
दक्षिण एसियाकै देश पाकिस्तान आफ्नो स्थापना कालदेखि नै धर्म, जाति, भाषा र क्षेत्रीय स्वायतत्ताको समस्याबाट ग्रसित रहिआएको छ । मुसलमानहरू कदापि हिन्दुसँग मिलेर बस्दैन तसर्थ एउटा छुट्टै देश चाहिन्छ भन्ने चर्को माग राखेर मुस्लिम लिगका नेता मोहम्मद अलि जिनाले मुसलमानहरको निम्ति छुट्टै देशको स्थापना गराएका थिए । दक्षिणी छिमेकी भारत स्वतन्त्र हुनलाग्दा अंग्रेजहरूले आफ्नो शासनकालमा रोपेको जातीय एवं धार्मिक द्वन्द्वको बिउको परिणामस्वरूप पाकिस्तानको जन्म भएको थियो । हिन्दूहरूको निम्ति भारत र मुसलमानहरूको निम्ति पाकिस्तानको जन्म भए पनि भारतमा रहेका मुसलमानहरूलाई हिन्दूहरू सरह नै समानताको अधिकार प्राप्त रहेको छ जबकि पाकिस्तानमा रहेका हिन्दु र सिख अल्पसंख्यकहरूलाई त्यस्तो कुनै अधिकार प्राप्त रहेको छ ।
पाकिस्तानमा रहेका हिन्दू, सिख र इसाईलाई बलजफतीपूर्वक धर्म परिवर्तन गर्न लगाई मुसलमान बनाउने क्रम जारी छ । पाकिस्तानलाई इस्लामिक देश घोषित गरिएको भए पनि त्यहाँ मुसलमानहरू भित्र पनि असन्तोष देखिन्छ । बंगला भाषाले मान्यता पाएन, हामीमाथि उर्दु भाषा लाद्ने काम भयो र बहुमत आफूहरूसित रहँदा पनि पाकिस्तानको शासनसत्तामा पञ्जावीहरूको एकाधिकार कायम भयो भन्दै सन् १९७१ मा पूर्वी पाकिस्तानका नागरिकले आन्दोलनमार्फत आफ्नो निम्ति छुट्टै देश बंगलादेशको निर्माण गरेका थिए । बङ्गला भाषालाई आफ्नो आत्मसम्मान र स्वाभिमानसित जोडेर हेर्ने बङ्गाली मुसलमानहरूको निम्ति त्यतिबेला इस्लाम धर्म होइन, बंगला भाषा महत्वपूर्ण थियो ।
हुन त पाकिस्तानको सिन्ध प्रान्तमा पनि असन्तुष्टिको स्वर देखिन्छ । खैबर पख्तुन पनि अशान्त नै छ तर हाल ब्लुचिस्तान प्रान्तमा जारी पृथकतावादी आन्दोलनले पाकिस्तानको सरकार र त्यहाँको राजनीतिलाई अस्थिर बनाएको छ । विद्रोही बलुचिस्तान मुक्ति सेना (बिएलए) र पाकिस्तान सेनाबीच जारी हिंसक द्वन्द्व झन्झन् आक्रामक बन्दै गएको छ ।
पाकिस्तानका चार प्रदेशहरू मध्येको एक बलुचिस्तान पनि हो । क्षेत्रफलको हिसाबले यो पाकिस्तानको सबैभन्दा ठूलो प्रदेश हो जबकि जनसंख्याको हिसाबले सबैभन्दा सानो प्रदेश हो । प्राकृतिक खनिज सम्पदा र खाना पकाउने ग्यासको भण्डार मनिएको यस प्रदेशका अधिकांश जनता आदिवासी–जनजाति हुन् ।
पाकिस्तानका चार प्रदेशहरू मध्येको एक बलुचिस्तान पनि हो । क्षेत्रफलको हिसाबले यो पाकिस्तानको सबैभन्दा ठूलो प्रदेश हो जबकि जनसंख्याको हिसाबले सबैभन्दा सानो प्रदेश हो, देशको दक्षिण र पश्चिम क्षेत्रमा अवस्थित यस प्रदेशको राजधानी क्वेटा हो । प्राकृतिक खनिज सम्पदा र खाना पकाउने ग्यासको भण्डार मनिएको यस प्रदेशका अधिकांश जनता आदिवासी–जनजाति हुन् । प्राकृतिक स्रोत–साधनसित यिनको गहिरो आकर्षण हुन्छ । प्राकृतिक सम्पदाको जथाभावी दोहन यिनलाई मन पर्दैन । शायद त्यही भएर होला चीनको सहयोगमा निर्माणाधीन चीन–पाकिस्तान इकोनोमिक करिडोर (सिपेक) को पनि सर्वाधिक विरोध यसै प्रदेशमा हुने गर्दछ ।
पाकिस्तान सरकारले सिपेकको निर्माणका लागि चीनसित खर्बौं रुपैयाँ ऋण लिएको छ तर बलुचिस्तानका नागरिक भने आफ्नो प्राकृतिक खनिज सम्पदाको अनावश्यक दोहन हुन दिँदैनौँ भने चर्को विरोध गर्दै कहिले चिनियाँ ठेकेदार त कहिले चिनियाँ इञ्जिनियर र मजदुरमाथि समेत आक्रमण गरेका छन् । पाकिस्तानको निम्ति आर्थिक महत्वको क्षेत्र अरब सागरमा रहेको ग्वादर बन्दरगाह पनि यही पर्दछ । मूलतः बलुची र पश्तुनहरूको बसोवास रहेको बलुचिस्तान आफ्नो अनुपम संस्कृति र मरुभूमिको अत्यन्तै सुक्खा हावापानीको लागि प्रख्यात छ ।
बलोचहरूको आन्दोलन बृहत् आर्थिक, सांस्कृतिक र राजनीतिक अधिकारभन्दा धेरै अगाडि अब राजनीतिक स्वायत्ततासम्म पुगिसकेको छ । लोकतान्त्रिक शासन प्रणालीमा अधिकार भन्ने कुरा जनताले मागेकै बखत दिनुपर्छ होइन भन्ने यो घातक अवस्थामा पुगि हाल्छ । सैनिक शासनको लामो पृष्ठभूमि बोकेको पाकिस्तानमा मूलधारका राष्ट्रिय राजनीतिक दलहरूलाई त स्वेच्छाअनुसार राजनीति गर्न कठिन हुने गरेको छ भन्ने स्वायत्तताको मागलाई यसले सहज रूपमा सम्बोधन गर्नसक्ने अपेक्षा राख्नु मूर्खता नै हुनेछ तर सेनालाई मात्रै किन दोष दिने ? पाकिस्तानबाट बंगलादेशको जन्म त लोकतन्त्रवादी नेता जुल्फिकार अलि भुट्टोकै उच्च राजनीतिक महत्वाकांक्षाका कारण भएको हो ।
बलोचहरूको आन्दोलन धर्मनिरपेक्ष तथा माक्र्सवादी लेनिनवादी मुक्ति आन्दोलनबाट प्रभावित देखिन्छ । बलोच आन्दोलनकारीहरू अब छुट्टै स्वतन्त्र देश बलोचिस्तानको माग गरिरहेका छन् । बलोचहरू आफ्नो प्राकृतिक स्रोत–साधनको उपयोग केवल आफ्नो क्षेत्रको विकासमा मात्रै प्रयोग भएको हेर्न चाहन्छन् ।
सम्भवतः खुसी भुट्टोले शेख मुजिबुर रहमानलाई सत्ता हस्तानान्तरण गरिदिएका भए बङ्गलादेशको जन्म नै हुने थिएन । बंगलादेशको दुःखद घटनालाई स्मरण गर्दै पाकिस्तानले बलोचहरूको समस्यालाई सम्बोधन गर्ने प्रयास गर्नुपर्दछ । पाकिस्तानको वर्तमान सरकार निकै शक्तिशाली छ । देशका दुई ठूला दलहरू मिलेर सरकार बनाएको छ । वर्तमान सरकारलाई सेनाको पनि समर्थन प्राप्त छ । बलोचिस्तानमा जारी आन्दोलनमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तहरिकए इन्साफको हात छ भने पाकिस्तान सरकारले आरोप लगाउँदै आएको छ जबकि इमरान खानको पार्टीले भने सरकारको भेदभावपूर्ण नीतिका कारण बलोचिस्तानको आन्दोलन तीव्र भएको आरोप लगाउँदै आएको छ ।
बलोचहरूको आन्दोलन धर्मनिरपेक्ष तथा माक्र्सवादी लेनिनवादी मुक्ति आन्दोलनबाट प्रभावित देखिन्छ । बलोच आन्दोलनकारीहरू अब छुट्टै स्वतन्त्र देश बलोचिस्तानको माग गरिरहेका छन् । बलोचहरू आफ्नो प्राकृतिक स्रोत–साधनको उपयोग केवल आफ्नो क्षेत्रको विकासमा मात्रै प्रयोग भएको हेर्न चाहन्छन् । ब्रिटिसहरूले सन् १८४३ मा सिन्धलाई आफ्नो अधिनमा ल्याउनुभन्दा अघिसम्म बलोचिस्तानमा तालपुर बंशीय आदिवासीहरूको शासन थियो । सन् १९७० मा पाकिस्तानका राष्ट्रपति याहया खानले पाकिस्तानलाई एकीकरण गर्ने अभिमान अन्तर्गत बलोचिस्तानलाई पाकिस्तानको चौथो राज्यको रूपमा घोषणा गरे । पूर्वी पाकिस्तान अर्थात बङ्गलादेशको स्थापनाका बखत भारतले ९० हजारभन्दा बढी पाकिस्तानी सैनिकलाई आत्मसमर्पण गर्न बाध्य पारेका थिए ।
पाकिस्तानी सैनिकहरूले आत्मसमर्पण पनि गरेका थिए तर भारतले मानवीयताको आधारमा ती सबै पाकिस्तानी युद्धबन्दीहरूलाई रिहा गरेको थियो । पाकिस्तानी मूलका क्यानाडाली लेखक पत्रकार तारेख फतेहले भारतबाट रिहा गरिएका तिनै पाकिस्तानी सैनिकहरूले बलोचिस्तानमा गएर दमनचक्र चलाएको आरोप लगाएका थिए । मिर अहमद चार खान जसलाई कलाटको खान पनि भनिन्थ्यो उनले १२ अगस्ट १९४७ मा बलोचिस्तानलाई स्वतन्त्र देशको रूपमा घोषणा गरेका थिए । डिसेम्बर १४, १९४७ देखि फेब्रुअरी २५, १९४८ सम्म बलोचिस्तानको संसदले पश्चिमी पाकिस्तानमा विलयको प्रस्तावलाई पटक-पटक अस्वीकार गरेको थियो ।
मार्च २७, १९४८ मा कलाटका खानले बलोचिस्तानलाई पश्चिमी पाकिस्तानमा विलय गराउने प्रस्तावमा समर्थन जनाए । १५ अप्रिल १९४८ मा पाकिस्तानी सेनाको त्यहाँ आगमन भयो । सन् १९५८ को अक्टोबर ६ मा कलाट शहरमा त्यहाँका खानको निवासमा पाकिस्तानी सैनिकहरूले आक्रमण गरे तथा कलाटका खानसहित सयौँ बलोच राजनीतिककर्मीलाई पक्राउ गरे र त्यसको भोलिपल्ट नै पाकिस्तान सरकारले त्यहाँ ‘मार्सल ल’ लागू गरे । अक्टोबर १९४८ को त्यस घटनाको विरोधमा मिर नरोज खानले सरकारको कदमको विरोध गरे । सन् १९५९ देखि १९६३ सम्म बलोच आदिवासी नेता शेर मोहमद मेरीले आदिवासीहरूको समर्थनमा विद्रोहको शंखनाद गरे ।
मेंगलमेरी र बुकटीहरूले साथ दिए । बलोचिस्तान स्वतन्त्रताको पक्षमा त्यहाँका छात्रहरूले १९६७ मा बलोच छात्र संगठनको स्थापना गरे । सन् १९६७/०६८ मा बलोच विद्रोही र पाकिस्तानी सैनिकबीच ठूलो संघर्ष भयो । पाकिस्तानको भुट्टो सकारले सन् १९७०/०७१ मा प्रदेशसभाको निर्वाचन गर्यो । २० सदस्यीय प्रदेश सभामा ८ सिट जितेको एनएपीका मीर गौस बख्स विजेन्जोलाई गभर्नर नियुक्त ग¥यो । यसले विरोधमा इरानकी र अफगानिस्तानले सन् १९७३ मा विद्रोहीलाई सैनिक सहायता प्रदान ग¥यो । सन् १९७३ को फेब्रुअरी १० मा इस्लामावादस्थित इराकी दुतावासमा हतियार फेला परेको आरोप पाकिस्तान सरकारले लगाएपछि अमेरिका फ्रान्स र चीनले पाकिस्तान सरकारलाई सहयोग सैन्य सहयोग उपलब्ध गरायो ।
प्रधानमन्त्री भुट्टोले प्रादेशिकसभा विघटन गर्दै गर्भनरलाई पनि बर्खास्त गरे तथा फ्रेब्रुअरी १२, सन् १९७३ मा सरदार अकबर खान बुगतीलाई नयाँ गभर्नर नियुक्त गरे । विद्रोही सैनिकबीचको द्वन्द्वमा एक हजार नागरिक मारिए । गभर्नरले राजीनामा गरे । सन् १९७३ देखि १९७७ सम्मको अवधिमा ५५ हजार बलोच विद्रोही र ८० हजार पाकिस्तानी सेना सशस्त्र द्वन्द्वमा सामिल थिए । बलोच विद्रोहीका अनेकौं नेताहरू समद खान अत्रणगईको हत्या गरियो ।
केही वर्ष अघि बलोच नेता करीम बलोचको क्यानाडामा हत्या गरियो भने अनेकौं बलोच नेता र पाकिस्तानी सैनिकले ज्यान गुमाउने क्रम रोकिएको छैन । पाकिस्तान सरकार विद्रोहीहरूको आन्दोलनलाई आतंककारी आन्दोलनको संज्ञा दिएको छ जबकि विद्रोहीहरूले यसलाई मुक्ति आनदोलनको संज्ञा दिएका छन् । पाकिस्तानमा जारी आन्दोलनले आर्थिक रूपले कमजोर देशलाई थप कमजोर बनाउने निश्चित छ । वार्ताबाट यस समस्याको समाधान खोजिनुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच