
काठमाडौं । रंगकर्मी विमल सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको पहिलो चलचित्र ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरले चलचित्रका मुख्य कलाकारलाई परिचित गराउनुका साथै चलचित्रको विषयवस्तुलाई पनि बिम्बात्मकरूपमा प्रस्तुत गरेको छ । ‘हिउँको गीत’मार्फत् चलचित्र निर्देशनमा पाइला चाल्नुभएका विमल सुवेदी थिएटर भिलेजमार्फत् देश-विदेशमा अनेकौं प्रयोगधर्मी नाटक गर्ने सर्जकका रूपमा परिचित सर्जक हुनुहुन्छ । लेखनमा विमलसँग साँघुरो चलचित्रका निर्देशक जोयश पाण्डेले पनि सहकार्य गर्नुभएको छ ।
चलचित्रमा वर्षा राउत, जोयस पाण्डे, आकाश खतिवडा, इशिर कर्माचार्य र पूजा चन्द केन्द्रीय भूमिकामा हुनुहुन्छ । चलचित्रको अमेरिकाको ओहायो राज्यको क्लिभल्यान्ड र पेन्सलभेनिया राज्यको पिट्सबर्ग शहरमा छायांकन गरिएको हो । चलचित्रलाई हृयाप्पी होम स्टुडियोजका लागि जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्रराज घिमिरेले निर्माण गर्नुभएको हो ।
चलचित्रले नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा सशक्तरूपले समेटेको विमल सुवेदीको भनाइ छ । चलचित्रमा भुटान, नेपाल र अमेरिकामा जन्मेहुर्केका फरक-फरक पुस्ताका सपना, आकांक्षा, पहिचानको संकट, संघर्ष, नेपाली भाषी भुटानीहरूमाथि त्यतिबेलाको शासकले गरेको चरम अन्याय, अत्याचार, बर्र्बरता र चरम यातना समेटिएको सुवेदीले जानकारी गराउनुभयो ।
चलचित्रलाई जिया कुर्इँकेल खतिवडा, करुण कुईँकेल, कौशिला खनाल कर्माचार्य, आकाश खतिवडा र मनोरथ खनालले कार्यकारी निर्माताका रूपमा र राकेश भट्टराई, रमेश लुईँटेल र पुण्य कुईँकेलले सहनिर्माताका रूपमा निर्माणमा सघाउनुभएको छ । ओहायो राज्यको एक्रोन, कोलम्बस, पेन्सिलभेनिया वरिपरिका नेपाली भाषी भुटानी समुदायको सहजीकरणमा तयार भएको चलचित्रको निर्माणमा थिएटर भिलेज र गाउँ स्टुडियोको पनि सहकार्य छ । चलचित्रमा थोमस किथ स्कट, केदार उप्रेती, आर बी खड्का, अर्जुन रसाइली, मनोरथ खनाललगायतको अभिनय छ ।
चलचित्रमा पेन्सिलभेनियाको हृयारिसबर्ग तथा ओहायोको कायाहोगा फल्स, एक्रोन, कोलम्बस, सनसाइन तेक्वान्दो तथा नृत्य एकेडेमी, इन्टा फाउण्डेसनका चार दर्जनभन्दा बढी कलाकारले अभिनय गर्नुभएको छ ।
चलचित्रमा नेपाल, भुटान, ताइवान, चीन, मेक्सिको मूलका फिल्मकर्मीले काम गरेका छन् । चलचित्रलाई चिनइन गाउले खिच्नुभएको हो भने निशान घिमिरेले सम्पादन गर्नुभएको छ । आयुषा सञ्जेल सहायक निर्देशक रहेको चलचित्रमा दिकेश खड्गी शाहीको ध्वनि रेकर्ड तथा सम्पादन, देउकुमार राई नेतृत्व समूहको कला निर्देशन, शंकर बिसी र कौशिला खनाल कर्माचार्यको नृत्य निर्देशन छ । चलचित्रमा कौशिला खनाल कर्माचार्य, आर.बी. खड्का, डम्बर नेपाली, प्रतिमा श्रेष्ठको शब्द तथा कालिप्रसाद बास्कोटा, मदन गोपाल, डम्बर नेपाली, अर्जुन रसाइलीको संगीत तथा गायन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच