
काठमाडौं । नेपाली फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले स्टार खेलाडीले भरिएको पिएसजीविरुद्ध दुई गोल गरेकी छन् ।
गएराती सम्पन्न खेलमा फ्रान्सेली महिला लिगको बलियो टोली पेरिस सेन्टजर्मेन (पिएसजी)विरुद्ध साम्बाले एन अभान्ट ग्वेङगाम्पका लागि दुई गोल गरेकी हुन् । यदपी साम्बा सम्मिलित ग्वेङगाम्पभने पिएसजीसँग ६–२ गोल अन्तरले पराजित भयो ।
पिएसजीविरुद्ध ग्वेङगाम्पका लागि दुवै गोल साम्बाले गरिन् । उनले २८ औं र मिनेटमा ८८ औं गोल गरेकी हुन् ।
२२ औं मिनेटमा पहिलो गोल गरको पिएसजीले छैटौं तथा अन्तिम गोल ९० औं मिनेटमा गर्दै सहज जित निकालेको थियो।यो सिजन ग्वेङगाम्पको खराब प्रदर्शनको सिलसिला रोकिएको छैन। १८ खेलमा टोलीले १७ खेल हारेको छ । एक मात्र खेल जितेको टोली तालिकाको पुछारमा छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच