
-चञ्चल कुमार झा
रौतहट । रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले आफूबाट रौतहटबासीको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
कसैको प्रभाव, दवाव एवं प्रलोभनमा काम गर्न रौतहट नआएको बताउँदै नेपाल सरकारको ऐन कानुन र नियमलाई आत्मसात गरेर जनताको पक्षमा समर्पित भएर निरन्तर काम गर्ने उहाँले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी खड्काले जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा शुक्रवार संचारकर्मीहरु संगको भेटघाट तथा परिच्यात्मक कार्यक्रममा आफुले भ्याएसम्म यहाँको विभिन्न किसिमका बेथितिको अन्त्य गर्ने बताउनु भयो ।
यहाँ मुख्य गरेर तस्करी, अपराधिक घटना, विपद व्यवस्थापन लगायतका क्षेत्रमा क्रमिक रुपमा सुधार ल्याएर जनताहरुले पाउनुपर्ने सेवा सुविधालाई सरल एवं छरितो बनाउने उहाँको भनाइ रहेको थियो ।
गौर राइस मिल्सको मुद्दाको चर्चा गर्दै दुई समुदायबीच सहमती एवं समझदारीका आधारमा समाधान गराई शान्ति बनाइएको तथा अर्को राईस मिल्सको सवालमा आफू अलिकति पनि विचलित नभई रौतहटवासीको पक्षमा सदैब रहने प्रजिअ खड्काले संचारकर्मीहरुलाई जानकारी गराउनु भयो ।
जिल्ला प्रशासन कार्यालयबाट प्रवाह भईरहेका सेवा सुविधालाई अझ सरल एवं छरितो बनाउन सेवा प्रवाहमा गुणस्तरियता ल्याउनमा आफले विशेष फोकस गरेको उहाँले बताउनु भयो ।
संचारकर्मीसंगको भेटघाट तथा परिच्यात्मक कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनिष झा, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजयकुमार कार्की, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य शिव पुरी, पूर्व अध्यक्षहरु शैलेन्द्र गुप्ता, प्रेमचन्द्र झा, वरिष्ठ पत्रकार प्रभात झा सहित विभिन्न संचार माध्यमहरुमा आबद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच