काठमाडौं । राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । २०८१ साल चैत्र ६ गते नेपाल चलचित्र विकास बोर्ड सरस्वती नगर चाबहिलमा भएको राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो ।
चौथो राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजाल निर्वाचित हुनुभएको छ । यस्तै, वरिष्ठ उपाध्यक्षमा सुदीप शर्मा, उपाध्यक्षमा केशरबहादुर रायमाझी, उपाध्यक्षमा उद्धवप्रसाद भट्टराई तथा महिला उपाध्यक्षमा पनाह अधिकारी, महासचिवमा सबनम मुखिया, उपमहासचिवमा सरस्वती घिमिरे, सचिवमा माधव पौडेल, सचिवमा अमिर दोंग, सचिवमा रिमेश अधिकारी, कोषाध्यक्षमा राज बस्नेत निर्वाचित हुनुभएको छ ।
त्यस्तै, विशाङ तामाङ, रत्न श्रेष्ठ, अनिता भट्टराई, सरु ढुंगेल, मणि लिम्बू, सुरज आचार्य, डम्बरबहादुर विक, केशर कार्की, सुरज खड्कालगायत ५१ केन्द्रीय कमिटी सदस्य छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच