
काठमाडौं । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले राजतन्त्र अब नफर्किने बताउनुभएको छ ।
जनकपुरमा आयोजित एक कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेपालमा राजतन्त्र फर्किन्छ भनेर प्रचार गरिएको भएपनि अब राजतन्त्र र राणातन्त्र फर्किन सम्भव नरहेको बताउनु भयो । उहाँले अरु देशमा राजतन्त्रको अन्त्य हुँदा कस्तो दुर्गति भएको छ भन्नेकुरा आफ्नो सीमालाई तत्कालीन राजाले बुझ्नुपर्ने बताउनु भयो ।
उहाँले राजतन्त्र अस्वीकृत भइसकेको बताउनु भयो । उहाँले नेपालको अन्तिम राजा ज्ञानेन्द्र शाह भएको बताउनु भयो । गणतन्त्रको जग बलियो भएकाले कसैले हल्लाउन नसक्ने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अरु देशमा राजतन्त्रको अन्त्य हुँदा राजाहरुको कस्तो दुर्गति भएको छ नमान्दाखेरी त्यो इतिहासमा प्रमाणित छ । त्यसैले आफ्नो सीमालाई राजाले बुझ्नुपर्यो । तत्कालीन राजाले । राजा अपदस्त भइसकेको मात्रै होइन, अस्वीकृत भइसकेको छ । नेपालमा राजतन्त्र समाप्त भइसकेको छ । नेपालमा जनताद्वारा निर्वाचित सार्वभौम संसदद्वारा राजतन्त्र अस्वीकृत भइसकेको छ । रिजेक्टेड भइसकेको छ । र ज्ञानेन्द्र अन्तिम राजा हो । गणतन्त्र आइसकेपछि हाम्रै जिल्लाको डा। रामवरण यादव प्रथम राष्ट्रपति हो गणतन्त्रको । कसरी गणतन्त्र आएको हो त्यो बुझ्नुपर्छ । यसको जग बलियो छ, यो जगलाई कसैले हल्लाउन सक्दैन । नेपालमा राजतन्त्र फर्कियो, फर्कियो, फर्कियो, नेपालमा राजशाही आयो, आयो, आयो भन्छन् । सबै बोलिरहेका छन् । तर नेपालमा म भन्छु, नेपालमा राजतन्त्र, राणाशाही आउँदैन, आउँदैन, आउँदैन । मानिसहरु जति कराए पनि अब आउनेवाला छैन । नेपाल जे हो, पृथ्वीनारायण शाहको पालादेखि बन्यो । छोटा छोटा राज्यलाई बिस्तार गरेर पृथ्वीनारायण शाहले बनाउनु भयो । त्यसैले पृथ्वीनारायण शाहलाई सम्मान गरिन्छ । तर पछि राजा रजौटामा, प्रधानमन्त्रीमा शक्तिको लोभ आउन शुरु भयो । राजालाई कमजोर बनाएर राणा प्रधानमन्त्रीहरुले १०४ वर्ष शासन गरे । जनताले साथ दिएर मात्रै यो नेपाल बनेको हो । राजाले मात्रै केही गर्न सक्दैन ।’
सांसद निधीले देशको मालिक जनता भएकाले व्यक्ति देशको मालिक बन्न नसक्ने बताउनु भयो । उहाँले सार्वभौम सत्ता अब जनतामा निहित रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच