
झापा । माउ पार्टी कांग्रेस र संगठन भित्रको आन्तरिक विवादलाई चिर्दै नेविसंघ नेता भुपेन्द्र बस्नेत (भुवन) झापाको दमक बहुमुखी क्याम्पसको स्ववियु अध्यक्ष निर्वाचित हुनु भएको छ ।
सातजना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उहाँ ६६८ मतका साथ स्ववियुकाे अध्यक्ष निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमाले निकट अनेरास्ववियुका अध्यक्ष पदका उम्मेदवार निशम अधिकारीले ६२४ मत ल्याउनु भएको छ । उहाँहरु बीचको मतान्तर ४४ हो ।
नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बस्नेत संगठनको आधिकारिक उम्मेदवार भएको स्पष्ट पार्दै दुईपटक विज्ञप्ति निकाल्नु पर्यो । अध्यक्ष दुजाङले फागुन २८ र २९ गते विज्ञप्ति निकालेर बस्नेत नै आधिकारिक भएको प्रष्ट्याए पनि कांग्रेस झापाले मानेन ।
कांग्रेस झापा उपसभापति तथा झापाको स्ववियु निर्वाचन सहजीकरण संयोजन समिति संयोजक केशवराज पाण्डेले झापाका सबै क्याम्पसहरुमा इकाई समितिको सिफारिस अनुसार नै उम्मेदवारी दर्ता भएकोमा र दमक बहुमुखी क्याम्पसमा केही समस्या देखिएकोले क्याम्पस इकाई समितिले सिफारिस गरेका नेविसंघका आधिकारिक उम्मेदवार सायन साम्पाङ राईलाई विजयी गराउने कार्यमा सक्रियतापूर्वक खट्न नेविसंघ र पार्टीका सबै तहलाई अपिल गर्नुभयो । तर, भुवन चुनावी मैदानबाट पछि हट्नु भएन ।
जिल्ला पार्टीको समर्थन र नेविसंघ दमक क्याम्पस इकाइ समितिले उम्मेदवार सिफारिस गरेका राईलाई ठ्याक्कै डबल मतले पछाडि पार्दै बस्नेत अध्यक्ष निर्वाचित हुनु भएको हो । राईले ३३४ मत प्राप्त गर्नु भएको छ ।
स्ववियु अध्यक्षमा रश्मि उप्रेती (१२८ मत) , दिपक लिम्बु (६७ मत) ,पर्वत बस्नेत (५५ मत), पेमा डोल्मा तामाङ (१४ मत) र प्रविना भट्टराई (८ मत ) प्रतिस्पर्धा गर्नु भएको थियो । जिल्ला पार्टी र आबद्ध संगठनको आन्तरिक असयोग मात्रै होइन, भुवनले सातजना सहपाठीलाई पछि पार्दै स्ववियु अध्यक्ष बन्नु भएको हो ।
भुवनलाई रोक्न कांग्रेस केन्द्रीय सदस्य महिन्द्रा लिम्बु , कांग्रेस दमक नगरका केही नेताहरूले चैत ३ गते दमकमा पत्रकार सम्मेलन नै गर्नु भएको थियो । त्यहाँ नेविसंघको आधिकारिक उम्मेदवार सायन सम्पाङ नै भएको प्रष्ट्याइएको थियो ।
यसअघि फागुन २७ गतेको उम्मेदवार छनोट गर्न बसेको पार्टीको बैठकमा अध्यक्षका आकांक्षी मध्ये बस्नेतलाई सभापति (अध्यक्ष) सायन र दिपक मादेनलाई उपसभापति र सहसचिव बनाउने निर्णय भएको थियो । सो बैठकको निर्णयमा इकाई सभापति सुनिल राई र पार्टी नगर सभापति प्रकाश प्रसाईंले हस्ताक्षर गर्नु भएको थियो ।
झापा निर्वाचन क्षेत्र ५ प्रदेश (ख) सभापति रवि केसी न्यौपानेको संयोजकत्वमा गठन भएको नेविसंघलाई चुनाव जिताउने समितिको बैठक पुस्तिकामा नेविसंघ झापाका पूर्वसभापतिहरु पर्शुराम रिजाल, रोशन विष्ट, कांग्रेस नेताहरू अइन्द्र केरुङ, भूमिराज राईलगायत नेताले हस्ताक्षर गर्नु भएको छ । उहाँहरुको भूमिका सकारात्मक नै रहेको बताइन्छ ।
शिवसताक्षी नगरपालिका-८ घर भएका भुवनको साथमा झापा -४ (क) बिनोद ढकाल, कांग्रेस शिवसताक्षी नगर सभापति असोक बस्नेत, शिवसताक्षी-६ का वडाध्यक्ष मनोज खुलाल कार्कीको पूर्णसाथ रहेको थियाे ।
नेविसंघ दमक क्याम्पस इकाईका निवर्तमान उपसभापति, स्ववियुका निवर्तमान उपाध्यक्ष र स्ववियुकै कार्यबाहक जिम्मेवारी सम्हालिसकेका भुवनले आफूलाई विद्यार्थी माँझ लोकप्रिय प्रमाणित गर्नुभएकाे छ ।
कांग्रेस उपसभापति पाण्डेले कसैलाई भड्कन नदिने र यसलाई पार्टीले सहज ढंगले लिने बताउनुभयो । 'जसले जितेपनि नेविसंघले जितेको छ, यसलाई अन्यथा लिनु हुँदैन' पाण्डेले भन्नुभयो, 'उहाँको (भुवन) उम्मेदवारी नेविसंघको उम्मेदवारका रूपमा दर्ता भएको थिएन तर उहाँ नेविसंघ हो, नेविसंघको जित भएको छ ।'
पाण्डेले जसले जितेपनि नेविसंघले नै जित्ने अवस्था थियो, उहाँलाई पार्टीको साथ पनि थियो । झापाका १२ वटा क्याम्पसमा विवाद नभएको र कहिँ कतै समस्या नरहेको र कसैले पनि भड्किलो कुरा गर्न नहुने पाण्डेको भनाइ छ ।
स्ववियु अध्यक्ष निर्वाचित भएपछि भुवनले भन्नुभयो, 'म कसैलाई दोष लाउन्न, सबै कुरालाई सकारात्मक रूपमा लिएको छु, मलाई सबैको साथ थियो र त जित सम्भव भयो ।' उहाँले आफूलाई सिङ्गो शिवसताक्षी कांग्रेसको सहयोग रहेको बताउनुभयो । भुवनलाई अखिल क्रान्तिकारी, राप्रविसंघ, नेकपा एस निकट विद्यार्थी संगठन र लिम्बुवान निकट विद्यार्थी संगठनको साथ थियो ।
भुवनले आफू र उहाँहरु (दिपक र सायन तीन र तीनजना) आकांक्षी हुँदाहुँदै इकाई समितिबाट एकजनाको मात्रै नाम सिफारिस भएकोले बताउनुभयो । त्यसले कताकता असहजता जस्तो देखिएको प्राविधिक टिप्पणी भुवनको छ ।
जिल्ला पार्टी र नेविसंघ जिल्लामा जे भएपनि कांग्रेस महामन्त्री गगनकुमार थापाले भुवनलाई जिताउन आग्रह गरेर भोट माग्न भ्याउनु भएको थियो । उम्मेदवारसहितको भिडियो क्लीपमा महामन्त्री थापाले भुवनलाई जिताउन अनुराेध गर्नुभएकाे थियाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच