भक्तपुर । शनिबार भक्तपुरमा ‘चिल म्युजिक फेस्ट’ हुने भएको छ । यही कन्सर्टसँगै ‘चिल म्युजिक फेस्ट’ समापन हुने भएको छ । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पिभिई नेटवर्क)ले आफ्नो टिकटसँग सहकार्य गर्दै भक्तपुरको मध्यपुर ठिमीस्थित हेरिटेज प्यालेसमा ‘चिल म्युजिक फेस्ट’को समापन कन्सर्ट आयोजना गर्न लागेको हो ।
भक्तपुरको कन्सर्टमा कालीप्रसाद बासकोटा एण्ड साथीभाइ, रक हेड्स, झिल्के एण्ड द कम्पनी र जेम्सी एकै मञ्चमा सुनिनेछन् । यसअघि चिल म्युजिक फेस्ट झापा, रूपन्देही, काठमाडौं र चितवनमा सम्पन्न भइसकेको छ । आयोजकका अनुसार चितवनको नारायणी किनारमा झण्डै १० हजार बढी दर्शकको उपस्थिति थियो ।
पिभिई नेटवर्कका विकेश कायस्थले लोक, रक र आधुनिक संगीतको अद्भूत संयोजन दर्शाउने यो उत्सव नेटवर्कको उद्देश्यअनुसार नेपाली संगीतको धरोहर जगेर्ना गर्दै समुदायलाई आपसमा जोड्ने प्रयास रहेको बताउनुभयो । कन्सर्ट हेर्न चाहने दर्शकले आफ्नो टिकटको डिजिटल प्लेटफर्म र खल्ती एपबाट टिकट लिन सक्नेछन् ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र