काठमाडौं । आगामी वैशाख १२ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘भूठान’ले हरेक शुक्रबार काठमाडाैंका चल्तीका चियापसल र रेष्टुराँहरूमा फ्राइडे नाइट विथ हृयाप्पियस्ट म्यान क्याम्पेन गर्ने भएको छ ।
चलचित्रका निर्माता अविरल थापाका अनुसार यो कार्यक्रम गर्नुको अभिप्राय चलचित्रका दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नु र सिनेमाका बारेमा गफ गर्दै मनोरञ्जन गर्नु हो । थापाका अनुसार मार्च २० तारिखलाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय खुसी दिवसका रूपमा मनाउँदै आएको र सोही अवसर पारेर वैशाख ५ गतेसम्म खुसीको हप्ता मनाउने कार्यक्रम घोषणा गरिएको हो ।
भूठानले थापाथलीस्थित चियावालामा चैत ८ गते साँझ ५ः३० मा पहिलो कार्यक्रम गरेको छ । यो कार्यक्रममा चियापसलमा आएका जोकसैले आफ्नो गीत, कविता, मुक्तक, गजल, क्यारिकेचर प्रस्तुत गर्न सक्ने साथै चलचित्र ‘भूठान’को टिजर र गीतको समीक्षा पनि गर्न सक्नेछन् । हरेक हप्ता एकजना सेलिब्रेटीलाई सो कार्यक्रममा हृयापियस्ट गेस्टका रूपमा निमन्त्रणा गरिनेछ ।
आप्रवासीले आफ्नो घर फर्कन नपाएको कथामा आधारित चलचित्र ‘भूठान’ लाई विनोद पौडेलले निर्देशन गर्नुभएको हो । चलचित्रमा हरिवंश आचार्य, दयाहाङ राई, पूजा चन्द, ऋचा घिमिरे, अदिती प्याकुरेल, जोयश पाण्डेलगायत हलिउड कलाकार ब्रुस डर्नको पनि अभिनय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच