
-चञ्चल कुमार झा
रौतहट । माध्यमिक शिक्षा (एसईई) परीक्षाको शुक्रवार दोस्रो दिनको परीक्षा संचालनको क्रममा जिम्मेवारी विपरित कार्य गर्ने दुईजना निरीक्षक कार्यवाहीमा परेका छन् भने नेपाली विषयको परीक्षामा चिट चोर्ने उद्धेश्यले शरीर भित्र लुकाइ छिपाइ ल्याएको ३ सय भन्दा बढी मोबाइलसमेत बरामद भएको छ ।
रौतहटको विभिन्न परिक्षा केन्द्रहरुमा चेकजाँच गर्ने क्रममा ३ सय ४० थान मोबाइल तथा २ थान स्मार्ट वाच बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । परीक्षा हल भित्र आफ्नो जिम्मेवारी बहन नगरी परीक्षाको मर्यादा विपरित कार्य गर्ने दुईजना निरीक्षकलाई परीक्षा अवधीभरका लागि रेस्ट्रिगेट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले बताउनु भयो ।
२०८१ सालको एसईई परीक्षाको पहिलो दिन भएको अग्रेजी विषयको परीक्षामा मुख्य गेटमा चेकजाँच गर्ने क्रममा परीक्षा केन्द्रमा प्रवेश गर्ने विद्यार्थीहरुले चिट चोर्ने उद्धेश्यले लुकाइ छिपाइ ल्याएको ४ सय २४ वटा मोबाइल बरामद भएको थियो ।
परीक्षालाई मर्यादित, अनुशासित, पारदर्शी रुपमा संचालन गराउन र अनावश्यक रुपमा परिक्षा केन्द्रमा अमर्यादित कार्य गर्ने जो कोहिलाइ पनि कारवाही गरिने शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले निर्देशन दिएकोे थियो । निर्देशन विपरित कार्य गर्ने निरीक्षकलाइ कार्यवाही गर्दै आज दुई जनालाइ परिक्षा अवधी सम्मको लागि रिस्ट्रिगेट गरिएछ भने एसईईको पहिलो दिन १ जना निरिक्षक सहित दुई जनालाइ जिल्ला अदालत रौतहटबाट म्याद थप गरेर कार्यवाही प्रक्रिया अगाडी बढाइएको छ ।
परीक्षा केन्द्रमा खलल पुर्याउनेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले समातेर कारवाहीको दायरामा ल्याउने स्थानीय प्रशासन कटिबद्ध रहेको हुँदा परीक्षालाई सभ्य एवं मर्यादित बनाउने सबैको जिम्मेवारी हुने भएकोले सबै जना मिलेर परीक्षालाइ मर्यादित बनाउन जरुरी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच