
हिमालय टाइम्स, मेलबर्न । सांस्कृतिक, सामाजिक र धार्मिक गतिविधिहरूको प्रवद्र्धनमा सधैँ सक्रिय रहने गान्धीप्रसाद भट्टराई सामाजिक क्रियाकलापमा सधैँ अग्रणी भूमिकामा देखिनुहुन्छ । अष्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायलाई संगठित गर्दै, सांस्कृतिक जरा मजबुत बनाउन र आपसी सहयोग तथा समन्वयलाई प्रवद्र्धन गर्न अभियान्त भट्टराई अग्रणी व्यक्तित्व रूपमा उभिनुभएको छ ।
गान्धी भट्टराई मेलबर्नमा बसोबास गर्ने नेपाली समुदायका एक प्रतिष्ठित सामाजिक व्यक्तित्वका रूपमा चिनिनुहुन्छ । मिजाशिला र सहयोगी भावनाले भट्टराई मेलबर्नका सबैका प्रिय बन्नुभएको छ ।
अष्ट्रेलियामा रहेका नेपालीहरूको कल्याण, पहिचान र सामाजिक उत्थानका लागि निरन्तर योगदान पु¥याउँदै आउनुभएका भट्टराईले विभिन्न संस्थाहरूमा नेतृत्वदायी भूमिका निभाउनुभएको छ । उहाँ अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एनएमसी) को निवर्तमान अध्यक्षसमेत बनिसक्नु भएको छ ।
अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एनएमसी)को संस्थापक र नेतृत्वदायी भूमिकाले नेपालीहरूको पहिचान र धार्मिक प्रवद्र्धनमा मेलबर्नको डिगर्स रेस्टमा बहुसांस्कृतिक मन्दिरको स्थापना सबै नेपालीहरूको गर्विलो शानका रूपमा अनुभूति गर्न सकिन्छ ।
नेपाली समुदायका लागि उदाहरणीय कार्यः गान्धी भट्टराईको भूमिका परोपकारी अभियान्ताहरू माझ सद्भाव र मितव्यीयता कायम गर्नसक्ने क्षमता भएको व्यक्तिका रूपमा चिनिन्छ । मेलबर्नस्थित सामाजिक अभियान्त एवं लुम्बिनी–कपिलवस्तु डिप्लोमेसीका प्रवद्र्धक रामकुमार श्रेष्ठले समेत भट्टराईको सामाजिक गतिविधिबारे खुलेर प्रशंसा गर्नुभयो । भट्टराईको नेतृत्व गर्ने क्षमता मात्रै हैन कार्यगत एकता गर्ने भावनाले नेपालीमाझ लोकप्रिय छ, उहाँले भन्नुभयो ।
मेलबर्नस्थित रोयल वेस्टर्न फुटबल क्लब साथै गुल्मी समाज भिक्टोरियामा भट्टराईले महत्वपूर्ण जिम्मेवारी समाल्नुभएको छ । नेपाली चाडपर्व, सांस्कृतिक उत्सव, तथा सामुदायिक सहकार्यमा भट्टराईको भूमिका अग्रपंक्तिमा देखिन्छ । यो भूमिकाले प्रबासमा नेपालीहरूको आत्मीय सम्बन्धलाई अझ बलियो बनाएको छ ।
गान्धीले समुदायलाई सेवा मात्र होइन, भविष्यका लागि मार्गदर्शन गर्ने एक प्रेरणादायी नेतृत्वसमेत दिँदै आउनुभएको छ । उहाँले मेलबर्नमा नेपाली खेलकुद, सांस्कृतिक कार्यक्रम, सामाजिक कल्याण, र आपसी भाइचारा अभिवृद्धि गर्न विशेष योगदान गरिरहनु भएको छ । उहाँको नेतृत्वमा नेपाली समुदाय अझ सशक्त, संगठित, र पहिचानयुक्त बन्दै गएको छ ।
गान्धीको जस्तो नेतृत्वदायी व्यक्तित्वको योगदानबिना नेपाली समुदायको मेलबर्नमा संगठितले उदाहरणीय सन्देश दिएको छ । उहाँले नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै आउनुभएको छ, जसले गर्दा नेपाली समुदाय अष्ट्रेलियामा अझ मजबुत बनेको छ । प्यानल राजनीतिभन्दा टाढा बस्न रुचाउने भट्टराई सामाजिक सेवामा क्रियाशील हुन पाँउदा खुसी महसुस हुने बताउनुहुन्छ ।
प्रवासमा नेपाली समाजको उत्थान, एकता र समृद्धिका लागि गान्धीको अहोरात्र प्रयास सदैव प्रेरणाको स्रोतका रूपमा अथ्र्याउन सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच