
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले राम्रै क्रिकेट खेले पनि नतिजा आउन नसकेको बताउनुभएको छ । युगाण्डामा चार देश सम्मिलित टी-२० वुमेन्स डे कपमा खराब प्रदर्शनसहित नेपाली टोली बुधबार स्वदेश फर्किएको छ । उपाधि जित्ने लक्ष्यसहित युगाण्डा गएको नेपालले कुल ६ मध्ये दुई जित र चार हार सामना गरेको थियो ।
बुधबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालकी कप्तान इन्दुले आफ्नो टोलीले खराब क्रिकेट नभई राम्रो क्रिकेट खेले पनि दुर्भाग्यवश राम्रो नतिजा नआएको बताउनुभयो । यद्यपि, उहाँले युगाण्डा भ्रमणका क्रममा आफ्नो टोलीले राम्रो अनुभव बटुलेको विश्वास व्यक्त गर्नुभयो । युगाण्डा, नामिबिया र हङकङ राम्रा टिम रहेको र ती टोलीसँग खेल्न पाउनु नेपालका लागि एक्सपोजर मिलेको उहाँले बताउनुभयो । तर, नतिजाका रूपमा शृंखलामा भने हाम्रो राम्रो नभएको बताउनुभयो ।
नेपालको जस्तै पिच कन्डिसन भए पनि नतिजा आउन नसकेको उहाँले स्वीकार गर्नुभयो । शृंखलामा स-साना गल्ती भइरहेको र त्यसमा आफूले नै भूमिका खेल्नुपर्ने भए पनि व्यक्तिगतरूपमा आफूबाट पनि राम्रो प्रदर्शन नभएको उहाँको भनाइ छ । आफूले पनि अझ राम्रो खेलेको भए केही खेलमा जित सम्भव रहेको कप्तान इन्दुले बताउनुभयो ।
कप्तान इन्दुले युवा खेलाडीले यस शृंखलामा राम्रो प्रदर्शन गरेको उल्लेख गर्नुभयो । ती खेलाडीले यसरी नै एक्सपोजरमा पाएमा अझै राम्रो क्रिकेट खेल्ने विश्वास कप्तान इन्दुको छ । कप्तान इन्दुले उत्कृष्ट टोलीसँग क्रिकेट खेलेकाले एसिया क्वालिफायरका लागि तयारी प्रभावकारी भएको बताउनुभयो । नतिजा नआए पनि पहिलेको क्रिकेट शैली र अहिलेमा धेरै पक्षमा सुधार आएको उहाँको विश्वास छ । महिला क्रिकेटलाई जति सक्दो धेरै एक्सपोजर दियो त्यति नै राम्रो नतिजा आउने सम्भावना रहेको उहाँले बताउनुभयो । कप्तान इन्दुले नतिजा आउन समय लागे पनि नेपाली महिला टोलीको भविष्य राम्रो रहेको विश्वास व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच