चौथो संस्करणको नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म गोसाइँकुण्डमा

हिमालय टाइम्स

काठमाडौं । नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण आउँदो वैशाख ४ गतेदेखि ६ गतेसम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाइँकुण्ड गाउँपालिका रसुवामा हुने भएको हो । सेलिब्रेटी नेपालको आयोजनामा नियमितरूपमा हुने गरेको महोत्सवको उद्देश्य पर्यटन प्रवद्र्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र समावेश गरिनेछ । महोत्सवमा डकुमेन्ट्री, लघु चलचित्र, फिचर फिल्म र भाषाभाषीका चलचित्रहरूलाई समावेश गरिने जनाइएको छ ।

‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका चलचित्रहरू स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिनेछ ।

विगत चार वर्षदेखि आयोजना हुँदै आइरहेको यो महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु भएका चलचित्रहरू समेटिएको छ । महोत्सवमा फिल्म स्क्रिनिङसँगै ग्रामीण परिवेशलाई समेटेर कस्ता चलचित्र बनाउने र कस्ता चलचित्रले दर्शकको साथ पाउनेछ भन्ने विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठीहरूसमेत गरिनेछ ।

पहिलो वर्ष गोरखाको लाप्राकमा आयोजना गरिएको यो महोत्सव दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा र तेस्रो पटक रामेछापमा आयोजना गरिएको थियो ।

दर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु र नियमित चलचित्र हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका चलचित्रहरूलाई विश्वमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको सापकोटाले बताउनुभयो ।

महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ । गोसाइँकुण्ड गाउँपालिका रसुवाले वार्षिकरूपमा आयोजना गर्दै आएको चौथो पालिका कप भलिबल प्रतियोगिता पनि वैशाख २ गतेदेखि ६ गतेसम्म हुनेछ । रसुवा जिल्लाको पर्यटन प्रवर्द्धनमा यस्ता कार्यक्रमले विशेष महत्व राख्ने र जिल्लालाई देश तथा विदेशमा समेत चिनाउने आयोजकले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?