हवाई आक्रमणमा हमास सुरक्षा प्रमुखको मृत्यु भएको इजरायलको दाबी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । इजरायली सुरक्षा अधिकारीहरूले गाजामा इजरायली हवाई आक्रमणमा हमासको सामान्य सुरक्षा बलका प्रमुख रशिद जहजुह मारिएको दाबी गरेको छ । दुई महिनाको युद्धविराम समाप्त भएपछि मंगलवार पुनः शुरु भएको इजरायली आक्रमणमा मारिएका जहजुह हमासका पछिल्लो अधिकारी हुन् ।

गाजाका स्वास्थ्य अधिकारीहरूकाअनुसार हवाई आक्रमण शुरु भएदेखि २ सय बालबालिकासहित कम्तिमा ५ सय ६ प्यालेस्टिनीहरू मारिएका छन् । सोही आक्रमणमा हमासको सामान्य सुरक्षा बल भित्र खान युनिस क्षेत्रका प्रमुखको रूपमा चिनिने आयमान अत्सलिहको पनि मृत्यु भएको छ ।

एउटा छुट्टै आक्रमणमा, इजरायली सेनाले इस्लामिक जिहादको हतियार तस्करी एकाइका एक वरिष्ठ लडाकु इस्माइल अब्द अल-आललाई मारेको जिम्मेवारी लिएको छ । अब्द अल-आलले हालैका वर्षहरूमा समूहको अधिकांश हतियार तस्करी कार्यहरूको नेतृत्व गरेको आरोप छ ।

हवाई आक्रमण पुनः शुरु भएदेखि इजरायलले हमासको राजनीतिक ब्युरोका सदस्य र गाजामा सरकारी अनुगमन समितिका प्रमुख इस्साम अल-दालिससहित धेरै वरिष्ठ हमास अधिकारीहरूको हत्या गरेको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?