
अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कस्थित टुँडिखेलमा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताको उपाधि गुल्मीले जितेको छ।
मंगलबारदेखि सुरु भएको यो प्रतिष्ठित प्रतियोगितामा बाँकेबाहेक लुम्बिनी प्रदेशका ११ जिल्लाका टिमहरूले प्रतिस्पर्धा गरेका थिए।
प्रदेशस्तरीय खेलाडीहरूबीच उत्कृष्ट क्षमताको प्रदर्शन देखिएको प्रतियोगितामा गुल्मीले अन्ततः उपाधि उचाल्न सफल भएको छ।
प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले गरेका थिए। उनले उद्घाटन समारोहमा बोल्दै खेलकुद क्षेत्रको विकास र विस्तारका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका थिए। साथै, यस्ता प्रतियोगिताले खेलाडीहरूलाई अझै प्रतिस्पर्धात्मक बनाउन भूमिका खेल्ने बताउनु भयाे।
फाइनल खेलमा गुल्मीले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै पाल्पालाई पराजित गर्दै पहिलो स्थान हासिल गर्यो। पाल्पाले उत्कृष्ट खेल देखाए पनि अन्तिम खेलमा गुल्मीलाई चुनौती दिन सकेन।
तेस्रो स्थान नवलपरासीले हात पार्दा आयोजक जिल्ला अर्घाखाँची चौथो स्थानमा सीमित रहेको थियो।
विजेता बनेको गुल्मीले नगद १ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता पाल्पाले ६५ हजार रुपैयाँ नगद, तेस्रो स्थान प्राप्त गर्ने नवलपरासीले ३५ हजार रुपैयाँ नगद, तथा चौथो स्थानमा रहने अर्घाखाँचीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगितामा खेलाडीहरूको व्यक्तिगत प्रदर्शनलाई पनि उच्च प्राथमिकता दिइएको थियो। सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ तथा उत्कृष्ट ६ विधाका खेलाडीहरूलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिएको प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव तिरणदाज गौतमले जानकारी दिनुभयो।
गौतमले पुरस्कार वितरण समारोहमा बोल्दै प्रतियोगितामा सहयोग गर्ने सबै खेलाडी, प्रशिक्षक, आयोजक तथा दर्शकहरूलाई विशेष धन्यवाद दिनुभयाे। साथै, उहाँले खेलकुदको विकासका लागि यस्ता प्रतियोगिताहरूको निरन्तरता आवश्यक रहेको बताउनु भयो।
प्रतियोगिताले लुम्बिनी प्रदेशका खेलाडीहरूलाई अगाडि बढ्ने अवसर दिएको आयोजक समितिले जनाएको छ। यस प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूको पहिचान हुनाका साथै उनीहरूलाई प्रदेश तथा राष्ट्रिय स्तरका खेलहरूमा सहभागी गराउने अवसर मिल्ने अपेक्षा गरिएको छ।
स्थानीय दर्शकहरूको उल्लेखनीय उपस्थितिले प्रतियोगिता झनै रोचक बनेको थियो। आयोजक समितिका अनुसार यस्ता प्रतियोगिताहरूले स्थानीय खेलाडीहरूलाई आत्मविश्वास प्रदान गर्नुका साथै प्रदेशस्तरीय खेलकुदको प्रवर्द्धनमा मद्दत गर्नेछन्।
भविष्यमा अझ ठूला र व्यावसायिक स्तरका प्रतियोगिताहरू आयोजना गर्दै लुम्बिनी प्रदेशलाई खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको आयोजकहरूले बताएका छन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच