्राध्यापक डा विनय कुमार दासलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध आयोगले बुधबार सर्वोच्चमा पुनरावेदन गरेको हो ।
आयाेगले उनीहरुविरुद्द भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरेकाे छ ।
आयोगले परीक्षा समितिका संयोजक एवं मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिकशास्त्र संकायका सहायक डीन डीसी र सहप्राध्यापक डा. दासलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुरमा सोही ऐनको दफा १३ बमोजिम सजाय माग गर्दै विशेष अदालतमा मुद्दामा दायर गरेको थियो । तर, उनीहरूमाथिको आरोप पुष्टि नहुने भन्दै विशेष अदालतले २०८० माघ २५ को फैसलाबाट सफाइ दिएको थियो । सोही फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेकाे आयोग प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयाे ।
आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिकशास्त्र संकाय डीनको कार्यालयद्वारा २०७७ माघ १९ र फागुन ५ मा आंशिक तथा करार उपप्राध्यापकहरूको पदपूर्तिका लागि विज्ञापन प्रकाशित भई, चैत ४, ५ र ६ मा सञ्चालित लिखित परीक्षाको सम्बन्धित विज्ञहरूले उत्तरपुस्तिका परीक्षण गर्दा अङ्ग्रेजी विषयतर्फ कोड नं. Eng-१८०७७ को उत्तरपुस्तिकामा दिएको अंक पटक-पटक केरमेट गरी बढाएको आरोप लगाएको छ ।
कोड नं. Eng-१२०७७ को उत्तरपुस्तिकामा समेत पहिले दिएको अंकलाई पटक-पटक केरमेट गरी बढाएको र कोड नं. Eng-१५०७७ को उत्तरपुस्तिकामा पहिले दिएको अंकलाई केरमेट गरी घटाएको एवं कोड नं. Eng-२०७७, Eng-१२०७७, Eng-१००७७ र Eng-१८०७७ को उत्तरपुस्तिकामा संकेत जनिने गरी देब्रेपट्टि माथिल्लो कुनामा उम्मेदवारको सिम्बोल नम्बर लेखी केरमेट गरिएको आयोगले जनाएको छ ।
उक्त संकेत के कुन समयमा लेखिएको हो भन्ने सम्बन्धमा अंग्रेजी विषयका विज्ञले लिखित परीक्षामा सफल चार जना उम्मेदवारकै उत्तरपुस्तिका अन्तरवार्ता शुरू हुनुअगावै माग गरी सबै उत्तरपुस्तिकाको माथिल्लो भागको बायाँ कुनामा सम्बन्धित उम्मेदवारको सिम्बोल नं. लेखी केरमेट गर्ने कार्य विज्ञ डा. विनय कुमार दासले गरेकी भनी शिक्षक छनौट समितिका संयोजक कमलेश डीसीले बयानमा लेखाई दिएकोमा उक्त कुरा निज प्रतिवादी विनय कुमार दासले आफ्नो बयानमा स्वीकारसमेत गरेको देखिरहेको अवस्थामा सोतर्फ विशेषले अन्देखा गरी सफाइ दिने फैसला त्रुटिपूर्ण रहेको ।
दासले उत्तरपुस्तिका जाँच गर्ने क्रममा अंक प्रदान गर्दा अनुत्तीर्ण हुने प्रकृतिको उम्मेद्वारलाई पटक/पटक अंक केरमेट गरी बढाई उत्तीर्ण गराएको र उत्तीर्ण हुने प्रकृतिको उम्मेदवारको उत्तरपुस्तिकामा दिएको अंकलाई पटक-पटक केरमेट गरी घटाएर अनुत्तीर्ण गरे/गराएको आयोगकाे उजुरीमा उल्लेख छ ।
अन्तरवार्ताको क्रममा अन्तरवार्ता अगावै सहभागी उम्मेद्वारका उत्तरपुस्तिका माग गरी सम्बन्धित उत्तरपुस्तिकामा सम्बन्धित परीक्षार्थीको सिम्बोल नम्बर राखी संकेत गरी उम्मेदवारको पहिचान गरी प्राप्तांकको आधारमा अन्तर्वार्तामा अंक प्रदान गर्ने योजना बनाई सोही बमोजिम अंक प्रदान गर्न र कोड नं. Eng-१८०७७ को उत्तरपुस्तिकाका विभिन्न प्रश्नहरूमा पहिले दिएको अंक बढाई ३७ अंक दिई योग्यता सूचीमा माथि पुर्याएको र कोड नं. Eng-१५०७७ को उत्तरपुस्तिकामा पहिले दिएको अंक केरमेट गरी घटाई अनुत्तीर्ण (उत्तीर्णलाई अनुत्तीर्ण र अनुत्तीर्णलाई उत्तीर्ण) गराउन बदनियतपूर्वक काम गरेको आयोगको भनाइ छ ।
आयोगका प्रवक्ता पौडेलका अनुसार उत्तीर्ण हुन सक्नेलाई वैकल्पिक उम्मेदवार बनाई परीक्षाको परिणामलाई फेरबदल गरेको पुष्टि भइरहेकोमा विशेष अदालतले अन्देखा गरेकाले पुनरावेदन गरिएको हाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच