
स्याङ्जा । स्याङ्जा जिल्ला भित्र रहेका आठ क्याम्पसमध्ये दुईमा पहिले निर्विरोध निर्वाचन भएको र मंगलबार तीन क्याम्पसमा स्ववियु चुनाव सम्पन्न भयो । बाँकी तीनमा आपसी समझदारी हुन नसक्दा चुनाव हुन सकेको छैन।
स्ववियु विद्यार्थी संगठनबीच आपसी समझदारी हुन नसक्दा गल्याङ र मिर्मी क्याम्पसमा चुनाव हुन नसकेको नेपाल विद्यार्थी सङ्घका सभापति गौरव प्रधानले जानकारी दिनुभयो ।
त्यसै गरी चापाकोट क्याम्पसमा कुनैं पनि सङ्गठनले उमेदवार दर्ता नगर्दा चुनाव नभएको सभापति प्रधानले जानकारी दिनुभयो ।
निर्विरोध निर्वाचित भएका दुई क्याम्पस राधा दामोदर संस्कृत विद्यापीठ चापाकोट र मालुङ्गा बहुमुखी क्याम्पसमा नेविसंघका रविन भट्टराई र गोविन्द भण्डारी सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
स्याङ्जाको त्रिभुवन आदर्श बहुमुखी फेदीखोलाको सिद्धार्थ र वालिङ्ग बहुमुखीमा सौहार्दपूर्ण वातावरणमा चुनाव सम्पन्न भएको छ ।
जिल्लाका अन्य क्याम्पसमा पनि चुनाव हुनुपर्ने भए तापनि आपसी समझदारी हुन नसक्दा गल्याङ र मालुङ्गामा चुनाव हुन नसकेको अनेरास्ववियुका जिल्ला सभापति सङ्गम शाहीले जानकारी दिनुभयो।
निर्वाचन भएका तीनमध्ये फेदीखोलाको सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ भने वालिङ बहुमुखीमा सचिव पदमा अनेरास्ववियुले जीत हासिल गरेको छ । बाँकी अधिकांश पदमा नेबिसङ्घ विजयी भएको छ ।
त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका देवदत्त सुवेदीको प्यानल नै भारी मतान्तरले विजयी भएको छ। सभापतिमा देवदत्त सुवेदीले ३०९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्धन्द्धी अनेरास्ववियुकी विपना सुनामले ८० मत प्राप्त गर्नुभएको छ।
नेविसंघका सचिव असिम भण्डारीले २९१ मत प्राप्त गर्नुभएको छ भने कोषाध्यक्षमा समिक्षा मरासिनीले ३०६ मत प्राप्त गर्नुभयो । सदस्यमा शक्ति नेपालीले ३०१, ईमत्याज मियाँले २९४, बिन्दु बि.क.ले २९३, साेफिया जि.टी.ले २९१, रितु कार्कीले २९० मत प्राप्त गर्दै जित्न सफल रहनुभएको छ।
त्यसै गरी अनेरास्ववियुतर्फ समुन्द्र शर्मा सचिवमा ९४ मत कोषाध्यक्षमा मनाेज कुमार नेपालीले ८० मत प्राप्त गर्नुभयो ।
स्याङ्जाको वालिङ् नगरपालिका ९ मा रहेको वालिङ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका निरज श्रेष्ठ विजयी हुनुभएको छ भने सचिवमा अनेरास्ववियुकी बिना रेग्मी विजयी हुनुभएको छ।
मंगलबार सम्पन्न मतगणनामा नेविसंघका निरज श्रेष्ठले ३७७ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको छ भने अनेरास्ववियुबाट सभापतिका उम्मेदवार बनेका विष्णु पङ्गेनीले ३४२ मत प्राप्त गर्नुभएको छ।
अनेरास्ववियुबाट सचिवका उम्मेदवार बिना रेग्मीले ३६६ मत प्राप्त गर्दै जीत हासिल गर्नुभएको छ भने नेविसंघ बाट उम्मेदवार बनेकी ममता रेग्मीले जम्मा ३४३ मत प्राप्त गर्नुभयो । यसै गरी कोषाध्यक्षमा नेविसंघका विवेक कुँवरले ४०६ मत प्राप्त गरी विजयी हुनुभयो भने अनेरास्ववियुका भुमबहादुर रानाले २९२ मत प्राप्त गर्नुभयो ।
सदस्यमा नेविसंघका उम्मेदवार पुजा कोइराला, नम्रता पौडेल, पवित्रा विक, प्रवेश पौड्याल, दिपा कुमारी आले र यामप्रसाद पङ्गेनी (सन्दिप) निर्वाचित हुनुभएको छ । ९ सय ९४ मतदाता रहेको वालिङ् बहुमुखी क्याम्पसमा ७२८ मत खसेको थियो।
स्याङ्जाकै फेदीखोलाको सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रतीक्षा गोदारले ३८ मत प्राप्त गरेर शैलेश थापालाई चार मत ले पराजित गर्दै जीत हासिल गर्न सफल रहनुभएको छ। त्यसै गरी ३७ मत प्राप्त गर्दै अनेरास्ववियुकै श्रीसा कार्कीले सचिव पदमा नेबिसङ्घका उम्मेदवार विजय अधिकारीलाई दुई मतले पराजित गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच