
✍️ सुरेशकुमार भट्ट
उहिले उहिले गाउँघरमा पढ्ने स्कुल थिएन । धेरै मान्छे निरक्षर नै थिए । तमसुक लेख्न चिठी पढ्न पनि एक बिहानकै बाटो हिँडेर पढिदिने मान्छेकोमा जानुपथ्र्यो । कसैकसैले आफ्नै घर धन्सारमा गुरुकुलका रूपमा पढाउँथे भने कोहीले गुरुलाई ल्याएर गाउँमै एक गुरुकुलका रूपमा छोरा पढाउँथे । नगण्य रूपमा कताकति छोरी पनि पढाउँथे केही घरानियाँ वा गुरुकुलका पण्डित गुरुहरूका परिवारमा नत्र अधिकांश साक्षर पाउन पनि दुर्लभ थियो ।
बाहुन, क्षत्री, ठकुरी, काजी, पुराना खानदान व्यपारी नेवार, गुरुङ, मगर परिवारका छोराहरू धेरै दिन लगाएर गुरुकुलमा वा वनारसतिर पढ्न जान्थे । त्यतिखेरको बाहुन क्षत्री समाजमा प्रचलित उखानै थियो- “छोरालाई एकफेर वनारस पठाउनु सके त पढेर पण्डित भएर आउला त्यति पनि भएन भने धोती त फेर्न/लाउन जान्ने भएर आउँछ ।” त्यसैले गोरखाका न्यायिक राजा राम शाहका पालादेखि त झन् अर्को उखान थपियो “विद्या बटुल्न काशी जानु, न्याय नपाए गोरखा जानु” भनेर भन्ने चलन चल्तीमा ।
त्यस बेलाको परिवार घरबार परम्परागत रूपमा चलेको थियो । त्यसैले छोराछोरी भएपछि गोठालाको हर्ज हुँदैनथ्यो गोठाला भएपछि पशुवस्तु थपिन्थ्यो । अनि त गोठालाहरू वनजंगलमा प्रसस्तै हुन्थे केटाकेटी ठिटाठिटी तन्नेरी तरुनीको चढ्दो बैंस वनबनेलो घाँसपात गीतबात रसियाघँसिया गीत गाएर उकाली ओराली धाएर जीवन गुजारा चलिरहेको हुन्थ्यो ।
तत्कालीन समयको वस्तुस्थितिलाई लोकवेदको शाखा आहान उखानले उजागर गरेको थियो किनकि पढालेखा कोही नाई सबै हलो जोत्ने खेती गर्ने पशुपालन गर्ने जसका परिवार धेरै छन् उसैका खेतीपातीको आलय ठूलो हुने पशु पनि धेरै उही घरमा हुन्थे किनकि खेती गर्न गोबर चाहियो । पशु पाले गोबर पाइयो । गोबर हाले खेती बाली राम्रो भए खाइयो । त्यही भएकाले भन्थे ‘जहाँ गोबर उहीँ दोब्बर’ । जब खेतीपाती धेरै पशुपालन धेरै भयो कोही कसैको परिवार पनि धेरै भयो छोराछोरी पनि धेरै भए निर्धक्कसँग भन्थे “जसका छोरा त्यसको धन, जसका भैँसी उसका वन ।”
यसरी त्यस बेलाको परिवार घरबार चलेको थियो । त्यसैले छोराछोरी भएपछि गोठालाको हर्ज हुँदैनथ्यो गोठाला भएपछि पशुवस्तु थपिन्थ्यो । अनि त गोठालाहरू वनजंगलमा प्रशस्तै हुन्थे केटाकेटी ठिटाठिटी तन्नेरी तरुनीको चढ्दो बैंस वनबनेलो घाँसपात गीतबात रसियाघँसिया गीत गाएर उकाली ओराली धाएर जीवन गुजारा चलिरहेको हुन्थ्यो । कुखुरे बैंसकादेखि यौवनका अनुभवीसमेत गोठाला जान्थे । आगाको अघि नौनी पग्लने प्रक्रिति नै हो त्यसमा पनि विपरीत लिंगी बीचमा त बिजुलीको झड्का लाग्नु स्वाभाविकै हो ।
कहिले हाँसीमजाकमा कहिले गीति दोहोरीमा कहिले गोठाले खेलकुद पौडीमा सँगसँगै भएपछि एक-अर्कामा आकर्षित हुने नै भए । विकसित हँुदै गरेका यौन अंग र तिनको आकर्षण अनि जानीनजानी चास्सचुस्सको स्पर्श यी सबै मानवीय शारीरिक विकासले हुने संवेग आकर्षण र स्पर्शले पैदा गर्ने कौतुहलता र एकान्तको आवेग अनि सम्झौताले सुरु गर्ने कार्यहरू नै यौवनका यौन उत्तेजना र कामना हुन् । यस्तो स्वाभाविक रूपमा जो जुन परिवेशमा हुर्कियो त्यही अनुसारको उत्सुकता र अनुभूति भयो ती गोठालाहरूमा पनि हुँदै गयो । त्यसैले पल्लो डाँडाबाट आइज बोके लाला भनेर गोठाल्नीले भन्ने यताको डाँडाबाट गोठालाले लेले भन्यो भने पक्कै लाला लुलु हुने भयो भनेर बुझे हुन्थ्यो ।
एक दिनको कुरा हो गाई, भैँसी, बाख्राहरू कोही जंगलमै चर्दै थिए कोही टारी फाँटमा निस्कँदै थिए । घाम पनि ओरालो लाग्दै थियो डाँडाकाँडातिर । छड्के घाममा टारी फाँटमा गोठालाहरू जम्मा भएर गफ गर्दै थिए । मसिना भुरा खलेगरामा दुई समूह भएर कोही कुखुरी काँ, कोही भुइँमा टोपी लुकाइ खेल्दै थिए । बोलाबाला तन्नेरी तरुनीकै थियो । किशोर किशोरी बालबालिका र वृद्धवृद्धाको भन्दा । प्रसंग एकजना ठट्येउला बुढाबा गोठालाले दाम्लाको मुठो कसे, नाम्लो बुन्दाबुन्दै थपक्क राखे र तन्नेरी तरुनी गोठालातिर लक्ष्य गरेर हेर्दै लेग्रो तान्दै कुरा निकाले । ‘ए ¤ केटाकेटी हो, ल भन त केटो बाठो कि केटी बाठो हुन्छ ?’ छोरा मान्छे र छोरी मान्छेमा अर्थात् आइमाई र लोग्ने मान्छेमा को बाठो हुन्छ ? ‘को बाठो ? केटा कि केटी ?’
सबै दंग परेर बुढाको मुखतिर हेरिरहे तन्नेरी तरुनीहरू अनि भर्खरका गेले केटाकेटी चाहिँ होइन के भन्या होला भनेर पकरल्ल परेर सुनिरहे । पुतलीले भनी केटीमान्छे बाठो हुन्छ बिचैमा रनेले भन्यो होइन केटा मान्छे बाठो हुन्छ । धेरै बेर दोबल फसल भई रहृयो सबै वस्तुभाउहरू पनि खेतमा निस्किसके घाम डाँडामा बस्नै लागेको थियो सबैजना एक-अर्कामा सहमत हुन नसकेपछि बुढाबातिर फर्किएर भने ‘खोइ बा हामीले त भन्न सकेनौँ कुन हुन्छ होला बा तपाईं नै भनिदिनु भने । बुढाले एक हप्ता समय दिए । म पनि भन्न सक्दिन तिमीहरू पनि बुझ म पनि बुझ्छु । एक सातापछि को हुन्छ बुझेर भनौँला ल आज सबै डिंगरडागर लिएर घरतिर जाओ भनेर उठे । हस् बा हस् भन्दै सबै आआफ्ना गाईवस्तु बटुलेर गन्दै धपाउन थाले घरतिर ।
बाटामा रने र पुतलीको घच्चाघच्ची पर्दैगयो । कानमा खुसुक्क पुतलीले भनी भरै ठूलो जहानको भात खाने बेला टरेपछि तँ मकहाँ बाहिरको कोठामा आइज । नाइँ म हिजै आएको होइन ? अरू कुरा नगर खुरुक्क म भन्छस् भने मैले भन्या बेलामा आइज नत्र तँ मसँग छैनस् । ल ल भयो नरिसा आउँछु । अरूले सुन्ने गरेर भनी पुतलीले जति जे भने नि आइमाईको अगाडि छोरा मान्छेको केही लाग्दैन बाबै आइमाईले चाहृयो भने छोरा मान्छेलाई खेलौँना बनाइदिन्छन् बुझ्यौ केटा हो भनेर कड्किई पुतली ।
रनेले भन्यो, ‘स्त्रीया चरित्र बुझ नै कोही स्वामी मारी सती गई । हेर भाइ हो यो पुतली पनि इस्तिरी त हो होला होला हुनसक्छ है हुन त । आइमाईले रूप बदल्न बेरै लाउँदैनन् रे बाबै जिम्मुवाल बाले भन्या । भयो भयो तेरा जिम्मुवाल बा पो कत्रा हुन् र एउटीले नभएर दुईटी, दुईटीले नभएर तिन्टी त्यतिले नि नपुगेर बुढेसकालमा लौरो टेकेर गँगटेको उकालो हिँडिराछन् थाहा छ तँलाई ? भयो भयो भन्नुपर्दैन तेरा मुखिया कम्ती छन् कि के हो कान्छी ?
मुखिया बा को कुरा किन गर्नुपर्यो तँलाई कान्छा कि तँ पनि त्यस्तै हुने मन छ र ? ए मलाई नघोच धेरै मेरै तगारामा आएर । भयो भयो नरिसा न कुराको कुरा पो गरेको त कान्छा भनेर ढाप मार्दै भनी नबिर्सी नि फेरि है भनेर स्याँ स्याँ भन्दै आफ्नो बाख्रा छुट्याएर गई पुतली दौडिँदै । सबै आ-आफ्ना तगाराबाट छुट्टिँदै गए अन्तिममा बुढीबा डाँडाघरे पनि ल है वस्तु आ’छ घरमा को छौ हेर है हेर भन्दै तगारा लाएर खुई ए गर्दै पिँडीमा दाम्लो र नाम्लो फालेर घद्रक्क पिँडीको खाटमा पल्टिएर भने हरि ...हरि ।
पूर्व-सल्लाहअनुसार आफ्नो घरमा भात खाएर ठूलो जहान भएकोले समय विचार गर्न रने छेउघरमा गएर बस्यो । छेउघर भनेको पुतलीको जेठाबाउको घर थियो । पुग्नेबित्तिकै जेठाबा दर्शन गरेँ है’ ए ल भाग्यमानी भएस् ।’ आज कता आइस् तनि रनु साँझमा ? आ बा गोठालो गएर आउनेबित्तिकै आमाले आज खाजा बनाउन भ्याइन भात पाक्या छ यही खा भनिन्, भोक नि लागिराथ्यो पेट उकासिहालेँ सिउसाँझै के सुत्नु बरु तल्लो गाउँ जान्छु भनेर झरेको । ए ल ल बस त पेट उकासेर आएँ भन्छस् हाम्रो भर्खर चुल्हामा आगो बल्दै छ ।’ ठूला घरका ठूलै कुरा ठूला बा ।’ हुन त हो त्यो पनि हो । अँगेनामा तिहुन चुल्हामा दुईतिर भात दूध अघि नै तताएकै छ कति बेर लाग्छ र । आगो फुक्न बेर न पाक्न बेर हगी ।’
जुगजमाना बाठाकै छ । विचरा यी लोग्नेमान्छे आइमाई मनपरे हत्तो हाल्छन् । त्यही आइमाईले मार्दै बचाउँदै गरेर माया गरेझैँ गरी खेलौँना बनाएर खेलाएको पत्तो पाउँदैनन् । अझै भन्छन् मेरी आइमाई जस्ती त कोही पनि छैन भनेर हिँड्छन् ।
यस्तै कुराकानी गर्दै मकै छोडाउँदै गर्दागर्दै ठूलो साँझ टर्यो पल्ला गाउँमा चितुवाले कुकुर लग्यो भनेर हल्ला गर्न थाले यताबाट पनि ‘अ ह ह । हउट कता हो पुछारे भने बुढाले । उताबाट पनि अह हह चितुवा आयो बा कुकुर काङ काङ कुङ कुङ ग¥याछ । खेदो खेद राँका बालेर । एकै छिनमा राँका लिएर हउट हउट अह हह भन्दै छेउछाउ निस्किएर राँको निभ्यो घरतिर लागे चितुवा आतंक साम्य भयो । यता भात खाइसकेर सुत्ने तरखर गर्दैगर्दा रने घरतिर जान निस्कियो । जेठा बाले यतै सुत है कान्छा चितुवाले चिथोर्ला भने । रनेले भन्यो आजभोलि बाघ छैनन् चितुवा मान्छेको गन्धले नि भाग्छ । ए बा सो कुरा त खुर्पेटो नभिरी कहाँ हिँड्छु र जम्काभेट भइहाल्यो गल्लीमा भने बसालिहाल्छु नि ।
त्यो त हो कान्छा ल ल जा । रने सुरुसुरु पर गएर खुस्रुक पुतलीको आग्लो नलाको पिँडी कोठाको ढोकाबाट भित्र छिर्यो’ । पुतलीले लामो सास फेरी । एकछिन दुईजना अँध्यारामा एक भए अनि रात धेरै गइसक्यो तँ अब जा बरु मलाई केही प¥यो भने आइज है कुदेर भनी । रने निस्केर जाँदै थियो एकै छिनपछि पुतलीले गुहारलाई ‘गुहार गुहार मेरो ढोकामा चोर आयो चोर आयो’ भनी । रने एकछिन उकालामै रोकियो र दौडेर पुतलीको घर नजिकै आएर भन्यो ए कता हो ? यता हो यता ऊ दुईजना रहेछन् । तल्लो गल्लीमा हामफाले । मान्छे एकपछि अर्को गरेर धेरैजना जम्मा भए तर ढिलो कहाँ ? के कसरी ? भनेर सोधे । पुतलीले भनी म गुहार लाउँदै कराएपछि रने यहाँ पुग्यो र पो नत्र त के पो गर्थे होला ।
दुईजना घुरमैलो लुगा लाएका पिँढीबाट तल्लो गरामा भुक्क हाम्फाले । त्यसपछि फिलिली गरेर गल्लीतिर गए । म त हेर जिउ कामीराछ भनी । मनमनै रनेको भने मन जिउ सबै आजैलाई रहेछ मलाई चोर लाएर मार्न पो बोलाई छ क्यारे’ भनेर साह्रै डराएर मुख सुकाइरहेको थियो । रने तँ त बोलेकै छैनस् नि त भन्दा झसंग भएर भन्यो, म त जेठाबा कहाँ पनि खा कान्छा यो उमेरमा जति खाए नि हुन्छ खाएर र गरेर नथाक्ने बेला हो । हाम्रो पालामा त बाबै भने बुढाले लौ भनेर घरमा साँझ खाएर पनि खाइहाले । भुँडीले धानेन खोल्सीमा बाहिर बसेँ अनि जुरुक्क उठेर कछाड बाँन्दै थिएँ । पुतलीले गुहार लाई चोर आयो भनेर अनि दौडेर आएँ ।
माथिबाट हेर्दा कोही पनि देखिन । मैलाई पो चोर लाइछ कि भनेर उतै डिलबाटै के हो कता हो भन्दै आउँछु त पुतली मुजेत्रो बेरिएर आँगनमा दौडिँदै रैछ । त्यसपछि दाइभाउजू पल्लो पिँढी डिलमा निस्किए । बल्ल मेरो मन पनि थातमा आयो । आज पुतलीले भनौँ कि चोरले भनौँ म पनि एकछिन आत्तिएँ । पुतलीले भनी अर्काको घरमा चोर आयो भन्दा पनि डराउँदो रहेछस् नि त खुब फुइँफाइँ गर्थिस् ।’
नजिकै गएर अरूले नसुन्ने गरी भनी देखिस् बाठो को ? रनेले भन्यो ल ल । आजलाई बचेर भाग्यो भन्दै जुरुक्क उठ्यो र रनेले भन्यो ल है माथिल्लो गाउँले हो जाओ भन्दै निस्केर पुतलीको नजिकै गएर भन्यो ल बस् अब चोर फेरि आउँदैन । हामी गयौँ भन्दै सबै बाटो लागे । पुतली हेरिरही र मनमनै भनी रनेको आज सातो गयो भोलि एकान्त पारेर वनमा सबै बेलिविस्तार लाएर सातो बोलाइदिन्छु विचरालाई सोझो छ मेरो रने । दाइले भने के उमउम गरिरा जा सुत उल्टो आग्लो ठोक के भन्न सकिन्छ र गहना देखाई हिँड्छेस् अनि चोर लाग्दै न त ? जा जा सुत । ए हिँड् त नि जाऊँ भनेर पल्लो पिँढी कोठातिर लागे ।
दाइभाउजू गएपछि भनी जुगजमाना बाठाकै छ । विचरा यी लोग्नेमान्छे आइमाई मन परे हत्तो हाल्छन् । त्यही आइमाईले मार्दै बचाउँदै गरेर माया गरेझैँ गरी खेलौंना बनाएर खेलाएको पत्तो पाउँदैनन् । अझै भन्छन् मेरी आइमाई जस्ती त कोही पनि छैन भनेर हिँड्छन् । ढोका लाउँदै मनमनै बात मार्दैथी पुतली । अब थाहा पाउन दुनियाँ को बाठो आइमाई कि लोग्नेछोरो । बरु डाँडाघरे बाले यी कुरा सुनेर शंका गर्छन् कि ? आ अपराधी मन सधैँ ढुकढुक’ भन्छन् आ जेसुकै होस् म रनेलाई छाड्दिन रनेले मलाई छाड्दैन भन्दै गम्लङ्ग बर्कोमाथि चित्रेपाखी खापेर सुती पुतली । को बाठो ? अब प्रश्नको उत्तर कथाले नै दिइसक्यो । केटो कि केटी ?
गोठाले कथा सबैले सुन
यो गाँठो फुन मन मनमा गुन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच