
‘बोल्दैन फोटो’ डा. रामप्रसाद दाहालद्वारा लेखिएको पुस्तक हो । दाहाल नेपाली साहित्यमा नियात्रा, आख्यान, गीत तथा कविताहरू लेख्ने गर्नुहुन्छ । लामो समयसम्म प्राध्यापन क्षेत्रमा संलग्न दाहाल पछिल्लो समयमा लेखनमा तन्मयका साथ लाग्नुभएको छ । ‘बोल्दैन फोटो’ लाई उहाँले नियात्रोपन्यास भन्नुभएको छ । यस अर्थमा यो विधा अन्य विधाभन्दा फरक जस्तो देखिन आएको छ तर नियात्राको वस्तुगत विश्लेषणका साथै लेखकले यसलाई आख्यानीकरण गर्नुभई यसलाई उपन्यासको स्वरूप दिनुभएको हो । पुस्तक सानो पकेट साइज भनिने स्ट्यान्डर्ड साइजमा लेखिएको छ ।
यसको प्रकाशक दायित्व वाङमय प्रतिष्ठान रहेको छ भने सर्वाधिकार लेखकमै रहेको छ । पहिलो संस्करणका रूपमा २०८० साल पुसका प्रकाशित भएको यो पुस्तक ५०० प्रति छापिएको छ । सूर्योदय छापाखाना हाँडिगाउँ काठमाडौंमा यसको मुद्रण भएको छ । पुस्तक भूमिका खण्डसमेत १६० पृष्ठको छ । यसको मूल्य २०० रुपैयाँ रहेको छ । पुस्तकमा पहेँलो हलुका कागजको प्रयोग भएको छ र छपाइ पनि स्तरीय छ तर यति हुँदाहुँदै पनि कतै कतै अशुद्धिहरू रहेका पाइन्छन् ।
यस पुस्तकलाई लेखकले गरेको सगरमाथा क्षेत्रको यात्रालाई आख्यानीकरण गरेर औपन्यासिक रूप दिइएको छ । यसका लागि उहाँले सहयात्रीहरूलाई नै नाम अलिक भिन्न बनाएर कृतिमा पात्र बनाउनुभएको पाइन्छ । उहाँले सगरमाथा, कालापत्थर, फेरिचे, बेसक्याम्प, होटल एभरेस्ट भ्यु, स्याङबोचे, नाम्चेबजार र लुक्ला क्षेत्रको भ्रमण गरेपछि लेखिएको पुस्तकको हो यो ।
पुस्तकको आवरण आकर्षक छ । कालो पृष्ठभूमिमा माथि हिमाल देखाइएको छ र सेता ठूला अक्षरमा पुस्तकको शीर्षक राखिएको छ ‘फोटो बेल्दैन’ भनेर । बीचमा अमूर्त मानवमुहार देखाइएको छ भने तल साना अक्षरमा लेखकको नाम दिइएको छ । लेखकको हिमाली क्षेत्रको यात्रा गरेर लेखेको पुस्तक भएका कारण आवरण पुस्तकसँग विषय संबद्ध रहेको पाइन्छ । आवरणको भित्रपट्टि लेखकका विभिन्न ठाउँमा पुगेको अवस्थाका फोटाहरू दिइएको छ । पृष्ठ आवरणमा लेखकको फोटो र राष्ट्रिय झन्डा दिइएको छ । बीचमा यस पुस्तकको सम्बन्धमा भूमिका खण्डमा भएको महत्वपूर्ण भनाइलाई उदृत गरिएको छ भने तल प्रकाशक संस्था दायित्व वाङ्मय प्रतष्ठानको नाम र लोगो दिइएको छ ।
पुस्तक सत्र परिच्छेदसम्म विस्तार भएको छ । यस पुस्तकलाई लेखकले गरेको सगरमाथा क्षेत्रको यात्रालाई आख्यानीकरण गरेर औपन्यासिक रूप दिइएको छ । यसका लागि उहाँले सहयात्रीहरूलाई नै नाम अलिक भिन्न बनाएर कृतिमा पात्र बनाउनुभएको पाइन्छ । उहाँले सगरमाथा, कालापत्थर, फेरिचे, बेसक्याम्प, होटल एभरेस्ट भ्यु, स्याङबोचे, नाम्चेबजार र लुक्ला क्षेत्रको भ्रमण गरेपछि लेखिएको पुस्तकको हो यो । पुस्तकको अन्तिममा उहाँले यात्रा गरेका स्थान, सहयात्री, पुस्तकका पात्र, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको भनाइ, लेखकको भनाइ र लेखकको परिचय दिइएको छ ।
पृष्ठ आवरणको भित्रपट्टी हिमाली क्षेत्रको दृश्य झल्किने गरी विभिन्न तस्वीरहरू राखिएका छन् । यस पुस्तकमा नेपालको प्रकृति, प्रेम, संस्कृति, अध्यात्म, पर्यटन, देशभक्ति, मानवीय संवेदना, नेपाली भूगोल लगायतका विषयहरू समाविष्ट भएको पाइन्छ । पुस्तकका लागि दाहाललाई बधाई तथा उहाँबाट फेरि फेरि पनि यस प्रकारका पुस्तकहरू आइरहून् उहाँलाई शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच