
संयुक्त राष्ट्रसंघले सन् १९९३ मा प्रत्येक वर्ष मार्च २२ मा विश्व पानी दिवस मनाउने घोषणा गर्यो । यसको उद्देश्य स्वच्छ पानीको पहुँच, सतत प्रबन्धन र जलस्रोत संरक्षणप्रति वैश्विक चेतना जगाउनु हो । जबकि हिमनदीहरू पृथ्वीको जलवायु प्रणालीको महत्वपूर्ण भाग हुन् । जसले विश्वव्यापी जलचक्रलाई सन्तुलनमा राख्न महत्वपूर्ण भूमिका खेल्छन् । तर, जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । जसले विश्वभरका पारिस्थितिक प्रणाली र मानव समुदायमा गम्भीर असर पारिरहेको छ । यसै सन्दर्भमा, विश्व पानी दिवस सन् २०२५ ले हिमनदी संरक्षण र पानीको दिगो व्यवस्थापनको महत्वलाई उजागर गर्दै सामूहिक प्रयासको आवश्यकतालाई जोड दिन्छ । यसरी पानी मानव जीवनको आधारभूत आवश्यकता पनि हो । जसलाई भन्ने नै हो भने पृथ्वीको सतहको लगभग ७१ प्रतिशत भाग पानीले ढाकिएको भए पनि मात्र २.५ प्रतिशत पानी नै मिठो पानी (शुद्ध जल) हो । जसको ठूलो अंश हिमनदी र हिउँचुलीहरूमा सञ्चित छ । जुन हिमनदीहरू पृथ्वीको ‘प्राकृतिक पानीको भण्डार’ जस्तै हुन्, जसले नदीहरूमा निरन्तर पानी प्रवाह गरिरहन्छन् । फलतः विश्व पानी दिवस प्रत्येक वर्ष मार्च २२ मा मनाइन्छ । जसको मुख्य उद्देश्य पानीका स्रोतहरूको संरक्षण, दिगो उपयोग र जल व्यवस्थापनमा जनचेतना फैलाउनु हो । यसर्थ सन् २०२५ को विश्व पानी दिवसको अंग्रेजी मूल विषयवस्तु (Glacier Preservation) ‘हिमनदी संरक्षण’ रहेको बताइएको छ । जसले हिमनदी संरक्षणको महत्वलाई थप उजागर गर्नेछ ।
हिमनदी संरक्षण केवल वातावरणीय विषयमात्र होइन, यो मानव अस्तित्वसँग प्रत्यक्ष सम्बन्धित छ । जुन हिमनदीहरू हाम्रो पृथ्वीको अमूल्य सम्पत्ति हुन् । जसलाई जोगाउनु हाम्रो दायित्व हो । यसर्थ विश्व पानी दिवसले हिमनदी संरक्षण र पानीको दिगो व्यवस्थापनको महत्वलाई उजागर गर्दै सामूहिक प्रयासको आवश्यकतालाई जोड दिन्छ । हामी सबै मिलेर हिमनदीहरूलाई बचाउन र पानीको दिगो व्यवस्थापन गर्न प्रतिबद्ध हुनुपर्छ ।
हाम्रो देशको सन्दर्भमा अवलोकन गर्ने हो भने हिमालय क्षेत्रका हिमनदीहरू नेपालको प्राकृतिक सम्पदा, जलस्रोत र सांस्कृतिक पहिचानको आधार पनि हुन् । यी हिमनदीहरूले नदी, खोला, झरनाहरूको उत्पत्ति गरेर करोडौं मानिसहरूको जीवन, कृषि, ऊर्जा र अर्थतन्त्रलाई आधार प्रदान गर्दछन् । तर, जलवायु परिवर्तन, प्रदूषण र मानवीय गतिविधिहरूले गर्दा यी हिमनदीहरू पिघ्दै गएका छन् । यसले नेपालमात्र होइन, समग्र एसियाली क्षेत्रको जलसुरक्षा, पारिस्थितिकी तन्त्र र जैविक विविधतामा गम्भीर खतरा उत्पन्न गरेको छ । यसै सन्दर्भमा, हिमनदी संरक्षणको महत्व बढ्दै गएको छ । साथै, विश्व पानी दिवसले पनि जलस्रोतको सतत प्रबन्धन र संरक्षणको आवश्यकतालाई वैश्विक मञ्चमा उठाउँदै आएको छ । तथापि, सन् २०२५ मा मनाइने विश्व पानी दिवसको विषयवस्तु र यसले हामीलाई दिने सन्देशले हिमनदी संरक्षणसँग जोडिएर नयाँ अवसर र चुनौतीहरू प्रस्तुत गर्ने देखिन्छ । यस अर्थमा भन्नुपर्दा हिमनदी संरक्षणको वर्तमान अवस्था, चुनौतीहरू, संरक्षणका उपायहरू र विश्व पानी दिवस २०२५ का अवसरमा यसको भूमिका विस्तृतरूपमा विश्लेषण गर्नुपर्ने आवश्यकता देखिन्छ । यसैगरी हिमनदी भनेको हिमालय क्षेत्रमा लामो समयसम्म जमेको बरफ, हिउँ र हिमपिण्डहरूको ठूलो संग्रह पनि हो । यसको निर्माण हजारौं वर्षको हिमपात, संघनन र दबाबको प्रक्रियाबाट हुन्छ । तसर्थ हिमनदीहरू पृथ्वीको ताजा पानीको सबैभन्दा ठूलो भण्डार पनि हुन् । जुन मुलुकमा ३,८०० भन्दा बढी हिमनदीहरू छन् । जसमध्ये एभरेष्ट, अन्नपूर्ण, लाङटाङ, कञ्चनजङ्गा क्षेत्रका हिमनदीहरू प्रमुख छन् ।
हिमनदी संरक्षणको आवश्यकता
हिमनदीहरू जलवायु परिवर्तनको कारणले तीव्ररूपमा पग्लिरहेका छन् । यसले नदीहरूमा पानीको मात्रा परिवर्तन गरिरहेको छ । जसले गर्दा सिँचाइ, खानेपानी आपूर्ति, जलविद्युत् उत्पादन र जैव विविधतामा गम्भीर असर पार्न सक्छ । जुन हिमनदी संरक्षण किन महत्वपूर्ण छ भनेर बुझ्न निम्न कारणहरू उल्लेखनीय छन् :
खानेपानी आपूर्ति : धेरै देशहरूको मुख्य पानीको स्रोत हिमनदीहरूबाट बग्ने नदीहरू हुन् । नेपाल, भारत, चीनजस्ता मुलुकका मुख्य नदीहरू हिमनदीबाट उत्पन्न भएका छन् ।
जलविद्युत् उत्पादन : नेपालजस्तै देशहरूमा जलविद्युत् नै मुख्य ऊर्जा स्रोत हो, जुन हिमनदीहरूमाथि निर्भर छ ।
बाढी र सुक्खा नियन्त्रण : हिमनदीहरूको असन्तुलित पग्लाइले बाढी र सुक्खाको समस्या निम्त्याउन सक्छ ।
पर्यावरण संरक्षण : हिमनदीहरूले वनस्पति तथा वन्यजन्तुको जीवनचक्रमा महत्वपूर्ण भूमिका खेल्छन् ।
हिमनदीहरूमा जलवायु परिवर्तनको प्रभाव
ग्लोबल वार्मिङका कारण तापक्रम बढ्दै गएकाले हिमनदीहरू तीव्ररूपमा पग्लिरहेका छन् । जसमा भन्ने नै हो भने अनुसन्धानहरूले देखाएका छन् कि सन् २०५० भित्रमा हिमालय क्षेत्रका ३०–५० प्रतिशत हिमनदीहरू हराउने खतरा रहेको सम्बन्धित क्षेत्रका वैज्ञानिकहरूले औंल्याएका छन् ।
समुद्री सतह वृद्धि : यसमा पनि भन्ने नै हो भने पग्लिएका हिमनदीहरूको पानी समुद्रमा मिसिएर समुद्री सतह बढाइरहेको छ । जसले गर्दा तटीय क्षेत्रका बासिन्दाहरूलाई जोखिममा पार्ने अनुमान गरिएको छ ।
जलस्रोत संकट : जब हिमनदीहरू पग्लेर साना हुन्छन् । तिनबाट उत्पन्न हुने पानीको मात्रा घट्छ । जसले गर्दा दिगो जल आपूर्तिमा समस्या ल्याउँछ ।
प्राकृतिक प्रकोप वृद्धि : हिमताल विस्फोटन (Glacial Lake Outburst Flood-GLOF) जस्ता घटनाहरू बढी हुँदै गएका छन् । जसको कारणले गर्दा मानव बस्तीलाई प्रत्यक्ष असर पुर्याउँछ ।
नेपालका हिमनदीहरूको अवस्था
नेपालका हिमनदीहरू विश्वका केही सबैभन्दा छिटो पग्लिरहेका हिमनदीहरूमा गनिन्छन् । हाल नेपालमा करिब ३,२५२ हिमनदीहरू र २,३२३ हिमतालहरू रहेको अनुमान गरिएको छ । यी हिमनदीहरूमा जलवायु परिवर्तनको असर प्रत्यक्षरूपमा देख्न सकिन्छ ।
हिमनदीको संकुचन : नेपालका धेरै हिमनदीहरू छोटिँदै गएका छन् । उदाहरणका लागि खुम्बु हिमनदी वार्षिकरूपमा २०-३० मिटर पातलो हुँदै गइरहेको छ ।
हिमताल विस्फोटनको खतरा : नेपालमा हाल ४७ वटा हिमताल विस्फोटनको उच्च जोखिममा रहेको मानिएको छ ।
नदी प्रणालीमा असर : कोशी, गण्डकी, कर्णालीजस्ता नदी प्रणालीहरूमा हिमनदी पग्लने दरले प्रभाव पार्न थालिसकेको छ ।
सरकार, वैज्ञानिक, गैरसरकारी संस्थाहरू र स्थानीय समुदाय सबैले मिलेर दिगो विकासका उपायहरू अवलम्बन गर्नुपर्छ । वस्तुतः विश्व पानी दिवस सन् २०२५ ले हिमनदी संरक्षणका लागि नयाँ पहल गर्ने अवसर प्रदान गर्नेछ । जसले भविष्यका पुस्ताहरूलाई सुरक्षित र स्वच्छ पानी उपलब्ध गराउने मार्ग प्रशस्त गर्नेछ । अतः हिमनदी संरक्षण र विश्व पानी दिवस दुवै पृथ्वीको भविष्यसँग जोडिएका छन् । हामीले आजै संयुक्त प्रयास गरेर यसलाई बचाउन सक्छौं ।
हिमनदी संरक्षणका उपायहरू
हिमनदीहरूलाई जोगाउन विभिन्न वैज्ञानिक, नीतिगत र सामाजिक उपायहरू अवलम्बन गर्न आवश्यक छ । केही महत्वपूर्ण उपायहरू निम्नानुसार छन् :
वन संरक्षण र पुनर्वनीकरण : वन विनाश रोक्नु र थप वृक्षारोपण गर्नु हिमनदीहरूको संरक्षणका लागि महत्वपूर्ण उपाय हो । जसले गर्दा वनस्पतिले माटो जोगाएर पानीको निकासलाई नियन्त्रण गर्न मद्दत गर्छ ।
नवीकरणीय ऊर्जाको प्रवद्र्धन : जीवाश्म इन्धनको सट्टा सौर्य ऊर्जा, पवन ऊर्जा र जलविद्युत्को प्रयोग बढाउनुपर्छ । जसको कारणले गर्दा कार्बन उत्सर्जन घटाएर ग्लोबल वार्मिङ नियन्त्रण गर्न मद्दत पुग्छ ।
हिमनदी अनुगमन र अनुसन्धान : वैज्ञानिकहरूले हिमनदीहरूको अवस्थाको नियमितरूपमा अनुगमन तथा अध्ययन अनुसन्धान गर्नुपर्छ । जसलाई हालको प्रविधि विधिअनुरूप स्याटेलाइट इमेजिङ, ड्रोन प्रविधि र तापमान विश्लेषण गरी हिमनदीहरूको अवस्था पत्ता लगाउनुपर्छ ।
स्थानीय सहभागिता र जनचेतना कार्यक्रम : हिमाली क्षेत्रका बासिन्दाहरूलाई हिमनदी संरक्षणको महत्वबारे सचेत गराउनुपर्छ । जसले गर्दा हिमनदी पर्यटनलाई वातावरणमैत्री बनाउने नीति अवलम्बन गर्नुपर्छ ।
नीतिगत सुधार र अन्तर्राष्ट्रिय सहयोग : सरकारले जलवायु परिवर्तन नीतिहरू प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्छ । जसले गर्दा नेपालजस्ता हिमालय क्षेत्रका राष्ट्रहरूले अन्तर्राष्ट्रियस्तरमा सहयोगी नीति बनाउनुपर्ने आवश्यकता हुन जानेछ ।
निष्कर्षमा भन्नुपर्दा हिमनदी संरक्षण केवल वातावरणीय विषयमात्र होइन, यो मानव अस्तित्वसँग प्रत्यक्ष सम्बन्धित छ । जुन हिमनदीहरू हाम्रो पृथ्वीको अमूल्य सम्पत्ति हुन् । जसलाई जोगाउनु हाम्रो दायित्व हो । यसर्थ विश्व पानी दिवसले हिमनदी संरक्षण र पानीको दिगो व्यवस्थापनको महत्वलाई उजागर गर्दै सामूहिक प्रयासको आवश्यकतालाई जोड दिन्छ । हामी सबै मिलेर हिमनदीहरूलाई बचाउन र पानीको दिगो व्यवस्थापन गर्न प्रतिबद्ध हुनुपर्छ । यसर्थ हिमनदी संरक्षण र विश्व पानी दिवस दुवैले मानव र प्रकृतिबीच सन्तुलन कायम गर्न आहृवान गर्दछन् । जसमा सन् २०२५ को विश्व पानी दिवसले नेपाललाई हिमनदी संरक्षणमा अग्रणी भूमिका निभाउने मौका दिनेछ । यसका लागि हिमनदी अनुगमन प्रणाली सुदृढ बनाउने, स्थानीय समुदायलाई संरक्षण कार्यमा सहभागी बनाउने र जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय दबाब बनाउने आदि रहेका छन् । यदि हामीले जलवायु परिवर्तनलाई नियन्त्रण गर्न पहल गरेनौं भने भविष्यमा खानेपानी संकट, प्राकृतिक प्रकोप र वातावरणीय असन्तुलनले झन् गम्भीर रूप लिन सक्छ । यसरी नेपालजस्ता हिमालय क्षेत्रका देशहरूका लागि हिमनदी संरक्षण एक अपरिहार्य विषय बनेको हो । त्यसैले सरकार, वैज्ञानिक, गैरसरकारी संस्थाहरू र स्थानीय समुदाय सबैले मिलेर दिगो विकासका उपायहरू अवलम्बन गर्नुपर्छ । वस्तुतः विश्व पानी दिवस सन् २०२५ ले हिमनदी संरक्षणका लागि नयाँ पहल गर्ने अवसर प्रदान गर्नेछ । जसले भविष्यका पुस्ताहरूलाई सुरक्षित र स्वच्छ पानी उपलब्ध गराउने मार्ग प्रशस्त गर्नेछ । अतः हिमनदी संरक्षण र विश्व पानी दिवस दुवै पृथ्वीको भविष्यसँग जोडिएका छन् । हामीले आजै संयुक्त प्रयास गरेर यसलाई बचाउन सक्छौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच