‘खेल’को रहस्यमय कथा बताउने पोस्टर

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आगामी वैशाख १२ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘खेल’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटा रहनुभएको छ ।

रोयल भीमसेनले डिजाइन गरेको पोस्टर रहस्य र डर झल्काउने गाढा निलो र कालो रंगको संयोजनमा तयार पारिएको छ । यसको अगाडिको भागमा स्कुले विद्यार्थीहरू र पृष्ठभूमिमा रहस्यमय वातावरण दर्शाउने आँखाहरूको डरलाग्दो छायाँ देखिन्छ । पोस्टरमा चन्द्रमा पनि समावेश छ, जुन रहस्यपूर्ण कथावस्तुसँग सम्बन्धित हुन्छ । अगाडि हेडफोन लगाउनुभएकी अभिनेत्री सुरक्षा पन्त चलचित्रकी प्रमुख पात्र रहेको पोस्टरले जनाउँछ । ‘खेल’ शीर्षक पनि फरक शैलीमा डिजाइन गरिएको छ ।

‘खेल’ लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्तरूपमा निर्देशन गर्नुभएको छ । यसको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर र सस्पेन्सको मिश्रणमा आधारित रहेको छ । अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका चार साथीहरूको कथा चलचित्रले देखाउनेछ, जसलाई आफ्नै विगतको भयानक घटनाले पछ्याइरहेको हुन्छ । यसमा किरण श्रेष्ठ, भावना घिमिरे, सुहानी खड्का क्षेत्रीलगायतका कलाकारहरूको अभिनय छ ।

यो चलचित्र सिरूपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो । निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुनुहुन्छ भने सहनिर्मातामा कुणानराज गुरुङ र रहिशराज महर्जन रहनुभएको छ । चलचित्रको कथा आशिषराज महर्जनले लेख्नुभएको हो भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पार्नुभएको छ । संवाद विष्णु गैरेले लेख्नुभएको हो ।

चलचित्रको छायांकन रोशन राई र सञ्जय लामाले गर्नुभएको छ भने सम्पादन आशिषराज महर्जनले गर्नुभएको छ । ध्वनि डिजाइन विकल प्रधान, रंग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स वसुकला, मेकअप दिपु पौडेलले गर्नुभएको छ । प्रोडक्सन म्यानेजरको जिम्मेवारीमा यमप्रसाद ओली रहेको यो चलचित्रको वितरण डिसिएनले गर्नेछ भने पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?