भोजपुर । नेपालको नगदेबालीमा उत्कृष्ट बाली मानिएको अलैँची खेतीमा कृषकहरु आकर्षित बढी रहँदा यसको समस्या, गुणस्तर तथा बजारीकरणको बिषयमा जिल्ला तहहरुमा समेत छलफल तथा अन्तरक्रिया थालिएको छ ।
नेपालमा अलैँची उत्पादन प्रवर्द्धन र निर्यात सम्बन्धी काम गर्ने तथा ब्यवसायीको पहलबाट २०६४ सालमा संघ हुँदै हाल नेपाल अलैँची व्यवसायी महासंघकोरुपमा रहेको संस्थाले कोशी प्रदेश उद्योग कृषि सहकारी मन्त्रालय सँगको सहजीकरणमा नौ वटा जिल्लाहरुमा अलैँचीका बिषयमा छलफल तथा अन्तरक्रिया सुरु गरेको हो । सोहीक्रममा अलैँचीको उत्पादन,गुणस्तर सुधार तथा बजारीकरणका बिषयमा भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका वडा नम्वर पाँचमा एक दिने अन्तरक्रिया गरिएको छ ।
अलैँचीको क्षेत्रमा काम गर्दै आएको अलैँची विकास केन्द्र इलाम, नेपाल अलैँची ब्यवसायी महासघं, जिल्ला महासघं,उद्योग बाणिज्य संघ भोजपुर, कृषि ज्ञान केन्द्र भोजपुरका प्रतिनिधीसहित अलैँची निर्यात कर्ता,अलैँची प्रशोधन कर्ता, स्थानीय पालिका र कृषकका बीचमा अलैँचीका समस्या, समाधान, बजारीकरणलगायतका बिषयमा अन्तरक्रिया गरिएको हो ।
उत्कृष्ट बाली अलैँचीको उत्पादन र निकासीमा ध्यान नदिदाँ भोग्नु परेको समस्याका सम्बन्धमा विज्ञहरुले आफनो सुझाव सोक्रममा प्रस्तुत गर्नु भएको थियो । जिल्ला तहका कृषक,व्यवसायी र सरोकारवाला पक्षबीच अलैँचीको उत्पादन, गुणस्तर र बजारीकरण सम्बन्धि छलफल गरि त्यहाँबाट प्राप्त सुझावलाई संकलन गरि नीति कार्यक्रम तयार गर्ने प्रमुख उद्देश्यका साथ कार्यक्रम थालिएको नेपाल अलैँची ब्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताउनुभयो ।
तथ्यांकअनुसार नेपालमा वार्षिक १९ हजार पाँच सय हेक्टर जमीनमा अलैँची खेती खेती हुन्छ भने बार्षिक ५ दशमलव ८ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । मुल्यमा उतार चढाव हुँदा भने समस्या देखिने गरेको कृषकहरुको गुनासो रहँदै आएको छ । हाल ५३ बढी जिल्लामा अलैँची खेती बिस्तार भएको छ । नेपालमा प्रयाप्त रुपमा खेती बिस्तारभएका ठाँउमा अलैँची सुकाउने भट्टी नभएकाले अलैँचीको गुणस्तरमा समेत समस्या देखिने गरेको छ ।
कृषक र व्यापारी बीच धनिष्ट सम्बन्ध रहेमा बजारीकरण आफै फस्टाएर जाने बिज्ञहरुको सुझाव छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज बस्नेत, अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, महासचिव नारायण प्रसद चिमरिया, अलैँची विकास केन्द्रका प्राबिधिक दिल बहादुर श्रेष्ठ, अलैँची ब्यवसायी संघ भोजपुरमा अध्यक्ष राजेश बिष्ट, उद्योग बाणिज्य संघका अध्यक्ष कर्ण मोक्तान र कृषकहरुको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच