
सिरहा। सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी लालमणि आचार्यका अनुसार उनीहरूलाई आज नियन्त्रणमा लिइएको हो ।
औरहीकै वडा नम्बर ५ मा महायज्ञ गर्ने नाममा 'दलित अछुत हुन्छ' भन्दै दिपक मल्लिकको घर डोजरले भत्काएर उठिबास गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
गाउँपालिका अध्यक्ष यादवसहितका व्यक्तिहरुले आगामी चैत १७ गतेदेखि हुने महायज्ञका नाममा ३० वर्षदेखि बसोबास गर्दै आएका स्थानीय मल्लिकको घर गाउँपालिकाको डोजर लगाएर भत्काइदिएको आरोप छ ।
दलित बसेको धर्तीसमेत अपवित्र हुने भन्दै घर भएको ठाउँको माटोसमेत ताछेर फालिएको समाचार सार्वजनिक भएका थिए ।
३० वर्षदेखि बस्दै आएको विपन्न डोम परिवारलाई ‘जनता आवास कार्यक्रम’ ले गाउँपालिकाकै समन्वयमा ५ वर्षअघि केन्द्र सरकारको बजेटमा दुईकोठे पक्की घर बनाइदिएको थियो ।
अछूत भन्दै त्यहाँबाट हटाइएका मल्लिक परिवार अहिले गाउँकै सामुदायिक विद्यालयको जग्गामा अस्थायी टहरा बनाएर बसिरहेका छन् ।
यस घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन सुरु गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच