भोजपुर । पहाडी जिल्ला भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा संचालन भएको दोश्रो मेयर कप आमन्त्रित अन्तरपालिका पुरुष भलिवल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको
छ ।
शनिवार भएको फाइनल खेलमा षडानन्द नगरपालिकाले जिल्लाकै रामप्रसाद राई गाउँपालिकालाई लगातार २५–२३, २५–१७ र २५–२२ सेटले हराउँदै बिजेता बनेको हो । शनिवार नै भएको सेमिफाइनल खेलमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई पराजित गर्दै षडानन्द नगरपालिका र दोश्रो खेलमा भोजपुर नगरपालिकालाई हराउँदै रामप्रसाद राई गाउँपालिका फाइनलमा प्रवेश गरेको थियो ।
भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा संचालित प्रतियोगिताको बिजेता षडानन्द नगरपालिकाले नगद एक लाख २० हजार हात पार्यो भने उपविजेता रामप्रसाद राई गाउँपालिकाले नगद ६० हजारमा नै चित्त बुझाएको छ ।
यस्तै सेमी फाइनललिष्ट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र भोजपुर नगरपालिकाले नगद ३० हजार प्राप्त गरेको छ । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी षडानन्द नगरपालिकाका जर्सी नम्वर एकका बिष्णु बस्नेतलाई नगद १० हजार, उत्कृष्ट स्पाइकर रामप्रसाद राई गाउँपालिका जर्सी नम्वर चारका रोमन बस्नेत, उत्कृष्ठ सेटर रामप्रसाद राई गाउँपालिका जर्सी नम्वर नौका मनोज घिमिरे, उत्कृष्ट सर्भर षडानन्द नगरपालिका जर्सी नम्वर दुईका समिप श्रेष्ठलाई नगद चार–चार र सहभागी टिमहरुलाई पनि नगद १० हजार प्रदान गरिएको आयोजक जिल्ला भलिवल संघका महासचिव संग्राम किराँतीले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपाली सेनाको भोजपुरमा रहेको श्रीनयाँ श्रीनाथ गण, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, अरुण गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका र रामप्रसाद राई गाउँपालिका गरी सात टिमले सहभागिता जनाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच