
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कविता समाजलाई सुसूचित गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कवितामा व्यक्त आशय र विचारहरू यथार्थमा आधारित हुने बताउनुभयो ।
यथार्थमा आधारित कुराहरू समाजलाई जानकारी गराउने प्रभावकारी माध्यम भएको जिकिर गर्नुभयो । कविताका माध्यमबाट देश र संसारलाई बुझ्ने अवसर मिल्ने उहाँको भनाइ थियो ।
पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘कवितामा व्यक्त जो आशय र विचारहरू छन्, यथार्थमा आधारित कुराहरू छन् । त्यो यथार्थ कुरा समाजलाई जानकारी गराउने विभिन्न माध्यमहरू हुन्छ । कविता यस्तो प्रभावशाली माध्यम हो, जसबाट हामीले एकैछिनमा संसारलाई बुझ्ने अवसर प्राप्त हुन्छ । हामीले देश र संसारलाई कतिवतामार्फत बुझ्न पायौँ ।’
पूर्वराष्ट्रपति भण्डारीले कविता वाचन जस्ता कार्यक्रमहरू आगामी दिनमा देशव्यापी रुपमा हुँदै जानुपर्ने धारणा राख्नुभयो । छोरी उषाकिरण भण्डारी सभापति रहनुभएको कार्यक्रमको स्वागत मन्तव्य पनि उहाँले नै गर्नुभएको थियो । प्रमुख अतिथि पूर्वराष्ट्रपति भण्डारीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँले कवि तीर्थ श्रेष्ठलाई माला लगाइदिएर स्वागत गर्नुभयो ।
कार्यक्रममा तीर्थ श्रेष्ठबाट एकल कविता वाचन गरिएको थियो । उहाँले मदन भण्डारी(श्वेत शार्दूल), राजधानी काठमाडौंं र समसामयिक विषयमा कविताहरू वाचन गर्नुभएको थियो । पूर्वराष्ट्रपति भण्डारीले यस प्रकारको कार्यक्रममा आफू सहभागी भएको पहिलो अनुभव रहेको पनि बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच