
नयाँदिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले च्याम्पियन्स ट्रफी विजेता भारतीय टिमलाई ५८ करोड नगद पुरस्कार दिने भएको छ । यो रकम टोलीका सबै खेलाडी, प्रशिक्षक र सपोर्ट स्टाफमा बाँडफाँट गरिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । रोहित शर्माको कप्तानीमा यही महिना भारतले च्याम्पियन्स ट्रफी जितेको थियो ।
मार्च ९ मा भएको च्याम्पियन्स ट्रफीको फाइनलमा भारतले न्युजिल्याण्डलाई चार विकेटले पराजित गरेको थियो । रोहित शर्माको नेतृत्वमा रहेको आइसिसीमा भारतले नौ महिनामा जितेको यो दोस्रो उपाधि हो । भारतले गत वर्ष जुन २९ मा टी-२० विश्वकप पनि जितेको थियो । यो भारतको तेस्रो च्याम्पियन्स ट्रफी उपाधि हो ।
बिसिसिआईका अध्यक्ष रोजर बिन्नीले लगातार दुईवटा आइसिसी उपाधि जित्नु भारतीय क्रिकेटका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै यो नगद पुरस्कार खेलाडी र सहयोगी टिमको मिहिनेतको सम्मानका रूपमा प्रदान गरिएको उल्लेख गर्नुभयो । बोर्डका सचिव देवजित साइक्याले भारतीय टोलीले विश्व क्रिकेटमा आफ्नो प्रभुत्व जमाएको भन्दै प्रशंसा गर्नुभयो ।
उहाँले यो जितले भारतको हृवाइट बल क्रिकेटमा शीर्ष स्थान पुष्टि गरेको र आगामी दिनमा टोलीले अझ उत्कृष्ट प्रदर्शन गर्नेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो । उपाध्यक्ष राजीव शुक्लाले खेलाडीहरूले दबाबमा पनि उत्कृष्ट खेल प्रस्तुत गरेको बताउँदै टोलीको जित भारतीय क्रिकेटको मजबुत आधार, मानसिक दृढता र जित्ने मानसिकताको उदाहरण भएको उल्लेख गर्नुभयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच